काठमाडौं,पुष,२-प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले बिहीबार साँझका लागि बोलाउनुभएको संवैधानिक परिषद बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएपछि परिषद बैठक स्थगित गरिएको हो । प्रधानमन्त्री ओलीले अघिल्लो दिनको सहमति विपरित साँझ बैठक राखेपछि उहाँलाई भेट्न दाहाल प्रधानमन्त्री निवास बालुवाटार जानुभएको थियो । दुई नेताबीचको छलफलपछि बैठक […]
ब्यानर न्यूज
नेपालमा जस्तै विवादित बनेको एमसीसी श्रीलंकाबाट फिर्ता
काठमाडौं,पुस,२-अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट फिर्ता भएको छ। वासिङ्टनमा मंगलबार भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो। नेपालमा जस्तै श्रीलंकामा पनि एमसीसी परियोजना विवादमा परेको थियो। श्रीलंकामा एससीसीले ४८ करोड अमेरिकी डलर अनुदान दिने जनाएको थियो। जसमा यातायात पूर्वाधार स्तरोन्नति र भूमी सुधार गर्ने परियोजना थिए। एमसीसीले […]
संसद बैठक तत्काल बोलाउन सरकारसंग कांग्रेसको माग
काठमाडौं,पुष,१-नेपाली कांग्रेसले तत्काल संघीय संसदको बैठक बोलाउन माग गरेको छ । कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरुको काठमाडौंमा बसेको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको नेताहरुको बैठकले तत्काल संसद बैठक बोलाएर वर्तमानमा देखिएका समस्याहरुको समाधान खोज्नुपर्ने माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ । नेताहरुबीच […]
भदौ २६ पछिका त्रुटिपूर्ण निर्णय सच्याउन प्रधानमन्त्री तयार, दुवै अध्यक्षका प्रस्ताव फिर्ता हुने
काठमाडौं,पुस,१-नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २६ गते पछि गरेका सबै निर्णय फिर्ता लिन सहमत हुनुभएको छ। आज महासचिव बिष्णु पौडेलसहित अध्यक्ष ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सो सहमति जुटेको प्रधानमन्त्री ओली निकट एक नेताले बताउनुभयो । ‘सहमतिमा भदौ २६ पछि गरिएका सबै त्रुटीपूर्ण निर्णय फिर्ता लिन प्रधानमन्त्री ओली तयार […]
थप ७३६ जनामा कोरोना संक्रमित,८४७ संक्रमणमुक्त, १३ जनाको मृत्यु
काठमाडौं,पुस,१-नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।हालसम्म संक्रमणमुक्त […]
सभामुख सापकोटाद्वारा संवैधानिक परिषद बैठक बहिष्कार
काठमाडौं,मंसिर,३०-सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद बैठक बहिष्कार गर्नुभएको छ । संवैधानिक परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित हुनुभएको हो । परिषद्का अध्यक्ष ओलीले आज बिहानका लागि बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठकले औपचारिकता पाउन सकेन । प्रधानमन्त्रीले पर्याप्त तयारी र छलफलबिना बैठक बोलाएको आरोप लगाउँदै […]
भौतिक दूरी कायम गरि प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई काग्रेसको आग्रह
काठमाण्डौं,मंसिर,२८-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते गर्न लागेको सरकारविरोधी प्रदर्शनमा सक्रिय रुपमा सहभागी हुन् पार्टी सदस्य, समर्थक र शुभचिन्तकहरुलाई आग्रह गरेको छ। प्रदर्शनको अघिल्लो दिन आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै सभापति शेरबहादुर देउवाले देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आग्रह गर्नु भएको छ । ‘कोरोना […]
संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौं,मंसिर,२८-आज आईतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । विपक्षी दलका नेता शेरवहादुर देउवा बैठकमा नआउने भएपछि बैठक रोक्नुपरेको हो । बैठक आज बिहान ९ बजेका लागि तय गरिएको थियो । स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको थियो । पार्टीभित्रको विवाद यथावत् रहेको अवस्थामा बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई नेकपाभित्रैबाट पनि […]
नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने, प्रधानमन्त्री ओली पनि सहभागी हुने
काठमाडौं,मंसिर,२८-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बालुवाटारमा बस्ने भएको छ। बैठक दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको भए पनि अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भए पछि बालुवाटारमा तय गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिनुभयो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुने स्थायी कमिटी […]
हिमालयको महत्व बुझेर सहयोग तथा सहकार्य गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं,मंसिर,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जलवायु परिवर्तन सम्बन्धी दीर्घकालीन रणनीति बनाउन प्रतिवद्ध रहेको बताउनु भयो । भर्चुअल रुपमा क्लाइमेट एम्बिसन सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले विश्व समुदायलाई हिमालयको महत्व बुझेर सोही अनुसार सहयोग तथा सहकार्यलाई प्रभावकारी बनाउन सबैमा अपील गर्नुभयो । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटारेसले बिश्व जगतलाई जलवायु आपतकाल घोषणा गर्न अपील गर्नुभएको […]




