कोरोनाका कारण वीरगञ्जमा ६० वर्षीय पुरुषको मृत्यु

बारा,भदौ,२३-नेपालमा कोरोना संक्रमित मध्ये थप एकजनाको मृत्यु भएको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचाररत बाराका महागढिमाई नगरपालिका-१० गन्जभवनीपुरका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनुभएको छ । भदौ १४ गते ती पुरुषको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको स्वास्थ्यमा समस्या […]

थप ९७९ जनामा कोरोना संक्रमण, डिस्चार्ज १७३६, मृतकको संख्या ३०० पुग्यो

काठमाडौं,भदौ,२२-पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९७९ जना संक्रमित थपिएका हुन् । यो सहित हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना कोरोनाबाट निको […]

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते

काठमाडौं,भदौ,२२-सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने तय भएको छ।साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ। सोमबार बिहान बालुवाटारमा भएको पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा सो बैठक […]

रातो मत्स्येन्द्रनाथको रथ आज तानिँदै, स्थानीय जात्रामा सहभागी हुन नपाउने

काठमाडौं,भाद्र,२१-रातो मत्स्येन्द्रनाथको रथ आज तानिने भएको छ ।कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को सम्पूर्ण निर्देशनको पालना गर्दै सामाजिक दूरी कायम गरी आज अपराह्न रथ तान्न लागिएको हो । ललितपुरको पुल्चोकमा रहेको रथलाई तानेर करीब ३० मिटर पर पुर्‍याइने छ । रथ तान्नका लागि १२० जना जम्मा हुने ज्यापू समाजले जनाएको छ । रथ तान्नेहरूको पहिचानका लागि […]

कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो, १,०४१ जना संक्रमित थपिए

काठमाडौं,भदौ,२०-नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप नौजनाको मृत्यु भएको जानकारी दिनुभयो ।सोसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको हो । थप एक हजार ४१ जनामा संक्रमण पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ […]

पुल्चोक झडप:पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युवक पक्राउ

काठमाडौँ,भदौ,१८-ललितपुरको पुल्चोकमा बिहिबार भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका १ का २१ वर्षीय अनिश महर्जन इमाडोलबाट पक्राउ परेका हुन् ।ललितपुरमा रथतान्ने क्रम्मा भएको झडपमा भने आफैंले ढुंगा टिपेर प्रहरी माथि प्रहार गरेको थियो ।  महर्जनलाई अपराध महशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक […]

एकैदिन कोरोनाका कारण १४ जनाको मृत्यु, १३५९ जना संक्रमित थपिए

काठमाडौं,भदौ,१९-नेपालमा पछिल्लो २४ घन्टामा १३५९ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३५९ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । यो संक्रमितको संख्या हालसम्मकै उच्च हो । पछिल्लो २४ घन्टामा १३५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो । २४ घन्टामा डिस्चार्ज १३ सय […]

अर्थमन्त्री डा. युवराज खतिवडा अर्थ मन्त्रालयबाट विदा भए

काठमाडौं,भदौ,१९-अर्थमन्त्री डा. युवराज खतिवडा अर्थ मन्त्रालयबाट विदा हुनुभएको छ।सांसदकाे रुपमा कार्यकाल सकिएपछि पनि पुनः नियुक्ति पाएका उहाॅंले संबैधानिक व्यवस्था अनुसार भोलि भदौ २० गतेदेखि मन्त्री पदको कार्यकाल सकिन्छ। कार्यकाल सकिनु एक दिनअघि उहाॅं अर्थमन्त्रालयबाट बिदा हुनुभएको हो ।आज शुक्रबार मन्त्रीपरिषद् बैठकमै आजै राजिनामा दिने जानकारी गराउनु भएको खतिवडा अर्थ मन्त्रालय आएर बिदा भएको हो ।उहाॅंले […]

ललितपुरको चक्रपथ क्षेत्रभित्र भोली शुक्रबार कर्फ्यू

काठमाडौं,भदौ,१८-ललितपुरको चक्रपथ क्षेत्रभित्र भोलि कर्फ्यू लाग्ने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबार दिनभरको तनावपछि शुक्रबार कर्फ्यू लगाउने निर्णय गरेको हो। बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।  चक्रपथभन्दा भित्र मात्रै कर्फ्यूको निर्णय भएकाले बाहिर यसअघिकै आदेश अनुसार निशेधाज्ञा कायम रहने पनि प्रशासनले जनाएको […]

ललितपुरमा ट्राफिक प्रहरी कुट्ने ९ जना पक्राउ

काठमाडौं,भदौ,१८-ललितपुरमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए। कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन […]