काठमाण्डौं,असार,३-सङ्घीय सरकारको बजेट तथा प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरूको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सङ्घीय सरकारको बजेटमा परेका उद्यमी केन्द्रित कार्यक्रमको यथाशीघ्र कार्यान्वयनसँगै, प्रदेश सरकार र स्थानीय सरकारहरूलाई पनि उद्यमीहरूको स्थिति अध्ययन गर्न र तत्अनुरूपका कार्यक्रम ल्याउन अनुरोध गर्दछौँ। बन्दाबन्दीको समयमा सम्पूर्ण साना-मझौला उद्योग […]
राजनीति
महाधिवेशनको `मोडालिटी` तय गर्न काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं,असार,३-नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।आज २ बजे डाकिएको बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन् । यस अघिको बैठकले भदौ १६ देखि अधिवेशन गर्ने गरी प्रस्ताव प्रस्तावबारे अन्तिम निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । पार्टी कार्यालय सानेपामा आज दिउँसो […]
सात वटै प्रदेशले आज बजेट ल्याउँदै
काठमाडौं,जेठ,१-मुलुकका सात वटै प्रदेशहरुले आज बजेट ल्याउदैछ । असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिच पनि प्रदेश सरकारले बजेट निर्माणको काम सकाएका छन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन […]
म्यानमारकी नेतृ आङसाङ सुकीको सुनुवाइ आजदेखि
काठमाडौं,असार,१-म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीलाई हिरासतमा राखिएको चार महिनाभन्दा बढी समयपछि अदालतमा सुनुवाइका लागि लगिएको छ। सुकीलाई लगाइएका आरोपहरुमाथि सोमवारदेखि सुनुवाई सुरु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। निर्वाचित सरकारलाई अपदस्त गरेको म्यानमारको सेनाले ७५ बर्षिया नेतृ सुकीलाई अनियमितता गरेको लगायतका विभिन्न आरोपहरु लगाएको छ। सुकीसँगै अन्य नेता तथा उच्च अधिकारीहरूलाई पनि सैन्य सरकारले विभिन्न […]
१२ वर्षपछि इजरायलको सत्ताबाट बाहिरिए नेतान्याहु
काठमाडौं,जेठ,३१-इजरायलमा १२ वर्षदेखि निरन्तर सत्तामा रहेका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु पदबाट हटाइएका छन्। आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा विपक्षी गठबन्धनका नेता नाफ्ताली बेनेटले बहुमत पाएपछि उनी सत्ताबाट बाहिरिएका हुन्। योसँगै बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन्। संसदमा भएको मतदानमा बेनेटका पक्षमा ६० र नेतन्याहुका पक्षमा ५९ मत परेका थिए।तर ७१ वर्षीय नेतन्याहुले आफू छिट्टै सत्तामा […]
सातै प्रदेश बजेटको अन्तिम तयारीमा
काठमाडौं,जेठ,३१-देशकै सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा व्यस्त छन् ।असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिचपनि प्रदेश सरकार बजेट निर्माणको अन्तिम रस्साकस्सीमा जुटेका हुन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट […]
मन्त्री मनाङेले विपक्षलाई मत दिने,गण्डकी प्रदेश सभा विघटनबाट बच्ने सम्भावना
काठमाण्डौं,जेठ,२७-गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनले बहुमत पुर्याउने देखिएको छ।मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले कित्ता परिवर्तन गरेपछि प्रदेश सभा विघटनबाट बच्ने सम्भावना बढेको हो। आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै छन्।त्यसको पूर्वसन्ध्यामा गुरुङ नेतृत्वकै सरकारमा खेलकुदमन्त्री रहेका मनाङेले प्रदेश सभा विघटन हुन नदिन […]
प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चले ३२ घण्टाको बहसपछि फैसला सुनाउने
काठमाडौं,जेठ,२७-सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको छ । संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि इजलासले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको हो । रिट निवेदनमा उठाइएका प्रश्नहरू सार्वजनिक महत्वको भएको र चाँडै टुङ्गो लगाउनुपर्ने भन्दै सर्वोच्चले बहसका लागि समेत समयसीमा तोकेको छ । रिट निवेदकको तर्फबाट […]
राष्ट्रपति र प्रधानमन्त्रीबीच शितलनिवासमा २ घण्टा छलफल
काठमाडौं,जेठ,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको छ । हिजो साँझ शितलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको हो । पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका […]
प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदै
काठमाडौं,जेठ,२६-प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदैछ ।यसअघि लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु हुन लागेको हो । संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको छ ।यसअघि दुई दिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो । सरकारको शिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेपछि […]








