काठमाडौं,साउन,११-इंग्लिस प्रिमियर लिग फुटबलको जारी सिजन आज सकिदैछ।आजका खेलहरुपछि प्रिमियर लिगबाट च्याम्पियन्स लिगमा छनौट हुने र रेलीगेशनमा पर्ने थप दुई दुईवटा टोलीहरुको टुंगो लाग्नेछ । प्रिमियर लिग च्याम्पियन लिभरपुल र दोस्रो स्थानको म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगमा छनौट भईसक्दा तेस्रो र चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा छनौट हुने टोलीहरुको टुंगो आज लाग्नेछ । तेस्रो स्थानको म्यान्चेस्टर […]
ब्यानर न्यूज
राष्ट्रिय टिमको प्रशिक्षण भदौ १ देखि,युवा स्टार बिमल घर्ती टिममा परेनन्
काठमाण्डौं,साउन,११-अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाएको छ।एन्फाले राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले तयार पारेको खेलाडीको सुची अनुसार ३५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो। प्रशिक्षणमा बोलाइएका सबै खेलाडी श्रावण १७ बाट श्रावण ३० सम्म होटेलमा क्वारेन्टाइनमा बस्नेछन। सबै खेलाडी दुई साता क्वारेन्टाइनमा बसेपछि एन्फा होस्टेलमा रहेर भाद्र […]
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, १३ हजार ५३ जना निको
काठमाडौं,साउन,१०-नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो । पछिल्लोपटक बाराको परवानीपुर गाउँपालिका–८ की १७ वर्षीया एक किशोरीको मृत्यु भएसँगै मृतकको संख्या ४५ पुगेको उहाँले बताउनुभयो ।ती किशोरीको वीरगन्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको […]
रातो मच्छिन्द्रनाथको रथारोहण हुँदै
काठमाडौं,साउन,१०-‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज(शनिबार) हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले […]
आज नाग पञ्चमी पर्व मनाईदै
काठमाडौं,साउन,१०-आज हिन्दु धर्मालम्बीले नाग पञ्चमी पर्व मनाउँदैछन्। साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने प्रचलन छ। नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल ढोकामा टाँसेर नागप्रति श्रद्धा व्यक्त गर्ने गरिन्छ। घरमा नागको तस्बिर टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता […]
ऊर्जामा लगानी गर्न बङ्गलादेशलाई ऊर्जा मन्त्री पुनको आग्रह
काठमाडौँ,साउन,९-ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बङ्गलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी भिर्याउन आग्रह गर्नुभएकोे छ ।नेपालका लागि बङ्गलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालमा लगानी मैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गर्नुभयो । राजदूत साम्स आफ्नो चार वर्षे कार्यकाल पूरा […]
लगानीयोग्य रकम थुप्रिएसँगै बैंकहरुले घटाउन थाले ऋणको ब्याजदर, कुनको कति?
काठमाडौं,साउन,८-बजारमा अधिक तरलता प्रवाहसँगै बैंकहरुले ऋणको ब्याजदर घटाउनथालेका छन्। बैंकहरुले ऋणको ब्याजदर एकल अंकमा ल्याएको जानकारीसहित सूचना जारी गर्नथालेका हुन्। अहिले राष्ट्र बैंकको तथ्याङ्कअनुसार बैंकहरुमा करिब १ खर्ब ६६ अर्ब रुपैयाँ लगानीयोग्य पैसा रहेको र मौद्रिक नीतिले सीसीडी रेसियो समेत ८० बाट ८५ प्रतिशत पुर्याएपछि बैंकहरुको लगानी बढ्दै छ। साथै लकडाउनको कारण ऋण माग कम […]
नेपालमा थप १४७ जनामा कोरोना संक्रमण, १५६ जना डिस्चार्ज
काठमाडौं,साउन,८-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।वीरगंजमा बुधबार मृत्यु भएका ७० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै मृतकको संख्या ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ४७ जना नयाँ संक्रमित […]
भीमोदय मावि चितवनका प्रअ डा.कँडेललाई एसियाकै उत्कृष्ट प्रधानाध्यापकको अवार्ड
काठमाडौं,साउन,८-भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् ।५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै अवार्डका लागि छनोट गरिएको हो । सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको […]
थप १०० जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या ४२ पुग्यो
काठमाडौं,साउन,७-नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको हो । कोरोना संक्रमित धनुषा जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय एक पुरुषको मंगलबार राति मृत्यु भएको हो । त्यस्तै ४९ वर्षीया कोरोना संक्रमित चिनियाँ महिलाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार बिहान मृत्यु भएको हो ।कोरोना संक्रमितको संख्या १८ हजार ९४ […]


