मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य

लहान, असोज ९- मधेश आन्दोलनको उद्गमस्थलरुपमा रहेको सिरहामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । मधेश आन्दोलनकै क्रममा विभिन्न मधेश केन्द्रित दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो । […]

१०४ स्थानको मतपरिणाम सार्वजनिक

काठमाडौं, असोज ७- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १०४ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, नेकपा माओवादी केन्द्र १८ र राष्ट्रिय जनता पार्टी १८ स्थानीय तहमा विजयी भएका छन् । त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति […]

प्रधानमन्त्री देउवा न्यूयोर्कमा भेटवार्तामा व्यस्त

न्यूयोर्क, असोज ६- संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग बिहीबार भेटवार्ता गर्नुभयो । सो क्रममा प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शिष्टाचार भेटवार्ता गर्नुभयो । राष्ट्रपति मैत्रीपालाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमणको स्मरण […]

प्रदेश नम्बर २ को मत परिणाम धमाधम आउँदै

काठमाडौं, असोज ६- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा ४५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ। अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस १६, नेकपा माओवादी केन्द्र ८, राष्ट्रिय जनता पार्टी ७, संघीय समाजवादी फोरम ६ र नेकपा एमाले ५ स्थानीय तहमा विजयी भएका छन् । नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दल […]

प्रदेश नम्बर २ को निर्बाचनको मत गणना जारी

काठमाडौं, असोज ४-  सोमबार भएको प्रदेश नम्बर २ मा को स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउने क्रम जारी छ ।निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ तहमा मतगणना जारी छ । सप्तरीको राजविराज नगरपालिकाको एउटा वडामा निर्वाचन नभएकाले सो नगरपालिकामा भने मत गणना हुन सकेको छैन । प्रारम्भिक […]

निर्बाचन भएका आठ जिल्लामा मतगणना सुरु

काठमाडौं, असोज ३- प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ ।निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै सोमबार रातिबाटै मतगणना सुरु गरिएको हो । केही स्थानीय तहमा भने मतगणना संकलनको काममा ढिलाई हुँदा मंगलबारबाट मत मतगणना […]

आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का बर्खास्त

काठमाण्डौं,असोज २- आयल निगमका प्रमुख कार्यकारी गोपाल खड्का बर्खास्त हुनु  भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उहाँलाई बर्खास्त गरेको हो। खड्काले निगमको जग्गा खरिदमा अनियमितता गरेको संसदीय समितिले ठहर गरेको थियो। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री […]

प्रदेश नं: २ मा मतदान जारी ,मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता

काठमाडौं,असोज,२- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ का ८ जिल्लामा मतदान जारी रहेको छ । बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । सप्तरीको राजविराजमा १ सय ३ वर्षीया एक वृद्धाले मतदान गरेकी छन् ।वडा नम्वर ७ बस्ने १ सय ३ वर्षीय समानदेवी जोशीले मतदान गरेकी हुन् […]

प्रदेश नम्बर २ को निर्बाचनको तयारी पुरा

काठमाडौं, असोज १- निर्वाचन आयोगले प्रदेश नम्बर २ मा भोली(सोमबार) हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको आयोगले जनाएको छ । प्रदेश नम्बर २ का सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र धनुषा गरी आठ जिल्ला छन् ।सबै जिल्लामा गरी १३६ स्थानीय […]

सीमा नाका बन्द

रौतहट ,३१ भदौ      स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै गएराति १२ बजेदेखि निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन हुने समय भन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको हो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने […]