युएईमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन ढिलाइ

काठमाडौं,आषाढ,२-संयुक्त अरब इमिरेट्स (युएई)मा समस्यामा परेका नेपालीको उद्धारका लागि आज(मंगलबार) र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ ।आबुधाबीस्थित नेपाली दूतावासले सोमबार सूचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । युएईमा समस्यामा परेका नेपालीलाई आज र पर्सी नेपाल एयरलाइन्स मार्फत स्वदेश फर्काउने तयारी भएको थियो ।दूतावासले जारी […]

क्वारेन्टाइनमा लैजाँदै गर्दा पर्वतको चुभीवा भिरबाट हामफालेका युवाको मृत्यु

पर्वत ,असार,१-पर्वत जिल्लामा क्वारेन्टाइनमा लैजाँदै गर्दा एक व्यक्तीले भिरबाट हाम फालेर आत्महत्या गरेका छन्।पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने चुभीवाको रबाट हामफालेर आत्महत्याको प्रयास गरेर गम्भीर घाइते भएका युवाको पोखरा स्थित गण्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। बाग्लुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान पोखरा बाग्लुङ सडकमा बस रोकेको अबस्थामा भीरबाट हाम फालेका […]

लकडाउन खुलेको होइन, खुकुलो मात्र भएको हो : प्रधानमन्त्री ओली

काठमाडौं,असार,१-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लकडाउन खुलेको नभई खुकुलोमात्र भएकाले सबैले आफ्नो स्वास्थ्य सुरक्षाका सावधानी अपनाउनु बताउनु भएको छ ।सोमबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै ओलीले देशमा अब अर्को आन्दोलन आवश्यक नभएको पनि बताउनुभयो । शुभकामना सम्बोधन गर्दै ओलीले अप्ठेरो अवस्थामा केही असहजता भए पनि अब देशमा आन्दोलन आवश्यक नभएको स्पष्ट […]

सरिता गिरीलाई सांसद पद र पार्टीको साधारण सदस्य पनि नरहने गरी हटाइने

काठमाडौँ,असार,१-  जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने भएको छ । संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमाने पछि जसपाले गिरीलाई हटाउने भएको हो ।लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन् । उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव […]

नेपालमा नयाॅं ४२५ जनामा संक्रमण,जम्मा ५,७६० संक्रमित, १९ को मृत्यु

काठमाडौं,जेठ,३२-नेपालमा थप चार सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ३ सय ७५ पुरुष र ५० जना महिला थपिएका छन् । नेपालमा हालसम्म संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।आइतबार डिस्चार्ज हुनेको […]

सरकारले मिलायाे असार १ देखि रेडियो र टीभीबाट पढ्न‍े व्यवस्था

काठमाडौं,जेठ,३२-सरकारले लकडाउन अवधिभर विद्यार्थीलाई घरमै बसेर श्रव्य-दृश्यका माध्यमबाट पढ्ने वातावरण मिलाएको छ।लकडाउनका कारण स्कुल जान नपाएका विद्यार्थीका लागि शिक्षा मन्त्रालयले भोलि असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने व्यवस्था मिलाएकाे हाे।  त्यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका (अन्तिममा राखिएको […]

नेकपा सचिवालय बैठक आज बस्दै, एमसीसी परियोजना अनुमोदन गर्ने बारे छलफल हुने

काठमाडौं,जेठ,३२-नेकपा सचिवालयको बैठक आज बस्दै छ । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।नेकपाले गत २७ गते पनि सचिवालय बैठक बोलाएको थियो । एमसीसीबारे छलफल गर्ने एजेण्डा तय भएपनि अन्तिम समयमा बैठक स्थगित भएको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले संसदमा संविधान संशोधन […]

पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, चार बेपत्ता

पर्वत,जेठ,३२-कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । चार जना बेपता छन् ।पहिरोमा पुरिएका मध्ये थप दुई जनाको शव फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शव आज बिहान फेला परेको हो । पहिरोमा पुरिएका चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । यस अघि गएराती […]

कैलाली जिल्लाको सीमामा एक हप्तामा ५ वटा सशस्त्रको विओपी स्थापना

कैलाली,जेठ,३१-नेपालको नयाँ नक्सासहितको निसाना छाप संसोधन भइरहेका बेला, कैलालीमा सशस्त्र प्रहरीले एक हप्तामै ५ वटा बोर्डर आउट पोष्ट (विओपी) थपेको छ । हप्ता दिनमै एकै जिल्लामा यत्ति धेरै विओपी थपिएको यो नेपालमै पहिलो पटक हो । कैलालीको भारतसँग १०१ किलोमिटर लामो सीमाना छ । भारततिर दुई-तीन किलोमिटरमा एसएसबीका पोस्ट छन् । नेपालतिर जिल्लाभरमा तीन वटा […]

भूमि फिर्ताका लागि अब भारतसँग वार्ता हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं,जेठ,३१-प्रधानमन्त्री केपी शर्मा ओलीले अब मिचिएको नेपाली भूमि फिर्ता गर्नका लागि भारतसँग वार्ता हुने बताउनु भएको छ। शनिबार नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएपछि प्रधानमन्त्री ओलीले पत्रकारसँग प्रतिक्रिया दिँदै मिचिएको भूमि फिर्ता गर्नका लागि भारतसँग वार्ता गर्ने बताउनु भएको हो। […]