काठमाण्डौं,असोज,२०-हिन्दु नेपालीहरुको महान चाड बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज आईतवारका दिन कुष्माण्डा भगवतीको विशेष पूजा आरधना गरेर मनाइँदैछ। शक्तिपीठ, देवी मन्दिरहरुमा आज देवीको दर्शन गर्न भक्तजनहरुको घुँइचो लागेको छ।कुष्माण्डा मातालाई शुभकर्मको थालनी र सृष्टिको प्रतिकको रुपमा घर–घरमा पूजा गरिन्छ। कुष्माण्डा देवीले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्वलित बनाएको र […]
ब्यानर न्यूज
आगामी निर्वाचन माओवादीले एक्लै लड्छ: अध्यक्ष प्रचण्ड
काठमाडौं,असोज,१९-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले आगामी निर्वाचन एक्लै लड्ने बताउनुभएको छ। पार्टीको दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले आज शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेकपा (माआवादी केन्द्र) को पहिचानलाई स्थापित गराउन पनि आफूहरुले आसन्न स्थानीय तहको उपनिर्वाचन र २०८४ सालको निर्वाचनमा एक्लै लडने अध्यक्ष दाहालको बताउनुभयो। अध्यक्ष दाहालले आसन्न उपनिर्वाचनमा जितेर […]
जापानलाई नेपाल जस्तो नबनाईदिनु : वरिष्ठ सञ्चारकर्मी भूषण दाहाल
टोकियो,जापान,१९-वरिष्ठ सञ्चारकर्मी भूषण दाहालले जापानलाई नेपाल जस्तो नबनाईदिन सम्पुर्ण नेपाली नागरिकलाई अनुरोध गर्नु भएको छ। आज शनिबार टोकियोको सिनओकुबो स्थित सोलमारी रेष्टुरेण्टको मुरा हलमा सिटी एक्सप्रेस र समुन्द्रपारी डटकमले संयुक्त आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले जापान बस्ने सम्पुर्ण नेपाली नागरिकलाई यस्तो कुरा बताउनु भएको हो। वरिष्ठ संचारकर्मी “दाहालले भन्नुभयो” […]
आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
काठमाडौं,असोज,१९-नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज शनिवार नवदुर्गाका नौवटा रूपमध्ये ‘चन्द्रघण्टा’ नाम गरेकी दुर्गा भवानीको पूजापाठ तथा दर्शन गरेर दसैं मनाइँदै छ। आजको दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं […]
धिरज र उपासना अभिनित चलचित्र ‘खुस्मा’ टोकियोमा प्रदर्शन हुने
फाईल तस्विर : प्रेम प्रकाश रोका मगर ज्यूको फेसबुकवाल बाट साभार !! टोकियो,असोज,१८-नेपाली दर्शकले निकै मन पराएको चलचित्र ‘खुस्मा’ जापानमा प्रदर्शन हुने भएको छ। जापानका लागी कपि राईट पाएको खुर्पेटो प्रोडक्शन र टोकियोमा प्रेम प्रकाश रोका मगरको टिमको आयोजनामा अक्टूबर २० तारिख आईतवारका दिन टोकियो स्थित नाकानो जिरो हलमा प्रदर्शन हुने भएको छ। फिल्म बेलुकी […]
आज दशैंको दोस्रो दिन,ब्रह्मचारिणी देवीको पूजा गरिँदै
काठमाडौं,असोज,१८-आज बडा दशैंको दोस्रो दिन देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ।शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो।घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा […]
टोकियोमा क्षत्री दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम गरिदै
टोकियो,असोज,१७-जापानको टोकियोमा पहिलो पटक क्षत्री दिवस मनाईने भएको छ। क्षत्री समाज नेपाल, जापान शाखाले अक्टोवर ६ तारिख आइतबारका दिन दिवस मनाउन लागेको हो। यस्तै दिवसको अवसरमा दशैं-तिहारको शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम समेत गरिने अध्यक्ष नरेश बहादुर जिसीले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। सिनओकोबु स्थित बारकाँडे रेष्टुरेण्टको हलमा हुने कार्यक्रममा क्षत्री समाजका लागि योगदान पुर्याउने विभिन्न […]
नेपालीको महान् पर्व दशैं सुरु, पहिलो दिन घर-घरमा घटस्थापना गरिँदै
काठमाडौं,असोज,१७-हिन्दु धर्मावलम्बीहरुको महान् पर्व बडा दशैं आज (बिहिवार)देखि सुरु भएको छ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धुमधामका साथ मनाइन्छ। बडा दशैंको पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ।गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक […]
नेपाली क्रिकेटर दिपेन्द्र विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डर
काठमाडौं,असोज,१६-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बुधवार जारी गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व वरियतामा ४ स्थान सुधार गर्दै अलराउण्डर तर्फ दोस्रो स्थानमा उक्लेका छन्। दीपेन्द्र इङ्ग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन भन्दा मात्र पछि रहेका छन्।यसअघि दीपेन्द्र छैटौं स्थानमा थिए। दीपेन्द्र २ सय ३० को रेटिङमा रहँदा लिविगंस्टोनको २ सय ५३ रहेको छ।अलराउन्ड तर्फ नै […]
व्यापक विरोध भएपछि विमान कम्पनीहरू अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने
काठमाण्डौं,असोज,१३-नेपालको विभिन्न भागमा दुई दिन परेको अविरल वर्षाका कारण काठमाण्डौं बाट देशका विभिन्न ठाँउमा जाने सडक बाढी र पहिरोलो अवरुद्ध भएको छ। सडक यात्रा अवरुद्ध भएसंगै यात्रुहरुको एक मात्र गन्तव्य बन्यौ हवाई यात्रा, यसले हवाई यात्रा गर्ने यात्रुको संख्या उल्लेखमा मात्रा बढेपछि निजी विमान कम्पनीले आफू खुशी ५ हजार लाग्ने टिकट यात्रालाई दोब्बरले बढाएर १० […]





