काठमाडौं,फागुन,२५-काठमाडौंको धुम्बाराहीस्थित साविक नेकपाको केन्द्रीय कार्यालयबाट यो पार्टीको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ। मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लेखिएको बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड टाँगिएको हो। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र एकता गरी बनेको नेकपाको वैधानिकता खारेज गरिदिएको पर्सिपल्ट आज केन्द्रीय कार्यालयमा बोर्ड परिवर्तन गरिएको हो।
राजनीति
एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा
काठमाडौं,फाल्गुन,२५-सर्वोच्च अदालतका फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नयाँ परिस्थित आएसँगै दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । एकतापूर्वकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे दलहरुले आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल थालेका हुन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता […]
आज नेकपाको अन्तिम बैठक: के के कुरा भए
काठमाडौं,फागुन,२४-साविक नेकपाको प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज बसेको स्थायी कमिटी बैठक यो पार्टीको अन्तिम भएको बताउनुभयो। नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा अघि साँझ सम्पन्न स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार अब एमाले र माओवादी केन्द्रकै रूपमा अलग्गिने निर्णय गरेपछि प्रवक्ता श्रेष्ठले नेकपाको बैठक यो नै अन्तिम भएको बताउनुभयो। अन्तिम बैठक पछि नारायणकाजीको भनाइ यस्तो छ […]
प्रधानमन्त्री ओलीलाई फेरी धर्मसंकट: माधव समुह सुरक्षित
काठमाडौं,फागुन,२४-सर्वोच्च अदालतको फैसलासँगै नेकपा पार्टीको विघटन हुने र तत्कालीन नेकपा-एमाले र नेकपा (माओवादी केन्द्र) नै कायम रहने भएपछि धेरै कुराहरु व्यापक रुपमा हेरफेर हुने भएका छन्। फैसलाका कारण सबैभन्दा अप्ठेरोमा माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरु परेको बताइएको थियो।उनीहरुले सोमबार दिउँसो आपसी छलफल गरी अदालतको फैसलालाई सम्मान गर्दै एमालेमै रहने र त्यहिँ संघर्ष गर्ने निष्कर्ष […]
नेकपाकै कारण जटीलता निम्त्यो,उसैले निरुपण गर्नुपर्छ : गगन थापा
काठमाडौं,फाल्नुन,२३-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सर्वोच्च अदालतको फैसलाले थप जटिलता निम्त्याएको बताउनुभयो।सर्वोच्च अदालतले आइतबार नेकपा पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि थापाले यस्तो प्रतिक्रिया दिनुभएको हो। नेकपाकै कारणले जटिलता निम्तिएको भन्दै थापाले त्यसको निरुपण पनि नेपाल कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने प्रतिक्रिया दिनुभयो।‘संसद भनेपछि राष्ट्रियसभा पनि हो। उपनिर्वाचन भइसकेको छ। उहाँहरू कुन पार्टीको हो? कहाँ लगेर […]
दाहालले संसद बहिष्कार नभई सरकारले ल्याएको एजेण्डा बहिष्कार गरेको हो : प्रचण्ड
काठमाडाौं,फाल्गुन,२३-नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद बहिष्कार नभई सरकारले ल्याएको एजेण्डा बहिष्कार गरेको बताउनु भएको छ। प्रतिनिधिसभा बैठक छोडेर बाहिर निस्कँदै गर्दा संघीय संसद भवनमा संचारकर्मीसँग अध्यक्ष दाहालले संसदको नभई अध्यादेश पेस गर्ने एजेण्डाको विरोध गरेको प्रतिक्रिया दिनुभएको थियो । असंवैधानिक, अनैतिक र अलोकतान्त्रिक सरकारलाई अध्यादेश ल्याउने अधिकार नभएकाले अध्यादेश पारित गराउने […]
सर्वोच्चले थप अन्योल सिर्जना गर्यो, हाम्रो पार्टी सत्ताको खेलमा छैन: बाबुराम
काठमाण्डौं,फाल्गुन,२३-जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले थप अन्योल सिर्जना गरेको बताउनुभयो। सरकारले बहुमत गुमाएको भन्दै उनले नयाँ सरकार गठन प्रक्रिया स्वतः बढ्नुपर्ने जिकिर गर्नुभयो। साथै भट्टराईले आफ्नो पाटीले सरकारको दाबी नगर्ने र सत्ताको खेलमा नरहेको बताउनुभयो।
सरकार अल्पमतमा पर्यो, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : कमल थापा
काठमाडौं,फागुन,२३-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको पछिल्लो फैसलासँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको बताउनु भएको छ। सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई मान्यता दिने निर्णय गरेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइदिएपछि थापाले यस्तो प्रतिक्रिया दिनुभएको हो। उहाँले प्रधानमन्त्रीसँग विश्वासको मत लिने वा राजीनामा दिने विकल्प रहेको बताउनुभयो।उहाँले यस्तो अवस्थामा […]
वैधता नभएको सरकारले आफैँ प्रस्ताव राख्न मिल्दैन: भिम रावल
काठमाडौं,फाल्गुन,२३-नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य भीम रावलले सरकार अवैध भएको बताउनु भएको छ।आइतबारको संसद् बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘सर्वोच्चको अदालतको निर्णयपछि प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठिसकेको छ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार वैधता नभएको उहाँले आरोप लगाउनुभयो। ‘सरकार र प्रधानमन्त्रीको स्थिति स्पष्ट हुनुपर्छ। आफैँले हत्या गरेको संसद्मा आफैँले प्रस्ताव गर्न मिल्दैन। […]
सर्वोच्चको फैसला मान्छौँ,कार्यान्वयन गर्छौँ: प्रधानमन्त्री ओली
काठमाडौं,फाल्गुन,२३-प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला मान्ने बताउनु भएको छ। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, ‘हामी सर्वोच्च अदालतको निर्णय मान्छौँ, त्यसलाई कार्यान्वयन गछौँ।त्यसबारे अदालतको निर्णय अध्ययन गरेर बोल्ने बताउनुभयो। नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नु भएको हो।न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेललाई […]