काठमाडौं,असार,२५-आज(बिहीबार)देखि चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने भन्दै मौसम पुर्वानुमान महाशाखाले सर्वसाधारणलाई सचेत तुल्याएको छ । भारी बर्षासंगै नदीमा बहाव बढ्नसक्ने र शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर खतराको तहसम्म पुग्नसक्ने पूर्वानुमान गरिएको छ । यसैबीच, राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणले प्रेस नोट जारी […]
ब्यानर न्यूज
सिन्धुपाल्चोक पहिरोमा परी २ को मृत्यु, १८ जना अझै बेपत्ता
काठमाडौं,असार,२५-सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोसीमा पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ।बाह्रबिसेमा पहिरोमा परेर डेढ वर्षीया छोरी निउना बस्नेत र उनका बुबा २० वर्षीय निकेश बस्नेतको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाह्रबिसेमा ४ र भोटेकोसीमा २ जना घाइते छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर छ। सिन्धुपाल्चोक माधवकृष्ण बस्नेत, सुवेश तामाङ, सविता बस्नेत तामाङ, मिङमा तामाङ […]
थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो
काठमाडौं,असार,२४-नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना […]
नेकपा स्थायी समिति बैठक पुनः स्थगित, अब असार २६ गते बस्ने
काठमाडौं,असार,२४-नेकपा स्थायी समिति बैठक पुनः स्थगित भएको छ।अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्नेछ ।सोमबार बस्ने भनिएको बैठक विवादित विषयमा सहमति जुट्न नसकेपछि आज(बुधबार) बस्न लागेको बैठक स्थगित भएको हो । वैठक २६ गते शुक्रवारका लागि सरेको छ । पछिल्लो समय शीर्ष नेतृत्वबीचको विवादको असर पार्टी र सरकार सञ्चालन पनि परेको छ ।विवाद […]
समाजवादी पार्टीद्वारा नेत्री सरिता गिरी निष्काशित, सांसद पद गयो
काठमाडौं,असार,२३-समाजवादी पार्टीले पार्टीको नीतिविपरीत काम गरेको भन्दै नेतृ सरिता गिरीलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको पार्टी कार्यकारीणी समितिको बैठकले गिरीलाई पार्टी र संघीय संसदको सदस्यबाट हटाउने निर्णय गरेको हो । महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलको सिफारिस अनुसार निर्णय भएको नेता इस्तियाक राईले जानकारी दिनुभयो । गिरीले संसदमा पार्टीको हृवीप उल्लंघन […]
ओली-दाहालको तीन घण्टा लामो भलाकुसारी, स्थायी कमिटी बैठक नरोक्न सहमति
काठमाडौं,असार,२३-चरम सत्ता संघर्षका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष स्थगित स्थायी कमिटी बैठक निरन्तर गर्न सहमत भएका छन् । मंगलबार बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको करिब तीन घण्टा लामो वार्तामा स्थायी कमिटी बैठक निरन्तर गर्न सहमति जुटेको हो । आफ्नै आँगनमा […]
नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त
काठमाडौं,असार,२३-नेपाल प्रहरीको महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआइजी) शैलेश थापालाई नियुक्त गरिएको छ ।मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा थापालाई बढुवा गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत नवनियुक्त महानिरीक्षक थापा बढुवासँगै नेपाल प्रहरीको २८ औं महानिरीक्षक बन्नुभएको हो । वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण […]
थप २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो
काठमाडौं,असार,२३-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २०४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा बाजुरामा ५४, काठमाडौंमा १४, अछाम ११, बैतडीमा ११ जना, ललितपुरमा १०, महोत्तरीमा […]
मन्त्रिपरिषद बैठक आज बस्दै, बैठकले प्रहरी प्रमुख चयन गर्ने
काठमाडौं,असार,२३-मन्त्रिपरिषद बैठक आज बस्दैछ । बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । आजको मन्त्रिपरिषदबाट नेपाल प्रहरीको नयाँ प्रहरी प्रमुख चयन गरिने बताइएको छ । नेपाल प्रहरीका प्रमुख ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल भोलि सकिदैछ । आईजीपी ज्ञवालीले ३० वर्षे सेवा अवधीको कारण भोलिबाट अनिवार्य अवकाश पाउनुहुनेछ । उहाँले फागुनदेखि प्रहरी निरीक्षकको कार्यभार सम्हाल्नु भएको थियो […]
जापानमा बाढीका कारण ५१ जनाको मृत्यु, फुकुओकामा पनी १ को मृत्यु
फुकुओका,जापान,असार,२३-जापानमा गत शुक्रबारबाट निरन्तर परिरहेको अबिरल वर्षाका कारण जनजिवन थप कष्टकर बन्दै गएको छ । जापानको दक्षिण पश्चिमी क्षेत्र क्युशुमा तीव्र वर्षाले दर्जनौं व्यक्तिको मृत्यु भैसकेको अधिकारिहरुले बताएका छन् । अहिले फुकुओका, सागा र नागासाकी क्षेत्रमा रहेका मानिसहरूलाई नदीहरुको किनारमा नजान र पहिरोबाट बच्नका लागि सतर्क रहन आग्रह गर्दै यस क्षेत्रमा आपतकालीन चेतावनी दिएको छ।अधिकारीहरुका अनुसार फुकुओका प्रान्तमा एक […]
