काठमाडौँ,असार,३१-मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बिहीबार दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठकले प्रतिनिधि सभाको अधिवेशन बोलाउने लगायातका विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो। त्यही आधारमा मन्त्रीपरिषद्ले संसद अधिवेशन आह्वान गर्न लागेको हो। ‘बैठकमा कोरोना संक्रमण […]
राजनीति
कांग्रेस पदाधिकारी बैठक स्थगित
काठमाडौं,असार,३१-आजका लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ।प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक सरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक भोलि सोही समयका लागि सारिएको छ।बैठमा सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्ने तयारी छ । […]
अर्थमन्त्री शर्माको निर्देशनमा १ वर्ष देखि भत्ता नपाएका इन्जिनियरको माग पुरा
काठमाण्डौं,असार,३०-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरूको माग पुरा भएको छ। लामो समयदेखि भत्ता नपाएका इन्जिनियरहरू दुर्गममा गएर काम गरेको विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उहाँले तत्काल समस्या समाधान गर्नु भएको हो । अर्थमन्त्री शर्माको निर्देशनपछि बुधबार उनीहरुलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको […]
कोभिड उपचार र नियन्त्रणबारे प्रधानमन्त्री देउवाले सीसीएमसीसँग लिए जानकारी
काठमाडौँ,असार,३०-प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का गतिविधिबारे आज सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उहाँले त्यस्तो निर्देशन दिएको सीसीएमसीले जनाएको छ। बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शंकरदास वैरागीलगायत उच्च अधिकारी उपस्थित थिए।
१० लाख धरौटीमा छुटे गच्छदार
काठमाडौँ,असार,३०-ललिता निवास जग्गा प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले गच्छदारलाई १० लाख धरौटीमा रिहा गरेको प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो। ललिता निवासको जग्गाको मुद्दा लागेपछि फरार गच्छदार बुधबार विशेष अदालतमा उपस्थित हुनुभएको […]
प्रधानमन्त्री देउवालाई दिए माधव नेपालले बधाई
काठमाडौं,असार,२९-नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपालले शीतल निवास पुगेर बधाई दिनुभएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका एमाले वरिष्ठ नेता नेपालले हात मिलाएरै बधाई दिनुभएको हो । कार्यक्रम प्रस्तोताले सामाजिक दूरी कायम गरेर बधाई दिन अनुरोध गरे पनि वरिष्ठ नेता नेपालले हात मिलाएर बधाई दिनुभएको थियो । अन्य अथिति र पूर्वप्रधानमन्त्रीले भने नमस्कार गरेर […]
देउवा सरकारको पहिलो निर्णय:सबै नागरिकलाई कोभिडको खोप पुर्याउने
काठमाडौँ,असार,२९-प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले सबै नागरिकलाई कोभिडको खोप सहज उपलब्ध गराउने निर्णय गरेको छ। राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिइसकेपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसेको थियो। बैठकले जतिसक्दो छिटो सबै नागरिकको पहुँचमा खोप पुर्याउने निर्णय गरेको हो। यस्तै बैठकले सरकारको प्रवक्तामा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई चयन गरेको छ। मंगलबार प्रधानमन्त्रीमा […]
प्रधानमन्त्री देउवाले लिए शपथ,राष्ट्रपतिले सच्याए नियुक्तिको व्यहोरा
काठमाडौं,असार,२९-नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई राष्ट्रपति निवास शीतलनिवासमा शपथ ग्रहण गराउनुभएको हो । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर […]
जाँदाजाँदै ओलीले बालुवाटारमा एमाले बैठक राख्दै
काठमाडौँ,असार,२९-सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्री पदबाट अपदस्थ भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज अन्तिमपटक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पार्टीको बैठक राख्ने भएका छन्। एमालेको केन्द्रीय सचिवालयका अनुसार दिउँसो १ बजेका लागि पार्टीको स्थायी कमिटी बैठक बस्ने भएको हो। यसैबीच त्यस बैठकमा सहभागी हुने कि नहुने भन्ने विषयमा अहिले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका […]
देउवाको नेतृत्वमा आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने
काठमाडौं,असार,२९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो मन्त्रिपरिषद्को विस्तार गर्ने हुनुभएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार आज प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ । सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो । विपक्षी गठबन्धनको […]





