काठमाडौं,असार,८-पार्टी ह्वीपविपरित फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको निवेदनमा सर्वोच्च अदालतले दुबै पक्षलाई बोलाएको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलाशले रिट निवेदक र विपक्षीलाई बोलाउन आदेश दिएको हो । झगडिया झिकाई दुबै पक्षको भनाइ सुनिसकेपछि अन्तरिम आदेशलाई निरन्तर गर्ने नगर्ने भन्नेबारे निर्णय […]
राजनीति
सर्वोच्चको अन्तरिम आदेश:२०मन्त्रीहरु पदमुक्त(सुचीसहित)
काठमाडौं,असार,८-सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरुलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २७ गते गरेको […]
१६ डीआइजीको सरुवा
काठमाडौं,असार,७-नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षकहरुको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गर्नुभएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ।उहाँ प्रदेश नं २ को प्रहरी प्रमुख हुनुहुन्थ्यो ।सीआईबीका डीआईजी सहकुलबहादुर थापालाई प्रदेश समन्वय निर्देशनालयमा सरुवा गरिएको छ । यस्तै डीआईजीहरु गणेशबहादुर ऐर […]
पार्टी आधिकारिकता दावी गर्दै जसपा यादव पक्ष निर्वाचन आयोगमा
काठमाडौं,असार,४-जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता दावी गर्न उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुग्नेमा अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत हुनुहुन्छ । यादव पक्षको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारिकता दावी गर्ने निर्णय गरेको […]
चुरे क्षेत्रको ढुंगा,गिट्टी र बालुवा बेच्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं,असार,४-चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश जारी गरेको हो । रिट निवेदनको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ सम्मिलित इजलास गठन गर्नुभएको […]
गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
कास्की,असार,४-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेश सभाबाट विश्वासको मत पाउनु भएको छ । शुक्रबार प्रदेश सभामा उहाँले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा भएको मतदानमा मुख्यमन्त्री पोखरेललाई सभाका बहुमत सांसदले विश्वासको मत दिएका हुन् । सभामा उपस्थित ५८ जना सांसद मध्ये ३१ जनाले पक्षमा तथा २७ जनाले विपक्षमा मत दिएको सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा बैठकमा घोषणा गर्नुभयो […]
गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं,असार,४-गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मतको प्रस्ताव राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री भएको एक साताभित्रै पोखरेलले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपाली कांग्रेस […]
कोरोना प्रभावित उद्यम उद्धारमा ध्यान देऊ:विवेकशील साझा पार्टी
काठमाण्डौं,असार,३-सङ्घीय सरकारको बजेट तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सङ्घीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत्अनुरूपका कार्यक्रम ल्याउन अनुरोध गर्दछौँ। बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग […]
महाधिवेशनको `मोडालिटी` तय गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं,असार,३-नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।आज २ बजे डाकिएको बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन् । यस अघिको बैठकले भदौ १६ देखि अधिवेशन गर्ने गरी प्रस्ताव प्रस्तावबारे अन्तिम निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा आज दिउँसो […]
सात वटै प्रदेशले आज बजेट ल्याउँदै
काठमाडौं,जेठ,१-मुलुकका सात वटै प्रदेशहरुले आज बजेट ल्याउदैछ । असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिच पनि प्रदेश सरकारले बजेट निर्माणको काम सकाएका छन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन […]






