नेकपा स्थायी कमिटी बैठकः प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरें–दाहाल, बहुमतको खेल भयो–ओली

काठमाडौं,असार,१०-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्ष बोलेर स्थगित भएको स्थायी कमिटी बैठकमा नेताद्वयले आ–आफ्ना गुनासा र पीडा व्यक्त गरेका छन् । प्रथम अध्यक्ष केपी ओलीले सरकारबाट भएका राम्रा कामको पार्टीबाट समर्थन हुन नसकेको गुनासो गर्दा द्वितीय अध्यक्ष पुष्पकमल दाहालले पटक पटक भएका सहमति र सम्झौता कार्यान्वयन नभएको पीडा व्यक्त गर्नुभएको थियो । […]

एकै दिन थपिए ६२९ संक्रमित, संक्रमितको जम्मा संख्या १० हजार ७ सय २८ पुग्यो

काठमाडौं,असार,१०-नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङ्गमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा एक सय १० महिलासहित ६ सय २९ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको बताउनुभयो । पछिल्लो २४ घण्टामा […]

पूर्व प्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई राष्ट्रपतिले बोलाइन् शीतलनिवास

काठमाडौं,असार,१०-राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्रीसहित सबै दलका प्रमुखलाई शीतलनिवास बोलाउनु भएको छ । राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले दिएको जानकारीअनुसार कोरोना महामारी, लकडाउन तथा यसबाट सिर्जित समस्याबारे छलफल गर्न राष्ट्रपति भण्डारीले सबै दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीहरूलाई आज बेलुका शीतलनिवास बोलाउनु भएको हो। ‘यो नियमित कार्यक्रमअन्तर्गत नै हो,’ डा. अधिकारीले भने, ‘राष्ट्रपतिज्यूले दलका नेतासँग भेटवार्ता नगरेको […]

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं,असार १०-नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।प्रधानमन्त्री निवास बालुटारमा बिहान ११ बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकमा एमसीसी, कोरोना महामारी र अन्य समसामयिक विषयमा छलफल गरिने नेकपाले जनाए पनि एजेन्डाबारे आधिकारिक टुङ्गो लागेको छैन । बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा पार्टीको अनुशासन समिति, […]

अस्ट्रेलियामा अलपत्र परेका २५९ जना नेपालीलाई ल्याईदै

काठमाडौं,असार,९-अस्ट्रेलियामा अलपत्र २ सय ५९ नेपाली नेपाल फर्कदै छन् । कोरोना भाइरस महामारीका कारण अलपत्रमा परेका नेपालीलाई आज (मंगलबार) पहिलो उडानअन्तर्गत नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत ल्याउन लागिएको हो । जहाज सिड्नीबाट स्थानीय समय अनुसार १ बजे उड्ने नेपाली दूतावासले जनाएको छ। छोराछोरी भेट्न अस्ट्रेलिया पुगेका ती नेपाली लकडाउनका कारण चार महिनादेखि रोकिएका थिए। साथै आजकाे जहाजमा फर्किनेमा […]

वैवाहिक अंगीकृतलाई ७ वर्षको सीमासहित संसदीय समितिबाट नागरिकता विधेयक पारित

काठमाण्डौं,असार,७-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को फरकमतका वावजुद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे सीमा राख्दै नागरिकता विधेयक पारित गरेको छ । आइतवार संसद सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले विधेयक परित गरेको हो । विधेयकका अधिकांश प्रावधानमा सर्वसम्मति भएपनि वैवाहिक अंगीकृत नागरिकताको विषय भने […]

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौं,असार,७-नेपालमा आईतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै कोरोना संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घण्टामा ६४ महिला सहित ४ सय २१ जना नयाँ संक्रमित थपिएको जनाकारी दिनुभयो । पछिल्लो २४ घण्टामा कोरोना […]

आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ,असार,७-आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस।नेपालमा पनि विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाईन्छ ।  संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि […]

गण्डकी प्रदेशका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,असार,७-गण्डकी प्रदेशमा आज बिहानै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५ सय ४ पुगेको छ । आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङको गल्कोट नगरपालिकका ४ पुरुष, ढोरपाटन नपाका १ पुरुष, काठेखोला गाउँपालिकामा ३ र बागलुङ नगरपालिकाका १ कोरोना संक्रमण […]

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

काठमाडाैँ,असार,७-आज आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०:५० बजे स्पर्श गर्नेछ ।मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाॅंले बताउनुभयो। शास्त्रीय मान्यताअनुसार शनिबार […]