संविधान संशोधनको प्रस्तावमा १७ जनाले दिएनन् मत, सत्तारुढ दल नेकपाकै सांसद अनुपस्थित

काठमाडौं,जेठ,३१-मुलुकको भूगोलको नक्शा परिवर्तन गर्ने जस्तो ऐतिहासिक निर्णय प्रक्रियामा १७ जना सांसद अनुपस्थित भएका थिए।सत्तारुढ दल नेकपाकै सांसद यस्तो बैठकमा मत दिन उपस्थित भएका थिएनन् । शनिबार बसेको संसदको तल्लो सदन प्रतिनिधि सभा बैठकले मुलुकको नयाँ नक्शा पारित गरेको थियो । तर यस्तो ऐतिहासिक निर्णय गर्ने बैठकमा भने १७ सांसद निर्णय प्रक्रियामा सामेल भएनन् । […]

संविधान संशोधन भएपछि गगनले भने: अब यसरी नै विदेशी सेना फिर्ता पठाउनेछौं

काठमाडौं,जेठ,३१-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित भएपछि गर्व अनुभूति भइरहेको प्रतिक्रिया दिनुभएको छ।  शनिबार प्रतिनिधिसभामा भएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ को पक्षमा २५८ र विपक्षमा शून्य मत परेको थियो। यो संसदको जम्मा संख्या २७५ को […]

राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउँदै छ : प्रचण्ड

काठमाडौं,जेठ,३१-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको बताउनु भएको छ । शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा अध्यक्ष प्रचण्डले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्र आएपछि फिर्ता ल्याउने प्रक्रिया अघि बढेको बताउनु भएको थियो । […]

नेपालमा कोरोना संक्रमितको संख्या ५३ सय ३५ पुग्यो, १८ जनाको मृत्यु

काठमाडौं,जेठ,३१-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या पाँच हजार ३३५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले पछिल्लो २४ घन्टामा ३६ महिलासहित २७३ जना नयाँ संक्रमित थपिएको बताउनुभयो । योसँगै कुल संक्रमितको संख्या ५३ सय ३५ पुगेको उहाॅंले जानकारी दिनुभयो।त्यसैगरी, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।पर्साका बेवारिसे […]

संविधान दोस्रो संशोधन विधेयक संसदबाट पारित, अद्यावधिक नक्सा निशान छापमै

काठमाडौं,जेठ,३१-भारतद्वारा अतिक्रमित नेपाली भू–भाग लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले निशान छापमा भारतबाट अतिक्रमित भू–भाग समेटेर अद्यावधिक गरिएको नक्सा परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा उपस्थित २५८ जना सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए भने […]

नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न आज संसदमा मतदान हुंदै

काठमाडौं,जेठ,३१-नेपालको नयाँ नक्सालाई निशान छापमा राख्न ल्याइएका संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा आज मतदान हुंदैछ ।जेठ ९ गते दर्ता भएको नेपालको संविधान दोस्रो सशोधन विधेयकमा हिजोसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएलगत्तै पारित गर्ने प्रक्रिया अघि बढाइएको हो ।संघीय संसद सचिवालयको आज १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित नै गर्ने गरी […]

अभागी मतदाताका भाग्यमानी नेता !

काठमाण्डौं,जेठ,३०-चुनाव आउनु एक महिना अघि नै नेताहरुलाई भोट माग्न र भोटको आँकलन गर्न भ्याइ नभ्याइ हुन्छ । देशका कुना काप्चामा काम विशेषले बसेकाहरुलाई गाउँ घर सम्म बोलाउँछन ति नै नेता ज्यू । भारतका विभिन्न शहरमा रोजगारीमा गएका थुपै्र आफ्ना मतदाता गाउँलेहरुलाई यसपालि मलाई भोट हालेर जाऊ भनेर कर गरिन्छ । विचरा सोझा परदेशी दाजुभाई र […]

सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, गोली लागेर एकको मृत्यु

काठमाडौं,जेठ,३०-सर्लाहीको नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको छ । त्यस क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनामा तीन जना सशस्त्र […]

निजगढ-काठमाडौं सम्पर्क समिती बाराको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं,जेठ,२९-निजगढ-काठमाडौं सम्पर्क समिती बाराले बिहिबार नेपाल रेडक्रस संग समन्वय गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेका छन् ।  विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण नेपालमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दै गईरहेको छ।नेपाल अहिले कोरोना भाईरसको अती जोखिमा परिरहेको अवस्थामा बिरामीको चाप बढे संगै रगतको पनि अभाब भैरहेको बेला केही […]

थप २५० जनामा सङ्क्रमण पुष्टि,नेपालमा सङ्क्रमित सङ्ख्या ४,६१४ पुग्यो

काठमाण्डौं,जेठ,२९-नेपालमा बिहिबार थप २५० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। सङ्क्रमित भएकाहरु मध्ये २३० जना पुरुष र २० जना महिला रहेको मन्त्रालयले बताएको हो ।यो सँगै बिहीवार बेलुकि सम्म देशभरी सङ्क्रमितको कुल सङ्ख्या ४,६१४ पुगेको छ। तीमध्ये ८६१ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता […]