केन्द्रीय सदस्य कोइरालासहित ७४ जना कांग्रेस पार्टीबाट निष्काशित

  काठमाडौं,कात्तिक,२२-सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टीको निर्णय विपरीतका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निकालेको हो । केन्द्रीय सदस्य कोइरालासहित ७४ जना नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय भएको केन्द्रीय अनुशासन समितिले जनाएको छ । पार्टीको विधान बमोजिम ७४ जनालाई ५ वर्षसम्मका लागि पार्टी सदस्य […]

कांग्रेस र एमालेका आर्थिक एजेण्डा विच फरक यस्ता छन् !

काठमाडौं,कार्तिक,१६-सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल कांग्रेसले गत शनिबार र एमालले मंगलबार निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दलहरुले पनि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अधिकांश […]

उम्मेदवारलाई फसाउने नियतले उजुरीहरु आए : आयुक्त भण्डारी

काठमाडौं,कार्तिक,१४-निर्वाचन आयोगमा केही उजुरीहरु उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरु अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरुसहित आएको बताउनुभएको हो ।   सोमबार आयुक्त भण्डारीले आयोगमा १५० वटा उजुरी रहेको र करिब ५० वटा उजुरी भने कारबाहीका लागि योग्य रहेको स्पष्ट पार्नुभयो । निर्वाचन आयुक्त भण्डारीले विगतको […]

नेपालको राजनीतिलाई दुर्गन्धित बनाउने ओली हो : घनश्याम भुसाल

रुपन्देही,कार्तिक,२-रुपन्देही क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी ओलीमाथि नेपालको राजनीति दुर्गन्धित बनाएको आरोप लगाउनु भएको छ । सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका भुसालले मंगलबार देवदहमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो,‘प्रधामन्त्रीको कुर्सीमा बसेर संसद र संविधानलाई प्रहार गर्ने ओलीले नै नेपालको राजनीति […]

प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं,कार्तिक,२-निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ । निर्वाचनको मिति घोषणा भइसकेपछिसमेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

कांग्रेसद्वारा चुनाव परिचालन समिति गठन (सूचीसहित)

काठमाडौं,असोज,३१-नेपाली कांग्रेसले चुनवा परिचालन समिति गठन गरेको छ ।कांग्रेसले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ११० सदस्यीय केन्द्रीय चुनाव परिचालन समिति गठन गरेको हो। सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय चुनाव परिचालन समिति गठन गरेका हुन् । चुनाव परिचालन समितिका सदस्यहरुको नामावली १. संयोजक -गोपालमान श्रेष्ठ […]

नेपाली कांग्रेसको घोषणापत्र पारित

काठमाडौं,असोज,२८-नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको घोषणापत्र पारित गरेको छ । शुक्रबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले तयार पारेको घोषणापत्र संशोधनसहित पारित गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । बैठकमा महामन्त्री शर्माले घोषणापत्रको ड्राफ्ट पढेर सुनाउनुभएको थियो भने घोषणापत्र लेखन संयोजन समितिका डा. स्वर्णिम वाग्ले र डा.गोविन्द […]

प्रतिनिधिसभातर्फ २ हजार ४९४, प्रदेशसभातर्फ ३ हजार ४२३ जनाले दिए उम्मेदवारी

काठमाडौं,असोज,२४-प्रतिनिधिसभाको सदस्यका लागि २ हजार ४९४ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगका अनुसार आइतवार मध्यरातिसम्म अपडेट भएको विवरणअनुसार प्रतिनिधिसभा सदस्यका लागि २ हजार २६१ जना पुरुष र २३३ जनामहिलाको उम्मेदवारी परेको छ । त्यसैगरी प्रदेशसभातर्फ प्रतिनिधिसभाको भन्दा करीब १ हजार धेरै उम्मेदवारी दर्ता भएको छ।आयोगका अनुसारअनुसार प्रदेशसभा सदस्यका लागि ३ हजार ४२३ जनाको उम्मेदवारी परेको […]

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता शुरु

काठमाडौं,असोज,२३-प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता शुरु भएको छ । प्रतिनिधि सभाका १६५ ओटा निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता शुरु भएको हो । आगामी मंसिर ४ गते  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार आइतवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने […]