प्रचण्ड-माधवलाई ओलीको चुनौती : प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्

काठमाडौं,फागुन,१६-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड-नेपाललाई चुनौती दिनुभएको छ। आइतबार गृहजिल्ला झापामा नेपाल-चीन मैत्री औद्योगिक पार्क शिलान्यास गर्दै प्रधामन्त्री ओलीले मुद्दा लडेर संसद फिर्ता ल्याएजस्तै आफूलाई अविश्वसको प्रस्ताव राखेर हटाउन चेतावनी दिनुभएको हो। उहाँले आफूलाई अविश्वासको प्रस्ताव राखेर हटाए जनतामा गएर दुईतिहाइ ल्याइदिने बताउनुभयो । ओलीले भन्नुभयो ‘उहाँहरु मसँग हात थाप्न थाल्नुभएको […]

एमबाप्पे चम्किदा पीएसजीको शानदार जित

एजेन्सी,फागुन,१६-फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे ।मोइस किन र डानिलो पेरेइराको नाममा एक एक गोल रह्यो । खेलको छैटौं मिनेटमा मोइसको गोलबाट […]

प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै:औद्योगिक पार्कको शिलान्यास गर्ने

काठमाडौं,फागुन,१६-प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) गृहजिल्ला झापा जानुहुने भएको छ। त्यसका लागि उनी काठमाडौंबाट हवाईजहाजमार्फत बिहान १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम रहेको छ।औद्योगिक क्षेत्र शिलान्यासलगायत कार्यक्रममा सहभागी हुन ओली झापा जान लाग्नु भएको हो । उहाँले आज झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम छ।चीनको सहयोगमा झापाको कमल गाउँपालिका र […]

कांग्रेसले हैसियत अनुसारको आकांक्षा राख्नुपर्छ-वरिष्ठ नेता पौडेल

काठमाडौं,फागुन,१५-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताले आफूहरूलाई प्रतिपक्ष भएर बस्ने हैसियत दिएकाले हैसियतअनुसारको आकांक्षा राख्नुपर्ने बताउनुभयो । ‘जनताले हामीलाई ५ वर्षका लागि प्रतिपक्षमा बस्ने हैसियत दिएका छन्,’ उहाँले भन्नुभयो, ‘ हैसियतअनुसारको आकांक्षा नराखे डुबिन्छ, संसदमा […]

नेपालमा थप ८१ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

काठमाण्डौं,फागुन,१५-नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । कूल संक्रमितमध्ये हालसम्म २ लाख ७० हजार ३२५ जना निको भइसकेका छन्।पछिल्लो २४ घण्टामा ६२ जना निको भएको मन्त्रालयले जनाएको छ । […]

आफुले भनेको नमान्ने मान्छे अगाडि देख्नै नहुने चरित्र ओलीमा छ-अध्यक्ष दाहाल

काठमाण्डौं,फागुन,१५-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताउनुभएको छ । आज काठमाडौंमा भएको नेकपा प्रचण्ड-नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष दाहालले आफू जन्मिएको धरातल बिर्सेर प्रधानमन्त्री ओलीले आफूलाई महाराजधिराज सम्झिएको टिप्पणी गर्नुभएको हो । कम्युनिष्टहरुले हिजो जुन वर्गको विरुद्धमा विद्रोह गरे त्यही वर्गलाई […]

राजनीतिक दलको विवादले संसदीय प्रक्रिया रोकिँदैन : सभामुख सापकोटा

काठमाण्डौं,फागुन,१५-सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गर्नु भएको छ।शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानीमा सभामुख सापकोटाले संसद् नियमित चल्ने बताउनुभयो । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उहाँले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘पहिले जसरी संसद् चलेको थियो। त्यही अनुसार संसद् चल्छ।अब दलहरुबीच छलफल […]

हाइटीमा कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागे, २५ बढीको मृत्यु

एजेन्सी,फागुन,१५-हाइटीको राजधानी पोर्ट ओ प्रिन्टस्थित एक कारागारबाट ४ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । क्रोइक्स डेस बुकिट कारागारबाट भाग्नेहरुमा हिंसात्मक झडपमा पक्राउ परेकाहरुमा पनि रहेको अधिकारीहरुले जनाएका छन् । घटनामा केही सर्वसाधरण,प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको छ । भाग्नेहरु मध्ये एक जना शक्तिशाली ग्याङका नेता आर्नेल जोसेफ भने सुरक्षा कारवाहीमा मारिएका छन् । […]

फागुन २३ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं,फागुन,१४-सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार बेलुका बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बस्नुअघि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठक आह्वान गर्नेसम्बन्धमा शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्नुभएको […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं,फागुन,१४-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ।प्रधानमन्त्री ओलीले शुक्रबार साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिनुभयो।   ‘एजेन्डा भनिएको छैन’, ती मन्त्रीले भन्नुभयो, ‘साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ।सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो। बैठकले बैठकले प्रतिनिधिसभा […]