आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ,असार,७-आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस।नेपालमा पनि विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाईन्छ ।  संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि […]

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,असार,७-गण्डकी प्रदेशमा आज बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको छ । आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङको गल्कोट नगरपालिकका ४ पुरुष, ढोरपाटन नपाका १ पुरुष, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ कोरोना संक्रमण […]

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

काठमाडाैँ,असार,७-आज आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्नेछ ।मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाॅंले बताउनुभयो। शास्त्रीय मान्यताअनुसार शनिबार […]

सडकमा लम्पसार परेर सरकार विरुद्ध प्रदर्शन, प्रधानमन्त्री ओलीलाई ब्यङ्य

काठमाडौं,असार,६-काठमाडौंका सडकमा सरकार विरोधी प्रदर्शन जारी छ । शनिबार पनि शान्तिपूर्ण प्रदर्शन भएको छ । कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुले काठमाडौंस्थित शहिद गेट क्षेत्रमा लम्पसार परेर विरोध जनाएका हुन । उनीहरुले सरकारले कोरोना नियन्त्रणमा सरकारले प्रभावशाली काम गर्न नसकेको भन्दै मृत्युको अभिनय गरेर सडकमै सुतेका हुन । प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा […]

नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि नागरिकता दिने नेकपा निर्णय

काठमाण्डौं,असार,६-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले  नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने  निर्णय गरेको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेपालीसँग बिहे गर्ने  विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हाे। नेपालीसँग विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि […]

चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा भिडियोमा छलफल गर्दै नेपाल र चीनका सय बढी नेता

काठमाण्डौं,असार,५-चिनियाँ कम्युनिष्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा सत्तारुढ नेकपा र चीनका सय बढी नेता आज भिडियो छलफलमा जुट्दै छन्।नेपाली कम्युनिष्ट नेताहरू चीनबाट बढी प्रभावित बनेको आरोप भारतीय पक्षबाट आइरहेकै बेला नेकपा स्कुल विभागका उपप्रमुख बेदुराम भुसालले चिनियाँ पक्षको चाहनाअनुसार नै यस्तो अन्तरक्रिया राखिएको बताउनुभयो। ‘चिनियाँ कम्युनिस्ट पार्टी ९९ वर्ष पुगेको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश […]

विदेशमा ज्यान गुमाएका २० जना नेपालीको शव आज ल्याईदै

काठमाण्डौं,असार,५-कतारमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २० जना नेपालीको शव शुक्रबार आज ल्याईदैछ । ती शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने बताइएको छ । कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने बताइएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो ।वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो […]

राष्ट्रपतिद्धारा संविधान संशोधन विधेयक प्रमाणीकरण नयाँ नक्साले पायो संवैधानिक मान्यता

काठमाडौं,असार,४-नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको हो । निशान छापमा लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई राष्ट्रपति समक्ष पेश गरिएको थियो । प्रतिनिधि सभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रिय […]

न्युजील्याण्डको उत्तरपूर्वमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गयो

एजेन्सी,असार,४-न्युजील्याण्डमा शक्तीशाली भुकम्प गएको छ । यूएसजीएसका अनुसार बिहिबार न्युजील्याण्डको उत्तरपूर्वमा कम्तिमा ७.१ म्याग्नीच्यूटको शक्तिशाली भूकम्प गएको जनाएको छ । यो केर्माडेक टापुको दक्षिणमा करीव ३३ किलोमिटरको गहिराईमा पराकम्प गएको हो । अष्ट्रेलियाको मौसम विज्ञान विभागले अष्ट्रेलियाली मुख्य भूमि, टापु वा त्यस क्षेत्रहरुमा सुनामीको कुनै खतरा नभएको जनाएको छ । एनजेड राष्ट्रिय आपातकालीन व्यवस्थापन एजेन्सीले यो शक्तीशाली भुकम्पले न्यूजील्याण्डमा सुनामीको कुनै […]

एकैदिन ६,७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७,८४८ पुग्यो

काठमाडौं,असार,४-नेपालमा एकैदिन ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ६७१ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको बताउनुभयो। यो सँगै नेपालमा संक्रमितको संख्या ७ हजार ८४८ पुगेको छ।पछिल्लो २४ घण्टामा थप १९ जना उपचारपछि निको भएर […]