काठमाडौं,जेठ,१४-राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीहरूलाई माफी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ४ सय ३० जना कैदीहरूलाई माफी दिनुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनीहरूलाई माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरूलाई माफ दिने गरेकी छन् ।
राजनीति
प्रधानमन्त्रीद्वारा २०७८/७९ को आधारभूत नीतिहरू सार्वजनिक
काठमाडौं,जेठ,१४-प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा संबोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९मा सरकारले गर्ने कामहरूको लागि आधारभूत नीतिहरू सार्वजनिक गर्नुभएको छ । संविधानअनुसार राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुपर्ने थियो । तर, संसद विघटन गरिएपछि कामचलाउ भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरिरहेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट […]
प्रतिनिधि सभा विघटनविरुद्ध १९ रिटहरुको सुनुवाइ आज हुने
काठमाडौं,जेठ,१३-प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमध्ये केहीको (बिहिबार) आज प्रारम्भिक सुनुवाइ गरिने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका २४ रिट निबेदनमध्य केहीको संबैधानिक इजलासबाट सुनुवाइ हुनु पर्ने माग गरिएको छ भने केहीको साधारण इजलासबाट प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ । साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने गरी माग गरिएका रिट निवेदकको आज सुनुवाइ […]
संसद विघटनविरुद्धको रिटमा बिहीबार र शुक्रबार पेशी तोकियो
काठमाडौं,जेठ,११-संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते (बिहीबार)का लागि तोकिएको छ । त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको […]
राष्ट्रपति विद्या देवि भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन
काठमाडौं,जेठ,११-संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हुन् । नेबिसंघ संकरदेव क्याम्पस इकाईद्वारा पुतलीसडकमा आयोजित बिरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिनाले गर्नुभएको थियो । बिरोध प्रदर्शनका क्रममा ‘म खड्ग प्रसाद […]
सर्वोच्च अदालतले भन्यो: प्रधानमन्त्री–प्रधान्यायाधीश मध्यराति भेटवार्ता गरेको भन्ने खबर झुटो
काठमाडौं,जेठ,११-प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच भेटवार्ता भएको भन्ने खबर झुटो भएको सर्वोच्च अदालतले जनाएको छ। केही अनलाइन पत्रिकाले प्रधानमन्त्री र प्रधानन्यायाधीश सोमबार मध्यराति भेटेको भन्ने खबर प्रकाशन गरेपछि अदातलते मंगलबार विज्ञप्ति जारी गरी खण्डन गरेको हो। ‘केही अनलाइनमा प्रकाशित समाचारहरूप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको छ’, सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको […]
स्थानीय तहसम्मै कार्यगत एकता गर्ने पाँच दलबीच सहमति
काठमाडौं,जेठ,९-प्रतिनिधिसभा विघटन भएपछि एक जुट बनेको नेपाली कांग्रेससहितका चार दल र नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश र स्थानीय तहसम्म कार्यगत एकता गरी अघि बढ्ने निर्णय गरेका छन्। आइतबार बसेको ती दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो।प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) […]
कान्तिपुरको यो कार्टुनप्रति प्रधानमन्त्री ओलीको आक्रोस:राष्ट्रपति कोटको खल्तीमा
काठमाडौं,जेठ,९-कान्तिपुर दैनिकमा छापिएको कार्टुनप्रति प्रधानमन्त्री केपी ओलीले आक्रोश व्यक्त गर्नु भएको छ ।आइतबार कान्तिपुर दैनिकमा अविन श्रेष्ठले बनाएको यो कार्टुन पहिलो पृष्ठमा छापिएको छ। राष्ट्रपति संस्थालाई दुरुपयोग गरेर प्रधानमन्त्री केपी ओलीले राजतन्त्रकालीन झल्को दिएको आशयको कार्टुनप्रति ओलीले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाउनु भएको हो । ‘राजतन्त्र प्रेत संस्था हो । तर यही प्रेत संस्थागत जोडेर […]
मध्यावधि चुनावको घोषणा फिर्ता लिन जनस्वास्थ्यकर्मीको माग
काठमाडौं,जेठ,९-मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले माग गरेका छन् । विज्ञप्ति जारी गर्दै उनीहरुले कोरोना महामारीको समयमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैरजिम्मेवारीपनको स्पष्ट उदाहरण भएको उल्लेख गरिएको छ । देश कोभिड–१९ को महामारीको दोश्रो लहरबाट आक्रान्त भइरहेको बेला संसदको विघटन र मध्यावधि निर्वाचनको घोषणाले […]
राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा भंग, मध्यावधि चुनाव घोषणा
काठमाडौं,जेठ,७-राष्ट्रपति विद्या भण्डारीले मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गर्नु भएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेर कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गर्नु भएको हो । मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दै नयाँ निर्वाचनको मिति सिफारिस गरेको […]