प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा ‘निर्मला पन्तको बलात्कारी खै? भन्नेहरु पक्राउ

काठमाडौं,पुस,२४-प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै?’ भन्ने टिसर्ट लगाएका केही युवा पक्राउ परेपछि नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीसँग त्यही प्रश्न दोहोर्याएका छन्। प्रहरी हिरासतमा रहेका युवाहरुको फोटो सेयर गर्दै शर्माले ट्वीट गरेका छन्, ‘प्रश्न गर्नेलाई होइन, @PM_Nepal दोषीलाई पक्राउ गर्नोस्। प्रश्नलाई निषेध लोकतन्त्र होइन स्टालिनवाद हो! साँच्चै ‘निर्मला पन्तको बलात्कारी […]

दार्चुलामा भारतले फेरि सीमा मिच्यो

काठमाडौं,पुस,२३-भारतले महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर पुनः सीमा मिचेको छ।अन्तर्राष्ट्रिय सम्झौता उल्लंघन गर्दै नेपाली भूमीमा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेको हो ।२०७० असार २ गते महाकाली नदीमा आएको बाढीले महाकाली नदीले नेपालतर्फको भू–भाग कटान गर्दा नेपालको भूमी भारतपट्टी परेको छ । त्यही भूमिमा भारतले अहिले बाँध निर्माण गरिरहेको हो । पुस १ गतेदेखि […]

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा

कैलाली,पुस,२२-सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालयमा बुधबार अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभयो । विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उहाँले स्पष्ट गर्नुभयो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी […]

संवैधानिक इजलासको बहस स्थगित : न्यायाधीश कार्कीले छाडे

काठमाडौं,पुस,२२-संवैधानिक इजलासका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा नहेर्ने भएका छन्। अधिवक्ताहरुले न्यायाधीश कार्कीमाथि स्वार्थ बाझिने भन्दै प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलास छाड्नु भएको हो ।सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आफू यसबारे बुझ्ने क्रममा रहेको बताउनुभयो । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिवक्ता हुनुहुन्थ्यो। सोहीकारण अहिले पनि केपी ओली नै प्रधानमन्त्री […]

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आजदेखि सुनुवाइ हुने

काठमाडौं,पुस,२२-प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्ने भएको छ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका एक दर्जन भन्दाबढी मुद्दाहरूलाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाएको थियो । पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई […]

प्रचण्ड-माधव समूहका विद्यार्थीले गरे आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौं,पुस,२१-प्रचण्ड-माधव समूहका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभाको विघटन गरेको भन्दै अनेरास्ववियुले आज प्रेस विज्ञप्ति जारी गरेर आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। ‘संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चँदै प्रदर्शनकारीलाई धम्क्याउने तर्साउने […]

संसद् विघटन:सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई दिएको म्याद आज सकिदैं

काठमाडौं,पुस,१९-संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै  प्रधानमन्त्री र राष्ट्रपतिका कार्यालयलाई लिखित जवाफ पेस गर्न दिएको म्याद आज (आइतबार) सकिँदै छ। इजलासले यही पुस १९ गते (आज) भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिका कार्यालयलाई आदेश दिएको हो। अधिवक्ता सन्तोष भण्डारीसमेत निवेदक रहेको रिटमा सर्वोच्चद्वारा जारी आदेशमा […]

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै, काम चलाउ सरकारसँग वार्ता नगर्ने भारतको रणनीति

काठमाडौं,पुस,१८- सरकारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी पुनः थालेको छ । सतरुढ दल नेकपाभित्रको विवादका कारण केही समय धकेलिएको मन्त्री ज्ञवाली भ्रमणको तयारी फेरि सुरु भएको हो । यसअघि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो । तर नेकपाभित्रको विवादका कारण भ्रमण हुन नसकेपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको […]

“हामी यहाँ छौ”दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

काठमाडौं,पुस,१८-नेकपा(प्रचण्ड-नेपाल समूह) ले आज (शनिबार) दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैछ। प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि मंगलबार काठमाडौं सहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड-नेपाल पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ। संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड-नेपाल समूह एक्लैले आज प्रधानमन्त्री […]

राष्ट्रिय सभाको अधिवेशन भोलीदेखि : यस्ता छन् कार्यसूची

काठमाडौं,पुस,१६-राष्ट्रिय सभाको अधिवेशन भोली पुस १९ गतेदेखि बस्ने भएको छ ।उक्त बैठकमा प्रस्तुति तथा छलफलका लागि बिभिन्न विषयवस्तुहरु तय गरिएको छ। जसअनुसार अधिवेशन बैठक सुरु हुनासाथ अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र सभामा पढेर सुनाउनु हुने छ । त्यसैगरी सरकारले यसबीचमा जारी गरका अध्यादेशहरु बैठकमा गरिने संसद सचिवालयले जनाएको छ।सचिवालयका अनुसार ती […]