प्रदेश नम्बर २ मा हुने निर्वाचनको लागी दलहरु उम्मेदवार छान्न व्यस्त

काठमाडौं,भदौ,१२- प्रमुख राजनीतिक दलहरु प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार छान्न व्यस्त भएका छन् । उम्मेदवारको अन्तिम सुची तय गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपा आन्तरिक छलफलमा व्यस्त भएका हुन् । आकांक्षीहरुको संख्या धेरै भएपछि उम्मेदवार छान्न नसकेको कांग्रेसले आन्तरिक छलफल जारी राखेको छ । आजदेखि उम्मेदवारको अन्तिम निर्णय प्रक्रिया सुरु […]

संविधान संशोधन नेपालको आन्तरिक विषय हाेः प्रचण्ड

सुर्खेत,भदौ,९- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताउनुभएको छ ।संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको उहाँले मूल्याँकन थियो । पार्टीको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुग्नुभएका अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको तर, अब नहार्ने […]

भारत–नेपाल रक्षा समझदारी निकै महत्वपूर्ण छ: मोदी

नयाँ दिल्ली, भदौ ८- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सुरक्षासम्बन्धी आपसी समझदारी निकै महत्वपूर्ण भएको बताउनु भएको छ । हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपाल र भारतबीचको सुरक्षा हित आपसमा निर्भर रहेको बताउनु भएको हो ।भारत र नेपालको रक्षा हित आपसमा निर्भर रहेको बताए पनि मोदीले जारी दोक्लम विवादबारे औपाचारिक रुपमा […]

नेपाल र भारतबीच आठ सम्झौता पत्रमा हस्ताक्षर

नयाँ दिल्ली, भदौ ८- भारतको ५ दिने राजकीय भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई मुलुकका प्रधानमन्त्रीबीच एक्ला–एक्लै भेटवार्ता भएको हो । भेटवार्तामा दुई मुलुकको आपसी हित र सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको बताइएको छ । यसैबिच : नेपाल र भारत […]

प्रधानमन्त्री देउवालाई दिल्लीमा विदेशमन्त्रीको स्वागत

काठमाडौं,भदौ,७- प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुग्नु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुग्नु भएका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गर्नु भएको छ ।

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौं, भदौ ७/ पाँच दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत जानु भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली जानु भएको हो । भारत प्रस्थान गर्नुअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री देउवालाई सलामी अर्पण […]

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्यको प्यानल विजयी

काठमाडौं,भदौं,६- नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।मतगणनाको परिणामअनुसार आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । पदाधिकारीहरुमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरुमा […]

संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत

काठमाडौं, भदौ,५- संविधान संशोधन विधेयक संसद वैठकबाट अस्वीकृत भएको छ । मधेश केन्द्रीत दलहरुको चित्त बुझाउने उद्धेश्यले ल्याइएको संशोधन विधेयकमाथि सोमबार (आज) संसद वैठकमा मतदान भएकोमा दुई तिहाइ मतप्राप्त हुन सकेन । संसद वैठकमा आज ५५३ जना सांसदहरु उपस्थित रहेकोमा संशोधन विधेयकको पक्षमा ३४७ मत मात्रै पर्‍यो भने संशोधनको विपक्षमा २०६ मत पर्‍यो । संसदमा हाल […]

प्रधानमन्त्री देउवाको भारतको पाँचदिने राजकीय भ्रमण तालीका सार्वजनीक

काठमाडौं, भदौ,५- आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री शेर बहादुर देउवाको भ्रमण तालिका सार्वजनिक भएको छ । चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लाग्नु भएका प्रधानमन्त्री देउवाको भ्रमण तालिका सोमबार (आज) परराष्ट्र मन्त्रालयले निकालेको हो । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । […]

सरकारले मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने

काठमाडौँ,भदौ,५- सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी : मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आसन्न […]