काठमाडौं,असार,१८-नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शिर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो । नेपाली कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले एकलौटी नाम […]
राजनीति
राष्ट्रिय सभाको आठौं अधिवेशन आजबाट सुरु हुँदै
काठमाडौं,असार,१७-राष्ट्रियसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन आज अपरान्ह ४ बजेका लागि बोलाउनुभएको हो । मुलुकको तल्लो सदन प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा माथिल्लो सदनको अधिवेशन औपचारिकता र बाध्यतामै सिमित हुने संभावना छ । अघिल्लो पटक संसद विघटन गर्दा बेलाईएको राष्ट्रिय सभाको सातौं अधिवेशन पनि औपचारिकतामै सिमित भएको […]
एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै
काठमाडौं,असार,१६-नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आज बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेर केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेले जनाएको छ । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वतः पुनर्वहाली हुने र माधव नेपालसहित ११ जना नेतालाई गरिएको कारबाही समेत स्वतः निष्क्रिय हुने भएको छ । हिजो […]
थपिएका २० जनाको नामसहित जसपा ठाकुर पक्षले पठायो निर्वाचन आयोगलाई पत्र
काठमाडौं,असार,१४-जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले एक पक्षीय रुपमा २० जना कार्यकारिणी समिति सदस्य थप गरेर निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै पत्र पठाएका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुरले बहुमत पुर्याउन २० जनाको नाम थप गरेर आइतबार आयोगमा पत्र पठाएका हुन्।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ठाकुरले गत पुस ७ गते आफूलाई […]
राष्ट्रपति भण्डारी प्रधानमन्त्रीको कार्यकर्ताजस्तो हुनुभयो : सभापति देउवा
काठमाडौं,असार,१२-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाउनु भएको छ । संघीय संसद भवन नयाँवानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै सभापति देउवाले संविधानको संरक्षक र सबैको साझा अभिभावकको रुपमा संविधानले र्निदृष्ट गरेको भूमिका निर्वाह नगरेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ता जसरी काम […]
केही दिनमा देउवा जी प्रधानमन्त्री हुनुहुन्छ : प्रचण्ड
काठमाडौं,असार,१२-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताउनु भएको छ। पत्रकारहरुसँग आयोजना गरिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले संविधान अनुसार संसद पुनर्स्थापना हुने र देउवा प्रधानमन्त्री हुने बताउनुभयो।’यो नियम संविधान अनुसार भनेको छु, सेटिङमा भनेको छैन’, उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई देखाएर अदालतलाई धम्क्याएको […]
अदालतमा दर्ता गरेको हस्ताक्षर फिर्ता हुदैन: माधवकुमार नेपाल
काठमाडौं,असार,१२-पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री पदको प्रलोभनमा परेर गठबन्धनलाई धोका नदिने बताउनुभएको छ । संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरूसँगको अन्तरक्रियामा नेपालले पाँच दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको लोभमा धोका नदिने बताउनुभयो।पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्तिविरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको उहाँको भनाइ छ । एमाले […]
कांग्रेस सभापतिमा दोस्रो पुस्ताका नेताहरुको दाबी,अप्ठेरोमा शीर्ष नेता
काठमाडौं,असार,१०-दोस्रो पुस्ताका नेताहरुले पार्टी नेतृत्वको दाबी गर्न थालेपछि नेपाली कांग्रेसको सभापति बन्ने योजनामा रहेका शीर्ष नेताहरुका लागि चुनौती थपिने भएको छ। भदौको दोस्रो हप्ताबाट नेपाली कांग्रेसको १४औं महाधिवेशन हुँदैछ।पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, सुजाता कोइराला, कल्याण गुरुङ लगायतले सभापति पदमा प्रतिस्पर्धा गर्ने दाबी गरेका छन्। सभापति दाबी गर्ने यी […]
एकैदिन ४५२२ जना संक्रमित,४९५४ संक्रमणमुक्त,४१ जनाको मृत्यु
काठमाडौं,असार,८-नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५२२ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको भने ४ हजार ७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको हो । […]
प्रधानमन्त्रीको भ्याकेट निवेदनमा सर्वोच्चले बोलायो कर्णालीका चार सांसद
काठमाडौं,असार,८-पार्टी ह्वीपविपरित फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको निवेदनमा सर्वोच्च अदालतले दुबै पक्षलाई बोलाएको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलाशले रिट निवेदक र विपक्षीलाई बोलाउन आदेश दिएको हो । झगडिया झिकाई दुबै पक्षको भनाइ सुनिसकेपछि अन्तरिम आदेशलाई निरन्तर गर्ने नगर्ने भन्नेबारे निर्णय […]








