प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं,जेठ,२६-प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदैछ ।यसअघि लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु हुन लागेको हो । संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको छ ।यसअघि दुई दिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो । सरकारको शिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेपछि […]

उपप्रधानमन्त्री भएकै भोलिपल्ट राजेन्द्र महतोको पुत्ला दहन

काठमाडौं,जेठ,२२-नेकपा एमालेको माधवकुमार नेपाल पक्षका विद्यार्थी संगठन अनेरास्ववियुले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री भएको भोलिपल्ट राजेन्द्र महतोको पुत्ला जलाएको छ । शुक्रबार बेलुकी मन्त्रीको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्ने क्रममा महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध […]

मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक,राष्ट्रपतिमाथि फेरि प्रश्न ?

काठमाडौं,जेठ,२२-प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि चुनावको मिति तोकिसकेको अवस्थामा कामचलाउ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । आफ्नो सत्ता टिकाउन सहयोग गरेको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई ८ जना मन्त्री र २ जना राज्यमन्त्री दिनुका साथै केही सदस्य […]

नागरिकता अध्यादेशबिरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाई जेठ २७ हुने

काठमाडौं,जेठ,२१-सरकारले ल्याएको नागरिकता अध्यादेशबिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुक्रवारबाट शुरु भएको रिटमाथिको बहस टुंग्गिएको छैन र हेर्दाहेर्दैमा राखिएको हो । आउँदो बिहीबार जेठ २७ मा फेरि सुनुवाई गर्ने गरी मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको हो । अध्यादेशबिरुद्ध परेका ६ वटा रिटमा शुक्रवार तीन जना निवेदकका तर्फबाट मात्र बहस […]

जसपाका दुवै अध्यक्षको पत्र निर्वाचन आयोगद्वारा खारेज

काठमाडौं,जेठ,१९-निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षको पत्र खारेज गरेको छ । मंगलबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले एक अर्कालाई पार्टीबाट निष्काशन गरेको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोग बैठकले दुवै पत्र खारेज गर्ने निर्णय गरेको हो । पत्रमा दलहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७४ […]

ढुंगा, गिट्टी, बालुवा निकासीको निर्णय ‘घर पोलेर खरानीको व्यापार’:देउवा

काठमाडौं,जेठ,१९-नेपाली कांग्रेसले ढुंगा, गिट्टी,बालुवा निकासी गर्ने निर्णय फिर्ता लिन माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ति प्रकाशित गरी सरकारले हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम ल्याएको बताउनु भएको छ । अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्य मार्फत चुरे दोहनलाई […]

कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप्यो

काठमाडौं,जेठ,१७-नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जेठ २५ गते राति १२ बजेसम्मलाई समय थप गरेको हो । पार्टी सचिव केशव रिजालका अनुसार तोकिएको समयमा क्रियाशीलको विवरण अपडेट गरिसक्न र कुनै त्रुटि भए सच्याउन निर्देशन दिइएको हो । रिजालका अनुसार ७७ जिल्लका २०७ स्थानमध्ये १०१ स्थानबाट […]

संवैधानिक इजलास फेरि विवादमा

काठमाडौं,जेठ,१४-प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको संवैधानिक इजलास यो पटक पनि विवादित बनेको छ । प्रधानन्यायाधीश राणाले आफूसहित गठन गरेको संवैधानिक इजलासको सदस्यमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमबहादुर श्रेष्ठ छन् । संवैधानिक इजलासमा शुक्रबारदेखि सुरु सुनुवाइको क्रममा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बम कुमार श्रेष्ठको निष्पक्ष्तामाथि प्रश्न उठाउँदै उहाँलाई इजलासमा […]

भीम रावलले दिए सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीलाई बधाई!

कैलाली,जेठ,१४-पूर्व उपप्रधानमन्त्री भीम रावलले शुक्रबार नियुक्त भएका सुदूरपश्चिम सरकारका मन्त्रीहरुलाई बधाई दिनुभएको छ। नेता रावलले ट्वीट गरी मन्त्री तथा राज्यमन्त्रीलाई बधाई दिनुभएको हो।रावलले लेख्नु भएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका सबै नवनियुक्त माननीय मन्त्री र राज्यमन्त्रीजीहरूलाई हार्दिक बधाई दिँदै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।’ शुक्रबार सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टले चार मन्त्री […]

सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन, यी ५ मन्त्रीले लिए सपथ

काठमाडौं,जेठ,१४-सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री पोखरेलले पाँच जनालाई मन्त्री बनाउने निर्णय गरेसँगै मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले मन्त्रीमा नियुक्त गर्नुभएको छ । नियुक्त भएलगत्तै सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, […]