गण्डकी प्रदेशमा २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टि

पोखरा,असार,१६ –गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ५ जिल्लाका ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र काठमाडौंमा भएको पिसिआर परीक्षणमा स्याङ्जा १०, तनहुँ १०, बागलुङ १४, पर्वत १३ र गोरखामा ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेशभर ९ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमण मुक्त भई नवलपुरबाट १६ जना घर फर्किएका छन् । योसँगै प्रदेशभर निको हुनेको संख्या २ सय १४ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।