प्रतिनिधिसभा बैठक : शुक्रबारका लागि दुईवटा कार्यसूची तय

काठमाडौं,चैत्र,५-प्रतिनिधिसभाको सातौं अधिवेशनको चौथो बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । शुक्रबार १ बजे बस्ने बैठकका लागि दुईवटा कार्यसूची तय गरिएको हाे । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । राष्ट्रियसभाका पूर्वसदस्य तथा संविधान सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची […]

एमाले थप संकटमाःदुवै पक्ष आ-आफ्नै अडान,बामदेवको मिलाउन जोड

काठमाडौं,चैत्र,५-नेपाल कम्युुनिष्ट पार्टी (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षले समानान्तर कमिटी विस्तारदेखि गुटगत भेलालाई निरन्तरता दिन थालेपछि पार्टी एकता थप संकटमा पर्दै गएको छ । दुवै पक्षका नेताहरू एकअर्को विरुद्ध दोषारोपणमा उत्रिएका छन् । संस्थापन पक्षले नेपाल पक्षलाई आत्मालोचनासहित पार्टीमा फर्कन शर्त राख्दा नेपाल पक्ष पनि ओलीले गरेका निर्णय बदर हुनुपर्ने अडानमा छ […]

७ गते गुटको भेला हो, हामी जाँदैनौं-योगेश भट्टराई

काठमाडौं,चैत्र,५-नेकपा एमालेको असन्तुष्ट पक्षका प्रचार विभागका प्रमुख योगश भट्टराईले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा नजाने बताउनुभएको छ ।बिहीबार कार्यकर्ता भेला समापन पछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले ७ गते गुटको भेला भएकाले आफूहरू नजाने बताउनुभएको हो । ‘केन्द्रीय कमिटीको बैठक सम्भव पनि छैन, त्यो गुटको भेला हो,’ उहाँले भन्नुभयो, ‘जसरी यो भेलामा केपी ओली आउनुभएन, […]

सर्वोच्चले पार्टी फुटाइदिएपछि टाउकामा ड्याम्म हानेको जस्तो भाछ-प्रचण्ड

काठमाडौं,चैत्र,५ –नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताउनुभएको छ । बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो । ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना […]

नेपालमा थप ९४ कोरोना संक्रमित, ५५ जना संक्रमणमुक्त

काठमाडौं,चैत,४- नेपालमा पछिल्लो २४ घण्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७ सय ८१ जनाको पीसीआर परीक्षण गराउँदा ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५१८ पुगेको छ ।यस्तै, पछिल्लो २४ घण्टामा ५५ […]

एमाले नेपाल समूहको तयारीःओलीलाई हटाएर कार्यवाहक नेतृत्वसम्म लिने (दस्तावेजसमेत)

काठमाडौं,चैत,४-नेकपा एमाले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाबाट आउँदो तीन महिनाका लागि कार्यक्रम तय गर्ने भएको छ । जसमा अध्यक्षबाट केपी ओलीलाई हटाएर कार्यवाहक नेतृत्व लिनेसम्म रहेको छ । नेपाल पक्षले कार्यकर्ता भेलामा वितरण गरेको दस्तावेजको १३ सूत्रीय कार्यनीतिमा यो विषय उल्लेख गरिएको छ । ललितपुरमा जारी राष्ट्रिय कार्यकर्ता भेलामा आफ्नो समूहको प्रतिवेदन पेश गर्दै नेता […]

फेरि पनि संसद विघटन हुनसक्छ : प्रधानमन्त्री ओली

काठमाडौं,चैत,३-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद चल्ने अवस्था नभए फेरि पनि संसद विघटन हुने चेतावनी दिनुभएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभाको विघटन पनि सही भएको भन्दै अब पनि सरकार र संसद राम्रोसँग चल्ने अवस्था नभए विघटन गरेर चुनावमा जानुको विकल्प नरहने […]

मन्त्री फर्काउन माओवादीले बनायो कार्यदल, भेटेरै छलफल गर्ने

काठमाडौं,चैत ३-पार्टी छाडेर एमाले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता ल्याउन नेकपा माओवादी केन्द्रले कार्यदल नै बनाएको छ। आज बसेको संसदीय दलको बैठकले तीन सदस्यीय कार्यदल बनाएको नेता वर्षमान पुनले जानकारी दिनुभयो। पार्टीले नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुन रहेको तीन सदस्यीय कार्यदल गठन गरेको हो।  ‘पार्टी छाडेर सरकारमा गएका मन्त्रीहरुलाई हामीले पत्र पठाएका छौं। स्थायी […]

सिन्धुलीमा जीप दुर्घटना : ४ को मृत्यु, ७ जना घाइते

सिन्धुली,चैत ३-सिन्धुलीमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।घाइते ७ मध्ये २ को अवस्था गम्भीर रहेको सिन्धुली अस्पतालले जनाएको छ । सिन्धुलीमाढीबाट यात्रु लिएर गएको बा १७ च १११७ नम्बरको वोलेरो जीप कमलामाई नगरपालिकाको फेदीमा दुर्घना भएको हो । मृतकहरुको सनाखत भएको छैन ।दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

नेपालमा ११४ जना कोरोना संक्रमित थपिए

काठमाडौं,चैत ३-नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७९० जनामा पिसिआर परिक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ९४ जना संक्रमित संक्रमणमुक्त भएका छन् […]