काठमाडौं,असार,१९-राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभएको छ। बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताउनुभएको हो। सांसद गौतमले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभयो।उहाँले […]
ब्यानर न्यूज
एमालेका ८ जना मन्त्रीले बुझाए प्रधानमन्त्री सामु राजीनामा
टोकियो,असार,१९-नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन्।बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। राजीनामा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा […]
भारत टि२० विश्वकपको च्याम्पियन
टोकियो,जापान,असार,१५-भारतले आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ। टि२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक उपाधि जितेको हो। बार्बडसस्थित किंगस्टन ओभलमा भएको खेलमा भारतले जितका लागी दिएको १ सय ७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले मात्र २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाउन सक्यौ। भारतको जितको लागि विराट कोहलीले सर्वाधिक ७६ […]
टोकियोमा मगर समुदायले मनाए भुम्या पर्व
टोकियो,असार,९-जापानको टोकियोमा नेपाल मगर संघ जापानले एक अनौपचारिक कार्यक्रम गरि भव्यताका साथमा आज आईतबार भुम्या पर्व मनाएको छ।जापानको राजधानी टोकियो स्थित कासाई रिन्काई पार्कमा भुम्या पर्व मनाएको हो। आज गरिएको भुम्या पर्व कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै नेपाल मगर संघ केन्द्रीय जापानका वरिष्ठ उपाध्यक्ष प्रेम प्रकाश रोका मगरले संसारभरी छरिएर बस्नु भएका आम मगर समुदायमा […]
च्यारिटी म्याचको उपाधी नेपाल राजदूतावासको टिम नेपाल रातोलाई
टोकियो,जापान,असार,३-जापान नेपाल फुटबल संघ (एन्फा, जापान) ले आयोजना गरेको च्यारिटी म्याचको उपाधी नेपाल राजदूतावासको टिम नेपाल रातो (अ) ले जितेको छ। जापान स्थित नेपाली राजदुत महामहिम डा.दुर्गा बहादुर सुवेदी ज्यूले नेतृत्व गर्नु भएको टिम नेपाल रातोले उपाधि जितेको हो। उहाँको टिमले पूर्व राष्ट्रीय टिमका कप्तान राजु काजी शाक्यले नेतृत्व गर्नु भएको नेपाल निलो (अ) टिमलाई […]
जापान नेपाल फुटबल संघ (एन्फा,जापान) को कार्यालय आज उदघाटन हुदैं
टोकियो,जापान,असार,३-जापानको टोकियोमा “जापान नेपाल फुटबल संघ (एन्फा, जापान) को कार्यालय उदघाटन हुदैँ छ। आज आईतवारका दिन बिहान ११ बजे टोकियोको फुस्सा सि कुमागावा भन्ने स्थानमा “जापान नेपाल फुटबल संघ (एन्फा,जापान)”को कार्यसमिति गठन गर्दै कार्यालयको उदघाटन गर्न लागेको जापान नेपाल फुटबल संघ (एन्फा जापान) का संयोजक शिब खड्काले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उदघाटन समारोहको प्रमुख अतिथीमा जापान […]
नागोया फेस्टिवलमा JRF को मेम्बर बन्न सकिने
टोकियो,जापान,जेठ,२०-जापानको नागोयामा दुई दिने नागोया फेस्टिवल हुने भएको छ। गैर आवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति नागोया र अन्य विभिन्न संघ संस्थाको सहकार्यमा यही जुन ८ र ९ तारिख शनिवार र आईतवारका दिन नागोया फेस्टिवलको आयोजना गर्न लागिएको छ। आयोजकका अनुसार नेपाली खानपिन, कला, सँस्कृति एवं पर्यटन, धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिकको बारेमा जापानी समुदायकाबीच प्रवर्धन […]
धनगढीको तापक्रम ४३.३६ डिग्री पुग्यौ, २८ वर्षपछि कै उच्च तापक्रम
धनगढी,जेठ,१६-कैलालीको धनगढीमा २८ वर्षपछि उच्च तापक्रम मापन गरिएको छ।बुधवार धनगढीको तापक्रम ४३.३६ डिग्री मापन गरिएको हो। मंगलबार ४२ डिग्री सेल्सियस मापन भएको तापक्रम बुधबार साँझ ५ बजेर ४५ मिनेटमा ४३.३६ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा जानकारी दिनुभयो। धनगढीमा गत वर्ष भने उच्च […]
पूर्वाधार मन्त्री महासेठलाई मेयर बालेनको एक ट्रक फोहोर उपहार
काठमाडौं,जेठ,१३-काठमाडौं महानगरपालिकाले सडक डिभिजन मिनभवन काठमाण्डौं कार्यालयको गेटमा उपहार स्वरुप फोहोर फालिए दिएको छ। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाउनु भएको थियो। महानगरले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै विभागको कार्यालय अघि धुलो खन्याएको थियो । विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड […]
सन्दीप लामिछाने निर्दोष सावित, विश्वकप खेल्न जाने
काठमाडौं,जेठ,२-नेपाली क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्। आज बुधबार पाटन उच्च अदालतले सन्दीपलाई निर्दोष सावित गर्दै सफाइ दिएको हो।उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अञ्जु उप्रेती ढकालको ईजलासले काठमाडौ जिल्ला अदालतको फैसला बदर गर्दै सन्दीपलाई निर्दोष ठहर गरेको हो। उच्च अदालतको यो फैसलासँगै सन्दीप फेरि क्रिकेटमा फर्किने बाटो खुलेको छ।गत पुष १३ […]






