राष्ट्रिय सभा सदस्यमा बादल पराजित, देवकोटा विजयी

काठमाडौं,जेठ,६-वाग्मती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ। भर्खरै प्राप्त अन्तिम मतपरिणामअनुसार नेकपा एमाले माधव नेपाल पक्षका उम्मेदवार डा. खिमलाल देवकोटाले प्रदेशमा ५८ र स्थानीय तहमा १२८ मत प्राप्त गरी विजयी हुनु भएको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार देवकोटाले प्राप्त गरेको कुल मतभार ५ हजार ८८ रहेको […]

राष्ट्रिय सभा उपनिर्वाचन आज,बादल र खिमलाल मैदानमा

काठमाडौं,जेठ,६-बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडा-४ स्थित भुटनदेवी माविमा मतदान केन्द्र तोकिएको छ । बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाउको छ । निर्वाचनमा नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार […]

अध्यादेशबाट बजेट ल्याइँदै !

काठमाडौं,जेठ,३-संविधानको धारा १ सय १९ को उपधारा ३ अनुसार सरकारले जेठ १५ गतेभित्रै संघीय संसदमा बजेट पेश गर्नुपर्ने हुन्छ ।तर, अल्पमतमा रहेको सरकारले कोरोना महामारीकैबीचमा कसरी बजेट ल्याउँछ भन्ने अन्योल देखिएको छ । सरकारले संघीय संसदमा बजेट पेश गर्नुभन्दा १५ दिनअघि बजेटका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरी पारित गर्नुपर्ने हुन्छ । तर, वर्तमान सरकारले […]

नेपालमा एकैदिन २०३ जनाको मृत्यु, ८ हजार ५२० जनामा संक्रमीत थपिए

काठमाडौं,बैशाख,३१-नेपालमा गएको २४ घण्टामा ८ हजार ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २१ हजार ४७८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन्। आज २०३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। जसमा नेपाली सेनाले विभिन्न मितिमा शव व्यवस्थापन गरेको विवरणसमेत समावेश छ। यो सहित कोरोनाका कारण […]

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौं,बैशाख,३०-नेकपा एमाले स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न बोलाइएको एमाले नेता सुवास नेम्बाङले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन दिएको समयसीमा सकिँदै गर्दा एमालेले बैठक बोलाएको हो।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिदै

काठमाडौं,बैशाख,३०-नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज सकिँदैछ । तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि राष्ट्रपतिले समय दिएपछि अहिले विपक्षी दलहरु बहुमत जुटाउन प्रयासरत छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको प्रयासमा छन् । तर बहुमत नपुग्दा समस्या देखिएको छ । […]

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङ पुन: नियुक्त

पोखरा,वैशाख,२९-गण्डकी प्रदेश सभामा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनः नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उहाँलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा बुधवार नियुक्त गर्नु भएको हो । यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजिनामा दिनुभएको थियो ।उहाँको राजिनामापछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको […]

ओली पदमुक्त भएपछि दलहरू सरकार गठनको रस्साकस्सीमा

काठमाडौं,बैशाख,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत गुमाएर पदमुक्त भएपछि नयाँ सरकार गठनका लागि रस्साकस्सी र सांसदहरूको लेखाजोखा सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त सदस्यलाई वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश […]

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलहरूको बैठक

काठमाडौं,बैशाख,२८-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न आज (मंगलबार) विपक्षी दलहरूको बैठक राख्नुहुने भएको छ । कांग्रेसका एक नेताका अनुसार राष्ट्रपतिले दिएको समयसीमाभित्र के कसरी नयाँ सरकार गठन गर्ने भन्ने विषयमा छलफल गर्न सभापति देउवाले आफ्नो पार्टीका शीर्ष नेतासहित नेकपा माओवादी केन्द्र, जसपालगायत दलका शीर्ष नेतालाई दिउँसो २ बजे आफ्नै निवास (बूढानीलकण्ठ) […]

नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्वारा दलहरुलाई आह्वान

काठमाडौं,बैशाख,२७-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु भएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) अनुसार वहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नु भएको हो । उहाँले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा वढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई बिहीबारका साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी […]