केही दिनमा देउवा जी प्रधानमन्त्री हुनुहुन्छ : प्रचण्ड

काठमाडौं,असार,१२-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताउनु भएको छ। पत्रकारहरुसँग आयोजना गरिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले संविधान अनुसार संसद पुनर्स्थापना हुने र देउवा प्रधानमन्त्री हुने बताउनुभयो।’यो नियम संविधान अनुसार भनेको छु, सेटिङमा भनेको छैन’, उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई देखाएर अदालतलाई धम्क्याएको […]

अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ता हुदैन: माधवकुमार नेपाल

काठमाडौं,असार,१२-पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पदको प्रलोभनमा परेर गठबन्धनलाई धोका नदिने बताउनुभएको छ । संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरूसँगको अन्तरक्रियामा नेपालले पाँच दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको लोभमा धोका नदिने बताउनुभयो।पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्तिविरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको उहाँको  भनाइ छ । एमाले […]

कांग्रेस सभापतिमा दोस्रो पुस्ताका नेताहरुको दाबी,अप्ठेरोमा शीर्ष नेता

काठमाडौं,असार,१०-दोस्रो पुस्ताका नेताहरुले पार्टी नेतृत्वको दाबी गर्न थालेपछि नेपाली कांग्रेसको सभापति बन्ने योजनामा रहेका शीर्ष नेताहरुका लागि चुनौती थपिने भएको छ। भदौको दोस्रो हप्ताबाट नेपाली कांग्रेसको १४औं महाधिवेशन हुँदैछ।पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, सुजाता कोइराला, कल्याण गुरुङ लगायतले सभापति पदमा प्रतिस्पर्धा गर्ने दाबी गरेका छन्। सभापति दाबी गर्ने यी […]

एकैदिन ४५२२ जना संक्रमित,४९५४ संक्रमणमुक्त,४१ जनाको मृत्यु

काठमाडौं,असार,८-नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५२२ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको भने ४ हजार ७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको हो । […]

प्रधानमन्त्रीको भ्याकेट निवेदनमा सर्वोच्चले बोलायो कर्णालीका चार सांसद

काठमाडौं,असार,८-पार्टी ह्वीपविपरित फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको निवेदनमा सर्वोच्च अदालतले दुबै पक्षलाई बोलाएको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलाशले रिट निवेदक र विपक्षीलाई बोलाउन आदेश दिएको हो । झगडिया झिकाई दुबै पक्षको भनाइ सुनिसकेपछि अन्तरिम आदेशलाई निरन्तर गर्ने नगर्ने भन्नेबारे निर्णय […]

सर्वोच्चको अन्तरिम आदेश:२०मन्त्रीहरु पदमुक्त(सुचीसहित)

काठमाडौं,असार,८-सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरुलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २७ गते गरेको […]

१६ डीआइजीको सरुवा

काठमाडौं,असार,७-नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षकहरुको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गर्नुभएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ।उहाँ प्रदेश नं २ को प्रहरी प्रमुख हुनुहुन्थ्यो ।सीआईबीका डीआईजी सहकुलबहादुर थापालाई प्रदेश समन्वय निर्देशनालयमा सरुवा गरिएको छ । यस्तै डीआईजीहरु गणेशबहादुर ऐर […]

पार्टी आधिकारिकता दावी गर्दै जसपा यादव पक्ष निर्वाचन आयोगमा

काठमाडौं,असार,४-जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुग्नेमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत हुनुहुन्छ । यादव पक्षको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको […]

चुरे क्षेत्रको ढुंगा,गिट्टी र बालुवा बेच्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,असार,४-चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदनको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ सम्मिलित इजलास गठन गर्नुभएको […]

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

कास्की,असार,४-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाउनु भएको छ । शुक्रबार प्रदेश सभामा उहाँले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मतदानमा मुख्यमन्त्री पोखरेललाई सभाका बहुमत सांसदले विश्वासको मत दिएका हुन् । सभामा उपस्थित ५८ जना सांसद मध्ये ३१ जनाले पक्षमा तथा २७ जनाले विपक्षमा मत दिएको सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा घोषणा गर्नुभयो […]