काठमाडौं,भदौ,२६-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ५ जना मृतक थपिएसँगै मृत्यु हुनेको संख्या ३२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५४ जना संक्रमित थपिएका छन् । एकै दिन थपिएको […]
ब्यानर न्यूज
अन्तत:प्रधानमन्त्री पुगे मन्त्रिमण्डल पुनर्गठन हेरफेरमा
काठमाडौं,भदौं,२५-प्रधानमन्त्री केपी शर्मा ओलीले करिब तीन वर्षपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने हुनुभएको छ । सत्ता सञ्चालन गरेको दुई वर्ष पुगेलगत्तैदेखि पार्टीभित्रैबाट अनेकन अफ्ठ्याराको सामना गर्नुभएका ओलीले अन्ततः मन्त्रिमण्डल पुनर्गठन गरेर असन्तुष्टहरुको मुख बुझो लगाउने रणनीति लिनुभएको हो । दुई तिहाईनिकटको सरकार चलाउँदा पनि जनमानसमा अनुभूत हुने खालको खासै काम गर्न नसक्नु भएका ओलीले राज्यका सबै अवयवमा एकलौटी […]
नेपाल तरुण दलद्धारा पाटन र वीर अस्पतालका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण
काठमाण्डौं,भाद्र,२४-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलले पाटन र वीर अस्पतालमा गएर स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । १०७ औं वी.पी जयन्तीको अवसर पारेर तरुण दलले पाटन अस्पताल अन्तर्गत हाडजोर्नी विभागमै गएर एक हजार थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड वितरण गरेको हो । यस्तै […]
थप १०८१ जनामा कोरोना संक्रमण, ९१८ जना डिस्चार्ज, ६ जनाको मृत्यु
काठमाडौं,भदौ,२४-पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।यो सहित नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ४९ हजार २१९ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४६४ जना संक्रमित भएका […]
कोरोना खोप निर्माणमा ठूलो धक्का, एक जना बिरामी परेपछि अक्सफोर्डले राेक्याे परीक्षण
काठमाडौं,भदौ,२४-कोरोना भाइरसविरुद्ध खोप निर्माणमा ठूलो धक्का पुगेको छ। सहभागी एक जना बिरामी परेपछि खाेप विकास गर्ने अक्सफोर्ड विश्वविद्यालय र उत्पादक कम्पनी एस्ट्राजेनेका चलिरहेकाे परीक्षण रोक्न बाध्य भएको हो। परीक्षण खोप लिएका एक व्यक्ति अचानक बिरामी परेपछि परीक्षण राेकिएकाे एस्ट्राजेनेकाले जनाएकाे छ। ती व्यक्ति किन बिरामी भए र उनकाे समस्या के हाे, पत्ता लागिसकेकाे छैन। याे घटनाले […]
नेसन्स लिग फुटबलमा: क्रोएसियामाथि फ्रान्सको जित
एजेन्सी,भदौ,२४-नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियामाथि ४-२ को जित आत्मसाथ गरेको छ ।ओलिभर जिराउडले करियरको ४० औं अन्तराष्ट्रिय गोल गरेको खेलमा फ्रान्सले क्रोएसियालाई हराएको हो । सन् २०१८ को विश्वकपमा दुवै टिम फाईनलमा भिडेका थिए ।३३ बर्षका जिराउडले बेन्चबाट मैदान छिर्दै पेनाल्टीमा करियरको ४० औं गोल पुरा गरेका हुन् । उनी फ्रान्सेली लिजेन्ड मिचेल प्याटिनी भन्दा […]
रोनाल्डोले गरे राष्ट्रिय टिमबाट १०० गोलको कीर्तिमान
एजेन्सी,भदौ,२४-क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट सय गोलको कीर्तिमान पुरा गरेको खेलमा पोर्चुगलले नेसन्स लिग फुटबलमा जित हात पारेको छ । मंगलबार राति रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २-० ले हराएको हो । पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अघि बढाएका थिए । डिबक्स बाहिरबाट उनले प्रहार गरेको फ्रिकिकले जाली चुमेको थियो । सो […]
कुलमानलाई विद्युत् प्राधिकरणमा निरन्तरता दिने प्रस्ताव बिहीबार मन्त्रिपरिषदमा
काठमाडौं,भदौ,२३-उर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन बिहीबार बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने भएको छ। उर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उर्जामन्त्री वर्षमान पुनले बिहीबार बस्ने मन्त्रीपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेको बताउनुभयो । ‘मन्त्रालयले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजान फाइल तयार गरिसकेको छ’, ती अधिकारीले […]
एकै दिन थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ जना डिस्चार्ज, ६ जनाको मृत्यु
काठमाडौं,भदौ,२३-पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९०२ जना संक्रमित थपिएका छन् । यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २२८७ जना कोरोना संक्रमणबाट निको भइ डिस्चार्ज भएका छन् […]
राजश्व संकलनका लागि बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं,भदौ,२३-नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी राजस्व संकलनका लागि मंगलबारदेखि विहीबारसम्म राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा-काउण्टर खोल्न निर्देशन दिएको हो । राजस्व संकलन गर्ने एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र […]




