ढुंगा, गिट्टी, बालुवा निकासीको निर्णय ‘घर पोलेर खरानीको व्यापार’:देउवा

काठमाडौं,जेठ,१९-नेपाली कांग्रेसले ढुंगा, गिट्टी,बालुवा निकासी गर्ने निर्णय फिर्ता लिन माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ति प्रकाशित गरी सरकारले हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम ल्याएको बताउनु भएको छ । अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्य मार्फत चुरे दोहनलाई […]

कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप्यो

काठमाडौं,जेठ,१७-नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जेठ २५ गते राति १२ बजेसम्मलाई समय थप गरेको हो । पार्टी सचिव केशव रिजालका अनुसार तोकिएको समयमा क्रियाशीलको विवरण अपडेट गरिसक्न र कुनै त्रुटि भए सच्याउन निर्देशन दिइएको हो । रिजालका अनुसार ७७ जिल्लका २०७ स्थानमध्ये १०१ स्थानबाट […]

संवैधानिक इजलास फेरि विवादमा

काठमाडौं,जेठ,१४-प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको संवैधानिक इजलास यो पटक पनि विवादित बनेको छ । प्रधानन्यायाधीश राणाले आफूसहित गठन गरेको संवैधानिक इजलासको सदस्यमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमबहादुर श्रेष्ठ छन् । संवैधानिक इजलासमा शुक्रबारदेखि सुरु सुनुवाइको क्रममा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बम कुमार श्रेष्ठको निष्पक्ष्तामाथि प्रश्न उठाउँदै उहाँलाई इजलासमा […]

भीम रावलले दिए सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीलाई बधाई!

कैलाली,जेठ,१४-पूर्व उपप्रधानमन्त्री भीम रावलले शुक्रबार नियुक्त भएका सुदूरपश्चिम सरकारका मन्त्रीहरुलाई बधाई दिनुभएको छ। नेता रावलले ट्वीट गरी मन्त्री तथा राज्यमन्त्रीलाई बधाई दिनुभएको हो।रावलले लेख्नु भएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका सबै नवनियुक्त माननीय मन्त्री र राज्यमन्त्रीजीहरूलाई हार्दिक बधाई दिँदै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।’ शुक्रबार सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टले चार मन्त्री […]

सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन, यी ५ मन्त्रीले लिए सपथ

काठमाडौं,जेठ,१४-सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री पोखरेलले पाँच जनालाई मन्त्री बनाउने निर्णय गरेसँगै मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले मन्त्रीमा नियुक्त गर्नुभएको छ । नियुक्त भएलगत्तै सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, […]

राष्ट्रपतिद्वारा ४ सय ३० कैदीलाई माफी

काठमाडौं,जेठ,१४-राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीहरूलाई माफी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ४ सय ३० जना कैदीहरूलाई माफी दिनुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनीहरूलाई माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरूलाई माफ दिने गरेकी छन् ।

प्रधानमन्त्रीद्वारा २०७८/७९ को आधारभूत नीतिहरू सार्वजनिक

काठमाडौं,जेठ,१४-प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा संबोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९मा सरकारले गर्ने कामहरूको लागि आधारभूत नीतिहरू सार्वजनिक गर्नुभएको छ । संविधानअनुसार राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुपर्ने थियो । तर, संसद विघटन गरिएपछि कामचलाउ भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरिरहेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट […]

प्रतिनिधि सभा विघटनविरुद्ध १९ रिटहरुको सुनुवाइ आज हुने

काठमाडौं,जेठ,१३-प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमध्ये केहीको (बिहिबार) आज प्रारम्भिक सुनुवाइ गरिने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका २४ रिट निबेदनमध्य केहीको संबैधानिक इजलासबाट सुनुवाइ हुनु पर्ने माग गरिएको छ भने केहीको साधारण इजलासबाट प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ । साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने गरी माग गरिएका रिट निवेदकको आज सुनुवाइ […]

संसद विघटनविरुद्धको रिटमा बिहीबार र शुक्रबार पेशी तोकियो

काठमाडौं,जेठ,११-संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते (बिहीबार)का लागि तोकिएको छ । त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको […]

राष्ट्रपति विद्या देवि भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं,जेठ,११-संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हुन् । नेबिसंघ संकरदेव क्याम्पस इकाईद्वारा पुतलीसडकमा आयोजित बिरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिनाले गर्नुभएको थियो । बिरोध प्रदर्शनका क्रममा ‘म खड्ग प्रसाद […]