काठमाडौं,असार,२३-नेकपाको पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला दुई अध्यक्ष्ँ प्रधानमन्त्री केपि शर्मा ओली र पुष्पकमल दाहाल बीच आज मंगलबार पनि भेटबार्ता हुने भएको छ । बिहान १० बजेजछि प्रधानमन्त्री रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष्ँ प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेको हो । उहाहरु बीच आज छलफल हुदैछ, तर समय निश्चित भएको छैन,’ प्रचण्डका प्रेस संयोजक विष्णु […]
ब्यानर न्यूज
सन्दीप १ करोड रुपैयाँमा जमैका तलावाजमा आबद्ध
काठमाण्डौं,असार,२३-नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले सिजनको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी-२० क्रिकेट प्रतियोगिता जमैका तलावाजबाट खेल्ने भएका छन्। सन्दीपलाई जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा आफ्नो टिममा राखेका हो। सन्दीपले ड्राफ्टका लागि ९० हजार अमेरिकी डलर (१ करोड ७ लाख रुपैयाँ बढी) मूल्य राखेका थिए।गत असार १० गते गरिएको ड्राफ्ट सोमबार साँझ सार्वजनिक गरिएको हो। सन्दीप आबद्ध टिममा […]
नेकपा अध्यक्षद्वयको ‘वान टु वान’ वार्ता सकियो
काठमाडौं,असार,२२-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । भेटमा नेकपा अध्यक्ष दाहालले कुनै कार्यदल नबनाइकन दुई जनाकै बीचमा छलफल गर्न जरूरी रहेकोसमेत बताउनुभएको थियो । बैठकमा अध्यक्ष दाहालले दुई अध्यक्षकै बीचमा छलफल गर्नु पर्ने […]
जापानको कुमामोटो प्रान्तमा बाढीपहिरोमा परी २४ जनाको मृत्यु
जापान,असार,२२-जापानमा केहि दिन अघिबाट निरन्तर परिरहेको अविरल झरिका कारण २४ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । जापानको दक्षिण पश्चिमी कुमामोटो प्रान्तमा अविरल परिरहेको वर्षा संगै आएको बाढी पहिरोमा परि २४ जनाको मृत्यु भएको हो,भने १२ जना हराईरहेका छन् ।हराइरहेका ति व्यक्तिको उद्धारकर्मीहरूले खोजी जारी राखेका छन।उद्धारकर्मीहरूका अनुसार त्यहा के कति क्षति भएको छ यसबारे […]
नेपालमा थप २९३ जना कोरोना संक्रमण, संक्रमित संख्या १५,७८४ पुग्यो
काठमाडौं,असार,२१-आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जना कोरोना संक्रमित थपिएको जानकारी दिनुभयो । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १५ हजार ७८४ पुगेको छ। काठमाडौँ उपत्याकामा एकै दिन थप ३० जनामा कोरोना पोजिटिभ भेटिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा काठमाडौँका २१, ललितपुरका […]
पार्टी एकतालाई बचाउन सहमतिका थप आधार खोज्ने नेकपाका अध्यक्षद्वयको सहमति
काठमाडौं,असार,२१-नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकतालाई बचाउन सहमतिका आधारहरु खोज्ने सहमति भएको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहमतिका लागि दुवै अध्यक्षले थप लचकता प्रस्तुत गर्ने सहमति भएको हो । अध्यक्षद्वयले भोली बिहान स्थायी कमिटीको बैठक बस्नुअघि पुनः छलफल गर्ने सहमति भएको छ । वार्तामा प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर […]
जर्मन कपको उपाधि बायर्नले जित्यो
काठमाडौं,असार,२१-बुण्डेसलिगा च्याम्प्यिन बनिसकेको बायर्न म्यूनिखले जर्मन कपको उपाधि पनि जितेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४-२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो । खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल गर्दै बायर्नलाई अग्रता […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
काठमाडौं,असार,२१-प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आईतबार बस्दै छ।बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ । यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै […]
कैलाली,अछाम,डोटी र बाजुरामा मात्र ५ सय बढी कोरोना संक्रमित
कैलाली,असार,२१-सुदूरपश्चिमका चार जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित पुगेका छन् ।नेपालका ११ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेकोमा सुदूरपश्चिममा मात्रै चार जिल्लामा कोरोना संक्रमित पाँच सय भन्दा बढि पुगेका हुन् । कैलाली, अछाम, डोटी र बाजुरामा प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो […]
प्रधामन्त्रीलाई पद त्याग्न युवा नेता योगेश भट्टराईले गरे लाक्षणिक आग्रह
काठमाडौं,असार,२१-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादमा रुमल्लि रहँदा पार्टीका केन्द्रीय सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई पद त्याग गर्न लाक्षणिक आग्रह गर्नु भएको छ । नेलसन मण्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईको सम्झना गर्दै उहाॅले ओलीलाई पद त्याग गर्न लाक्षणिक आग्रह गर्नु भएको हो । दक्षिण अफ्रिकी नेता नेलसन […]


