मलाई एक अर्ब रुपैयाँको प्रलोभन आयो-मन्त्री आले

काठमाडौं,फागुन,१८-वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको खुलासा गर्नुभएको हो । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि […]

विप्लव नेकपासँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं,फागुन,१८-सरकारले विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न टोली गठन गरेको छ। मंगलबार सञ्चारमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिनुभयो । वार्ता टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् । पत्रकार सम्मेलनमा मन्त्री गुरुङले चाँडै […]

सरकारले पशुपति आर्यघाटमा निःशुल्क दाउरा उपलब्ध गराउछ : मन्त्री आले

काठमाडौं,फागुन,१७-वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको गोष्ठी उद्घाटन गर्दै मन्त्री आलेले दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्दै मन्त्रालयले निशुल्क दाउरा उपलब्ध गराउने बताउनुभयो । मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेकाले यसैपटक लागू हुने उहाँको भनाइ छ […]

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं,फागुन,१७-राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गर्नु भएको छ। मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गर्नु भएको हो । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। राष्ट्रपति कार्यालयले सोमबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सिफारिस पत्र पेस भएको र […]

प्रचण्ड-नेपाल पक्षको स्थायी र केन्द्रीय समिति बैठक बुधबार पेरिसडाँडामा बस्ने

काठमाडौं,फागुन,१७-प्रचण्ड-नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक बुधबार बस्ने भएको छ। सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले स्थायी केन्द्रीय समिति बैठक फागुन १९ गते बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बताउनुभयो । ‘फागुन २१ गते बुधबार […]

संसद् बैठक फागुन २३ गते अपराह्न ४ बजे राख्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं,फागुन,१७-सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक यही फागुन २३ गते ४ बजे राख्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषदको बैठकले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार यसअघि बसेको मन्त्रिपरिषद् बैठकमै यसबारे छलफल गरिए पनि आजको बैठकले औपचारिक निर्णय गरेको हो।

नेपालमा थप ७८ जना कोरोना संक्रमित, ८२ संक्रमणमुक्त, १ जनाको मृत्यु

काठमाडौं,फागुन,१६-नेपालमा आइतबार ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ८२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४०७ पुगेको छ ।देशभर हालसम्म ९६२ सक्रिय संक्रमित […]

‘बी’ डिभिजन लिग:खुमलटारको जितमा महेशको निर्णायक गोल

काठमाडौं,फागुन,१६-सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले साँघुरो जित निकालेको छ । आइतबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो।एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन महेश राईले निर्णायक गोल गरे । महेशले खेलको तेस्रो मिनेटमा निर्णायक गोल गरेका हुन् ।जितसँगै खुमलटारले ८ खेलमा १९ अंक जोडेको छ । खुमलटारले […]

नेपाल खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं,फागुन,१६-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड-१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेको बताउनु भएको छ । मन्त्रालयद्वारा आइतवार यहाँ आयोजित सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकताप्राप्त समूहमा प्रवेश गर्नु […]

संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत: नेपाल बारको भनाई

काठमाडौं,फागुन,१६-नेपाल बार एशोसिएसनले संवैधानिक निकायहरुमा संसदीय सुनुवाइ बिनै पदाधिकारी नियुक्त गरिनुलाई असंवैधानिक भनेको छ । शक्ति पृथक्कीकरण र नियन्त्रणको मूल मर्मविपरित गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत भएको ठहर पनि नेपाल बार एशोसिएशनले गरेको हो । बार एशोसिएसनको वार्षिक साधारणसभा तथा ४७ औं केन्द्रीय कार्यकारिणी परिषदको शनिबारसम्पन्न बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको […]