सरकारी गाडी दुरूपयाेग

काठमाडाैं,चैत,१- अधिकांश सचिवले सरकारबाट सुविधास्वरुप पाएको सवारीसाधनको सेतो (सरकारी) नम्बर प्लेट फेरेर रातो (निजी) बनाउन गृह मन्त्रालयमाथि दबाब दिन थालेका छन् । परराष्ट्र सचिव शंकरदास वैरागीले आफूले प्रयोग गरिरहेको सरकारी गाडीको रातो प्लेटको समय ६ महिना बढाउन गृहमन्त्री रामबहादुर थापाको सचिवालयको शक्ति प्रयोग गर्दै दबाब दिएका छन् । सचिव वैरागीले गृहमन्त्री थापाको स्वकीय सचिवालयमार्फत छिटोभन्दा […]

मृतकको शव पहिचान हुन सकेन

काठमाडाैं,चैत,१- सबै शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएका छन् । त्यहाँका प्राध्यापक हरिहर वस्तीले बुधबार साँझसम्म २५ वटा शव हेसरसकिएको तर पहिचान गर्न नसकिएको बताए । ‘पोकामा राखिएका शव जाँच गर्दैछौं । हेरेर पहिचान गर्न सकिने अवस्थामा शव छैनन् । एउटै शवलाई जाँच्न, मुचुल्का उठाउन दुई अढाई घन्टासम्म समय लागिरहेको छ,’ वरिष्ठ चिकित्सक वस्तीले भने […]

छिट्टै प्रादेशिक शिक्षा ऐन जारी हुने

काठमाडौं,फागुन,३०- ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रादेशिक शिक्षा ऐन छिट्टै जारी हुने बताएका छन् । समृद्ध प्रदेश शिक्षा सुधार बिना सम्भव नभएको भन्दै उनले शिक्षामा रुपान्तरणका लागि छिट्टै प्रादेशिक शिक्षा ऐन जारी हुने बताएका हुन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको ३ नम्बर प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री दुलालले शिक्षामा […]

५ दिन हुँदा पनी आगलागी घटनामा संलग्न फेला परेन

कैलाली,फागुन,३०- कैलालीको लम्कीचुहा नगरपालीका ४ बलीयामा गत फागुन २५ गते स्थानीय मान बहादुर चौधरीको एक खोका पसलमा भएको आगलागी घटनामा संलग्नको अझै पत्ता लाग्न सकेको छैन । खोका भित्र मान बहादुरकी ३२ बर्षिया श्रीमति सन्तोसी चौधरी,ढाई बर्षिया छोरा नेत्र बिक्राम चौधरी र ९ बर्षिया चौधरी छारी सुति रहेका थिए । आगोले मान बहादुर की श्रीमति […]

चैतदेखि २० वर्ष पुराना गाडी हटाइने

काठमाडौं,फागुन,३०- सरकारले आगामी चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको हो । गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन । काठमाडौंबाट विस्थापित गाडी उपत्यकाबाहिर सञ्चालनमा छन् । यातायात व्यवस्था विभागले अब मुलुकभरिबाटै २० वर्ष […]

राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित, सपथ भोलि

काठमाडौं,फागुन,२९- दोस्रो कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित हुनु भएको छ । उहाँको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन । निर्वाचक मण्डलमा संघीय संसदसँगै प्रदेशसभा सांसदहरु पनि मतदाता थिए । संघीय सांदको मतभार ७९ र प्रदेशसभा सांसदको […]

रेलमार्गको अध्ययन गर्न भारतीय टोली आएन

बाँके,फागुन,२९- रुपैढिाहादेखि कोहलपुरसम्मको रेलमार्ग निर्माण अध्ययनका लागि आउने भनिएको भारतीय रेल विभागका कर्मचारी सोमबार साँझसम्म नेपालगञ्ज आएका छैनन् । भारतीय रेल विभागका कर्मचारीले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र पठाएर १२ मार्चका दिन रेलमार्ग अध्ययनका लागि नेपालगन्ज आउने जानकारी गराएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

विमान दुर्घटना : २२ नेपाली सहित ४९ जनाको मृत्यु

काठमाडौं,फागुन,२८- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ ।दुघर्टनामा २२ जना घाइते भएका छन् । उनीहरु मध्ये केहीको केहीको अवस्था गम्भीर छ । बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ […]

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुग्यो

काठमाडौं,फागुन,२८- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो  । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा […]

विमान दुर्घटनाको कारण : गलत दिशाबाट अवतरण

काठमाण्डौं,फागुन,२८- त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको युसएस बंगलाको जहाज गलत दिशातर्फबाट अवतरण गर्न खोज्दा दुर्घटनाग्रस्त भएको जानकारी सरकारी अधिकारीहरुले दिएका छन्। त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले दिएको जानकारी अनुसार सो जहाज विमानस्थलको दक्षिणतर्फ कोटेश्वरबाट अवतरण गर्न लाग्दा समस्या आए पछि उत्तरको गुहेश्वरीबाट अवतरण गर्न खोजेको थियो। यसरी अर्कै दिशाबाट अवतरण गर्न खोज्दा पाइलटले ब्यालेन्स गर्न नसके पछि […]