देउवाको नेतृत्वमा आजै सानो आकारको मन्त्रिपरिषद् बन्ने

काठमाडौं,असार,२९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो मन्त्रिपरिषद्को विस्तार गर्ने हुनुभएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार आज प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्नुहुनेछ । सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो । विपक्षी गठबन्धनको […]

देउवालाई समर्थन गर्ने एमालेका सांसदलाई पार्टीले कारबाही गर्न नपाउने

काठमाण्डौं,असार,२८-काँग्रेस सभापती शेरबहादुर देउवालाई समर्थन गर्ने एमालेका सांसदलाई पार्टीले कारबाही गर्न नपाउने भएको छ। सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलका सांसदहरूलाई पार्टीले ह्विप लगाउन नसक्ने ठहर गरेको छ । एमालेका २३ जना सांसदले पार्टीको निर्णय नमान्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई […]

संविधानमाथिको मनपरी रोकिएको छ:राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ: विवेकशिल साझा पार्टी

काठमाण्डौं,असार,२८-सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान प्रतिकूल भएको भन्दै बदर गरिदिएको निर्णयको विवेकशील साझा पार्टी हार्दिक स्वागत गर्दछ।  सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समयमा संविधानमाथि लगातार रूपमा गर्दै आएको मनपरी प्रहारलाई स्पष्टसँग संवैधानिक अनुशासनमा बाँधिदिएको छ।  फैसलाले नेपालको वस्तुगत परिस्थितिलाई मध्यनजर गर्दै संसद्को स्थिरता र पूर्ण कार्य […]

ब्रेकिगं न्यूज:सानो मन्त्रिपरिषद् भोलि नै बनाउने विपक्षी गठबन्धनको निर्णय

काठमाण्डौं,असार,२८-सोमबार अपरान्ह बसेको विपक्षी गठबन्धनको बैठक सकिएको छ।कोटेश्वरमा बसेको बैठकले सानो मन्त्रिपरिषद् भोलि बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् पछि थप गर्दै जाने बैठकले निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनुभयो। सानो मन्त्रिपरिषद् भोलि बनाउने र पछि थप गर्दै लैजाने कुरा भएको छ’, छलफलपछि  खाँणले भन्नुभयो, ‘भोलि बिहान फेरि शीर्ष नेता बैठक बस्नेछ।’यस्तै बैठकले अदालतको […]

अदालतमा विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै छ: नेपाल

काठमाण्डौं,असार,२८-नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वाच्च अदालत विचाराधीन मुद्दामा २३ सांसदको हस्ताक्षर कायमै रहेको बताउनु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जालमार्फत शेरबहादुर देउवाको साथमा  निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १२३ जना मात्र भएको भन्दै माधव नेपाल समूहका २३ सांसद पार्टी सहमतिमा आएको अभिव्यक्ति दिएपछि  नेता नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा २३ […]

प्रतिनिधिसभा विघटनको मुद्दामा आज फैसला आउने सम्भावना

काठमाडौं,असार,२८-संवैधानिक इजलासले दोस्रो पटक भएको प्रतिनिधिसभा विघटनको मुद्दाको पेशी आजलाई तोकेको छ । गत सोमबार सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आज पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ सबै पक्षको बहसपछि गत सोमबार […]

एमाले छोडेर ७० जना कलाकर्मीले गरे काँग्रेस प्रवेश

काठमाडौं,असार,२८-नेपाली काँग्रेसमा ७० जना कलाकर्मी प्रवेश गरेका छन् । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अधिकांश कलाकर्मीहरु नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् । एमाले परित्याग गरी काँग्रेस प्रवेश गर्नेमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रमेबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार […]

एमाले कार्यदलको बैठक आज पनि

काठमाडौं,असार,२५-पार्टीमा आन्तरिक विवाद बढेसँगै गठन भएको नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ । पछिल्ला केही दिनदेखि निरन्तर छलफल गरिरहेका कार्यदलले आजको बैठकमा सबै विवादको समाधन गर्ने नेताहरुले दावी गरेका छन् । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सहमतिसहित निष्कर्ष दिने वार्ता समितिका सदस्य सुवास नेम्वाङले जानकारी दिनुभयो । हिजोको बैठक पछि कार्यदलका […]

पूर्व माओवादी नेताहरू निर्वाचन आयोगमा

काठमाडौ,असार,२५-पूर्व माओवादी नेता एवं वर्तमान नेकपा एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीसहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनमा आयोगले गरिरहेको कामको जानकारी लिन नेताहरू आयोग पुगेका हुन् । गत बुधबार माओवादी केन्द्र पार्टी अवैधानिक भन्दै अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा दर्ता खारेजीको निवेदन निवेदन दिएका […]

सरकारलाई कारण देखाऊ आदेश जारी

काठमाडौं,असार,२३-सर्वोच्च अदालतले सामाजिक सुरक्षा कोषविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै मंगलवार न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत् लिखित जवाफ पेश गर्न भनेको हो। बैंकका कर्मचारीले बैंक तथा वित्तीय संस्थालाई कोषमा आबद्ध हुन बाध्य […]