‘औपचारिक रुपमा नेकपा अझै एउटै’छ : निर्वाचन आयोग

काठमाडौं,माघ,११-नेकपाका दुई पक्षले अलग-अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो । आयोग स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको विधानसम्मत छैनन् । […]

आज प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक बस्दै

काठमाण्डौं,माघ,११-आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज (आइतबार) बस्दै छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटी बैठक आज दिउँसो साढे १२ बजे पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। यसअघि हिजो शनिबार पनि केन्द्रीय कार्यालयमा उपलब्ध स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बसेको थियो। बैठकमा गत शुक्रबार (माघ ९ गते) काठमाडौंमा […]

वैशाखमा निर्वाचन हुने सम्भावना छैनः महामन्त्री कोइराला

काठमाडौं,माघ,१०-नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले वैशाखमा निर्वाचनको सम्भावना नरहेको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने सम्भावना नरहेको धारणा राख्नु भयो । डा कोइरालाले कांग्रेसको पहिलो प्राथमिकता प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने […]

प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन सुरु

काठमाडौं,माघ,९-प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा शक्ति प्रदर्शन गरेको छ।शुक्रबार उपत्यकाका ९ स्थानबाट सुरु भएको भएको प्रदर्शन शान्ति वाटिकामा पुगेर सभामा परिणत हुने जनाएको छ। ती जुलुसहरु स्थायी समिति सदस्य तथा केन्द्रीय नेताहरुको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिका र बाल्मिकी क्याम्पसबाट सुरु भएका हुन्। […]

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौं,माघ,९-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावबारे छलफल गर्न सो प्रदेशका कांग्रेस केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाउनु भएको छ । अपरान्ह १ बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाइएको सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि आमन्त्रण गरिएको छ। ‘वरिष्ठ नेता पौडेल र बागमती प्रदेशका केन्द्रीय सदस्यहरुलाई परामर्शका लागि बोलाउनु […]

काठमाडौंको सवारी आवागमन अस्तव्यस्त, यी स्थानको यात्रा गर्दै नगर्नुस्

काठमाडौं,माघ,९-प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहको नेकपाले काठमाडौंमा गर्न लागेको विरोध सभाका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ । विरोध सभा र प्रदर्शनका कारण सवारी आवागमन अस्तव्यस्त हुने भएपछि महानगरीय ट्राफिक प्रहरीले अहिले सवारी साधनलाई डाइभर्सन गरिरहेको छ । काठमाडौं उपत्यकाको तिनकुने, गौशाला, सिनामंगल, नारायणगोपालचोक, गोंगबु, बालाजु, कलंकी, बल्खु र सातदोबाटोबाट रिङरोडभित्र आउने ठूला तथा भाडाका […]

संसद विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ हुने

काठमाडौं,माघ,६-प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि आज पनि सुनुवाइ हुँदैछ।आइतबारदेखि संवैधानिक इजलासमा सुरु भएको मुद्दामा आज पनि सुनुवाई हुन लागेको हो । यसअघि हिजो अधिवक्ता दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरले बहस गर्नुभएको थियो । बहसमा उहाँहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउन प्रतिनिधिसभा विघटन गरेको जिकिर गर्नुभएको थियो । पदका लागि व्यवस्था मास्न नमिल्ने भन्दै अधिवक्ताहरुले प्रतिनिधिसभा पुनःस्थापनाको […]

हुम्लामा ओली र प्रचण्ड-नेपाल पक्षबिच झडप,वडाध्यक्ष घाइते

हुम्ला,माघ,५-सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ता एक अर्को पक्षमाथि जाइलाग्न थालेका छन् । केन्द्रमा शीर्ष नेताबीच वाकयुद्ध चलिरहेका बेला विभिन्न जिल्लामा बाझाबाझ हुनु त सामान्य नै हो तर हुम्लामा भने कार्यकर्ताबीच कुटाकुट भएको छ।हुम्लामा नेकपा ओलीपक्ष र प्रचण्ड–नेपाल समूहबीच झडप भएको हो। झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते हुनुभएको छ।वडा नम्बर १ को कल्ख्यामा […]

निर्वाचन तयारीका विषयमा राजनीतिक दलहरुसँग आयोगद्वारा छलफल

काठमाडौं,माघ,४-प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनमा जाने सरकारको घोषणा पछि निर्वाचन आयोगले पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्र लगायतका विषयमा छलफल भएको हो । छलफलमा नेकपा दाहाल–नेपाल समूहको तर्फबाट सहभागि नेता राजेन्द्रप्रसाद पाण्डेले तोकिएको समयमा निर्वाचन […]

केपी ओली सन्की शासक भएको अध्यक्ष नेपालको आरोप

दाङ,माघ,३-नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाउनुभएको छ । शनिबार दाङको तुलसीपुरमा जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मैले जे गरे त्यही विधि, संविधान र कानुन भन्ने सन्की शासकका रुपमा ओली प्रस्तुत भइरहेको आरोप लगाउनुभयो । अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई कसैको सुझाव र आलोचनभन्दा प्रसंसा […]