काठमाडौं, भदौ १९- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसम्बन्धी विधेयक व्यवस्थापिका–संसदबाट बहुमतले पारित भएको छ । संविधानको नयाँ व्यवस्थाअनुसार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलपछि आज विधेयक पारित गरिएको हो । यसअघि, राज्य व्यवस्था समितिले विधेयक पारित गरी सोमबारै संसदमा पेस गरेको थियो ।विधेयकअनुसार भ्रष्टाचार र फौजदारी अभियोगमा दन्डित व्यक्तिहरुले आजीवन निर्वाचनमा भाग […]
राजनीति
निर्वाचन आयोगको चेतावनी: आचारसंहिता उल्लंघन गर्नेलाई ‘ठाउँका ठाउँ कारबाही
काठमाडौं, भदौ,१७- आगामी तेस्रो चरणको स्थानीय तह तथा प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनमा सरकार, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन निर्वाचन आयोग कठोर बन्ने भएको छ । अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट व्यापकरुपमा आर्थिक चलखेल र भड्किलो प्रचार–प्रसार हुँदासमेत कुनै कारबाही गर्न नसकेको भनी चौतर्फीरुपमा आलोचना र आरोप खेपिरहेको आयोगले आगामी निर्वाचनमा भने […]
छलफलको लागि पशुपति शमशेर र कमल थापालाई सर्वोच्चले बोलायो
काठमाडौ,भदौ,१६- सर्वोच्च अदालतले दल दर्ता सम्बन्धी विवादमा छलफल गर्नका लागि राप्रपा अध्यक्ष कमल थापाको पक्ष र पशुपति शमशेरको राप्रपा प्रजातान्त्रिक पक्षलाई बोलाएको छ । न्यायाधीश केदार प्रसाद चालिसेको एकल इजलासले दुबै पक्षलाई भदौ २६ गतेका लागि छलफलमा बोलाएको हो ।उक्त विवादमा आज सर्वोच्च अदालतमा सुनुवाई भएको थियो । शमशेरले निर्वाचन आयोगमा राप्रपा प्रजातान्त्रिक दर्ता गरेपछि […]
प्रदेश नम्बर–२ मा काँग्रेसले सबै उम्मेदवारको टुंगो लगायो
काठमाडौं, भदौ,१५- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ ।प्रदेश नम्बर–२ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सबै तहमा उम्मेदवारको टुंगो लगाइएपनि आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानीबाहिर भएकाले शुक्रबार (भोलि)मात्रै सबै नाम […]
प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा हुने
काठमाण्डाैं,भदौ,१४- सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गतेको अर्को मिति तय गरेको छ ।सरकारले यसअघि दुवै निर्वाचन एकै पटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि निर्वाचनको मिति तोकेको थियो । आज बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरि दोश्रो चरणको […]
प्रदेश नं २ मा स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्र निर्धारण
काठमाडौँ,भदौ,१४- निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी […]
भ्रष्टाचारी नेता अनुकूल कानून बनाउन प्रधानमन्त्रीको लबिङ
काठमाडौं,भदौं,१४- प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसदमा अड्किएको छ । अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको सशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको श्रोतको दाबी छ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई […]
दलहरू उम्मेदवारी टुंग्याउन सक्रिय
काठमाडौं,भदौं,१४- प्रदेश नं. २ मा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी छनोट गर्न प्रमुख दल सक्रिय छन् । प्रमुख दलसहित मधेस केन्द्रित दलले एक-दुई दिनभित्रै उम्मेदवारी टुंग्याउने बताएका छन् । आकांक्षी धेरै भएपछि दललाई उम्मेदवार छनोट गर्न सकस भइरहेको छ । दुई नम्बर प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका […]
गलत टिप्पणी नगर्न सम्बन्धित पक्षलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं, भदौ १२- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनु भएको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा आफ्नो राजकीय भारत भ्रमणकाबारेमा जानकारी गराउँदै उहाँले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रस्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको […]
व्यवस्थापिका संसदको बैठक बस्दै
काठमाडौं,भदौं,१२- व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेगरि बैठक बोलाइएको छ । आजको बैठकमा अस्थायी शिक्षकको मागका विषयमा बनेको शिक्षा विद्येयक संशोधनमाथि छलफल हुने छ, भने बैठकमा बन मन्त्रालय अन्तरगत बनेको अन्तराष्ट्रिय संन्धीमाथि छलफल हुने संसद सचिवालयका सह–प्रवक्ता भरत गौतमले जानकारी दिनुभयो । संसद बैठकमा प्रमुख […]










