नेपालमा थप ३८० जनामा संक्रमण पुष्टी, संक्रमित संख्या ६,५९१ पुग्यो

काठमाडौं,असार,२-नेपालमा पछिल्लो २४ घण्टामा ३८० कोरोना संक्रमित थपिएका छन्।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३८० जनामा कोरोना पोजिटिभ देखिएको बताउनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। त्यसमध्य ४९९ महिला र पुरुष ६ हजार ९२ रहेका छन् […]

म्याच फिक्सिङ आरोपित पुर्व कप्तान सागर सहित सबैले पाए सर्वोच्चबाट सफाइ

काठमाण्डौं,असार,२-नेपाली फुटबलको इतिहासमै पहिलो पटक म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सर्वोच्चबाट मंगलबार सफाइ पाएका छन्। न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो। कसूरको प्रकृति म्याच फिक्सिङ्क […]

नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको नयाँ नक्सा सार्वजनिक रुपमा प्रयोग गर्दै

काठमाडौँ,असार,२-नेपालस्थित अमेरिकी राजदूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत कोरोना सम्बन्धी तथ्यांक संगै लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रयोग गरेपछि नेपाली जनतामा खुशी छाएको छ। नेपाली जनता खुसी हॅंदै अमेरिकी राजदूतावासलाई धन्यवाद व्यक्त गरेका छन् ।अमेरिकी दूतावासले नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो निकायको रुपमा देखापरेको छ ।  

कोरोना रोकथाममा गम्भीर बन्न प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौं,असार,२-नेपाली कांग्रेसले कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीरतापूर्वक प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण नेतृत्वको टोलीले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा कसैले अनियमितता गरेको पाइए कार्वाही गरिने बचन दिनुभयो।कांग्रेस सांसदहरुलाईं प्रधानमन्त्री ओलीले यसमा दोषी पाइए नेपाली सेनालाई समेत […]

उत्तर कोरियाद्वारा अन्तर–कोरियाली सम्पर्क कार्यालय ध्वस्त

काठमाण्डौं,असार,२-उत्तर कोरियाली दक्षिण कोरियासँगैको सीमाक्षेत्रमा रहेको आफ्नो अन्तर–कोरियाली सम्पर्क कार्यालयको भवन ध्वस्त पारेको छ। दुबै कोरियाबीच पछिल्लो समय बढ्दै गएको तनाबकै बीच उत्तर कोरियाले यस्तो कदम चालेको अनुमान गरिएको छ।   दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको सम्पर्क कार्यालय भवन अपराह्न २.४९ मिनेटमा ध्वस्त बनाइएको जनाएको छ। यस बारेमा मन्त्रालयले कुनै […]

नेपाल एयरलाइन्सको दुबई र दोहा उडान स्थगित

काठमाडौं,असार,२-नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को पूर्वनिर्धारित तालिका अनुसार मंगलबार हुने भनिएको दुबई र दोहा गन्तव्यको चार्टर्ड उडान स्थगित भएको छ । निगमले दुबै उडान रद्दबारे मंगलबार बिहान विमानस्थललाई अवगत गराएको थियो ।निगमको सोमबार मलेसिया र माल्दिभ्सको उडान पनि स्थगित भएको थियो । निगमको वाइड बडी जहाजले जुन १४ तारिखमा बङ्गलादेशको ढाकाबाट उद्धार उडान गरी […]

‘लद्दाखमा गोली चलेको होइन, मुक्कामुक्कीमै ३ भारतीय शैनिकको मृत्यु’

काठमाण्डौं,असार,२-लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपका क्रममा गोली नचलेको भारतीय सेनाका एक अधिकारीले बताएका छन्। ‘गोली चलेको थिएन। हतियारको प्रयोग भएन। हातैले हानाहान भयो,’ समाचार एजेन्सी एएफपीले एक भारतीय अधिकारीको भनाइ उधृत गरेको छ। यसअघि भारतीय सेनाले आफ्ना तीन सैनिक झडपमा मारिएको बताएको थियो। मारिनेमा एउटा बटालियनको नेतृत्व गरिरहेका कर्णेल समेत रहेको खुलेको छ। […]

माल्दिभ्स र श्रीलंकाबाट १५४ नेपाली स्वदेश फर्किँदै

काठमाडौं, असार,२-हिमालय एयरलाइन्सले श्रीलंका र माल्दिभ्सबाट १ सय ५४ जना नेपालीलाई स्वदेश ल्याउँदै छ। हिमालयको जहाजले विदेशबाट उद्धारको पहिलो उडानमार्फत माल्दिभस्बाट १ सय ४९ र श्रीलंकाबाट ५ नेपाली ल्याउनलागेको हो। हिमालयको जहाज श्रीलङ्काको कोलम्बो उडान गरेको छ। कोलम्बो जाँदा उसले ४१ जना लिएर पनि गएको छ। उक्त जहाजमा ५ जना कोलम्बोबाट माल्दिभ्सको माले जाने र त्यहाँबाट […]

भारतीय सेना मारिएपछि चीनले भन्योः चीनतर्फ आएका कारण झडप

काठमाडौं,असार,२-चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ।गएराति भएको घटनामा प्रतिक्रिया व्यक्त गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ। ‘चिनियाँ सैनिकहरुमाथि आक्रमण तथा उत्तेजना गर्ने काम भएपछि भारत र चीनका फौजबीच सीमा क्षेत्रमा भौतिक आक्रमणमा उत्रिएको हो।’भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु […]

भारत–चीनबीच लद्दाखमा झडप, तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं,असार,२-भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ।मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ। पूर्वी लद्दाखको गलवान क्षेत्रमा गएराति दुवै पक्षका सैनिकबीच झडप भएको भारतीय सेनाको भनाइ छ।सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा भारतीय सेनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। […]