प्रदेश नं: २ मा मतदान जारी ,मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता

काठमाडौं,असोज,२- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ का ८ जिल्लामा मतदान जारी रहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । सप्तरीको राजविराजमा १ सय ३ वर्षीया एक वृद्धाले मतदान गरेकी छन् ।वडा नम्वर ७ बस्ने १ सय ३ वर्षीय समानदेवी जोशीले मतदान गरेकी हुन् […]

प्रदेश नम्बर २ को निर्बाचनको तयारी पुरा

काठमाडौं, असोज १- निर्वाचन आयोगले प्रदेश नम्बर २ मा भोली(सोमबार) हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको आयोगले जनाएको छ । प्रदेश नम्बर २ का सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र धनुषा गरी आठ जिल्ला छन् ।सबै जिल्लामा गरी १३६ स्थानीय […]

सीमा नाका बन्द

रौतहट ,३१ भदौ      स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै गएराति १२ बजेदेखि निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन हुने समय भन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको हो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने […]

कांग्रेस र राजपाबीच प्रतिष्ठाको लडाईं

जनकपुरधाम,२९ भदौ      कांग्रेस नेता विमलेन्द्र निधि डेरा जमाएरै बसेका छन्, गृहनगरमा । उनलाई साथ दिँदै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बुधबार भोट माग्न पुगे । निधिजस्तै सक्रिय छन्, राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि । जनकपुरका लथालिंग अवस्थाका भित्री सडकमा महतोको ‘साइकल सवारी’ यतिबेला चर्चामा छ, मतदातामाझ । […]

राप्रपा प्रजातान्त्रिकबाट ३ मन्त्री र १ राज्यमन्त्रीले सपथ लिदै

काठमाडौं,भदौं,२६-  प्रधानमन्त्री देउवाले पाँचौ पटक विस्तार गरेको मन्त्रीमण्डलमा परेका मन्त्रीहरुले आज सपथ लिदैछन । मन्त्रीमण्डलमा राप्रपा प्रजातान्त्रिकवाट ३ मन्त्री तथा १ राज्यमन्त्री सहभागी भएपछि उनिहरको सपथ आज हुन लागेको हो । राप्रपावाट दीपक वोहोरा, विक्रम पाण्डे र शुनिल थापा मन्त्री वन्नुभएको छ भने रेशम लामा राज्यमन्त्री बन्नुभएको छ । मन्त्रीहरुले आज विहान ११ वजे राष्ट्रपति […]

छैंठौ पटक मन्त्रीपरिषद विस्तारको तयारी

काठमाडौं,भदौं,२५- राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक दीपक बोहोराको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौंपटक मन्त्रिपरिषद विस्तार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विभाजित भएर बनेको राप्रपा प्रजातान्त्रिकलाई सरकारमा सहभागी गराउन लाग्नुभएको हो । मन्त्रालयमा कुरा मिले आज नै राप्रपा प्रजातान्त्रिक सरकारमा सहभागी हुनेछ ।राप्रपा प्रजातान्त्रिक राप्रपाबाट विभाजित भएको एक महिना पुगेको […]

काँग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली पनि मधेश जादै

काठमाडौं,भदौं,२५- प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन शीर्ष नेताहरु घरदैलो अभियानमा व्यस्त भएका छन् । २ नम्बर प्रदेशको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका दलहरुले प्रचार–प्रसार अभियानलाई तीव्र बनाएका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल लगायतका दल तथा उम्मेदवार भोट […]

समानुपातिक निर्वाचनमा भाग लिन दलहरूले भदौ २७ भित्र निवेदन दिनुपर्ने

काठमाडौं,भदौं,२५- निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले आजदेखि २७ भदौं सम्म आवेदन दिनुपर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार दुई चरणमा एकै साथ गर्ने सरकारले निर्णय गरिसकेको छ । निर्वाचन आयोगमा दर्ता […]

पूर्वपदाधिकारीलाई सुविधासम्बन्धी विधेयक माथी छलफल

काठमाडौं,भदौ २२- व्यवस्थापिका–संसदको राज्य व्यवस्था समितिको बैठकमा पूर्वपदाधिकारीलाई सुविधा दिने सम्बन्धमा बनेको विधेयकमा परेका संशोधनमाथि छलफल थालिएको छ । समितिको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा संशोधन प्रस्ताव राख्ने समिति सदस्यहरुसँग छलफल सुरु गरिएको हो । बैठकमा विधेयक ल्याउनुको औचित्यमाथि नै सदस्यहरुबीच मत बाझिएको छ । बैठकमा संशोधन दर्ता गर्नेमध्येका एक सदस्य राजीवविक्रम शाहले पूर्वपदाधिकारीजस्तै पूर्वसांसदहरुलाई […]

सबै निर्वाचन भए देशमा राजनीतिक स्थिरता आउँछः सभामुख घर्ती

काठमाण्डौ,भदौ,२०- सभामुख ओनसरी घर्तीले समय तालिकाभित्र सबै निर्वाचन भएपछि देशमा राजनीतिक स्थिरता आउने बताउनुभएको छ । मानव बेचबिखन र ओसारपसारविरुद्धको एघारौँ राष्ट्रिय दिवसका अवसरमा मूलसमारोह समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले अब आशा र भरोसाको दिन शुरु भएको बताउनुभयो । उहाँले नेपालको संविधानको धारा २९(१) मा शोषणविरुद्धको हक हुने व्यवस्था गरिए पनि देशमा महिला […]