प्रधानमन्त्री ओलीलाई दुई तिहाईभन्दा बढी सांसदको ‘विश्वास मत’

काठमाडौं, फागुन,२७- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् ।प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्रलगायत दलका २०८ सांसदले मत दिएका छन् । यो कुल संसद सदस्य संख्याको ७५.६ प्रतिशत हो । २७५ सदस्यीय प्रतिनिधिसभामा आइतबार विश्वासको मतमाथि मतविभाजन हुँदा २६८ सांसद मतदानमा सहभागी भएका थिए । ६३ सांसद रहेको नेपाली कांग्रेसका […]

नेपालगन्ज बहुमुखी क्याम्पसले गर्यो स्वागत तथा बिदाई कार्यक्रम

ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,फाल्गुन,२६- बिगतका वर्षहरु जस्तै यो वर्ष पनि नेपालगन्ज बहुमुखी क्याम्पस नेपालगन्जले स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। यस क्याम्पसको बि.बि.एस दोस्रो र तेस्रो वर्षमा अध्यनरत बिद्यार्थिहरुद्वारा आयोजित उक्त कार्यक्रम शनिबार क्याम्पसको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो। बि.बि.एस तेस्रो वर्षमा अध्यनरत छात्र पोखराजको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा […]

द्वन्द्वग्रस्त सिरियामा ५ सयभन्दा बढी नेपाली युवती

काठमाण्डौं,फागुन,२६- द्वन्द्वग्रस्त मुलुक सिरियामा केही नेपाली युवतीहरु पुगेको छ ।समाचार अनुसार त्यहाँ पुगेका युवतीहरुको यकिन तथ्यांक त छैन तर झण्डै ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । उनीहरु कस्तो हालतमा के गरिरहेका छन् भन्ने पनि खुलेको छैन । द्वन्द्वका क्रममा हजारौं सिरियालीको मृत्यु भएको स्थितिमा त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे सरकार बेखबर छ । सम्पर्क […]

पहुँचका भरमा शान्ति मिसन

काठमाण्डौं,फागुन,२६- प्रहरीले पहुँचका भरमा शान्ति मिसनमा पठाउने प्रहरी छनोट गरेको  छ ।प्रहरी प्रधान कार्यालयले पहुँचका भरमा २२ जना प्रहरीलाई छनोट गरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (हाइटी र डार्फर) पठाउने तयारी गरेको छ । मुख्यालयको छनोटबाट मिसन जान पाउने भाग्यमानीमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका अंगरक्षकदेखि प्रहरी महानिरीक्षक प्रकाश अर्यालका भान्छेसम्म छन् । कार्यक्षमता र दक्षताका आधारमा मिसनमा […]

राष्ट्रियसभा नेतृत्वमा एमालेका दुई नेता आकांक्षी

काठमाण्डौं,फागुन,२६- राष्ट्रियसभा अध्यक्ष बन्न एमालेका दुई नेताले पार्टीभित्र लबिङ तीव्र बनाएका छन् । पार्टी र वाम गठबन्धनभित्र कसलाई नेतृत्वमा लैजाने भन्ने विषयको छलफल सुस्ताइरहेका बेला एमाले पोलिटव्यूरो सदस्यद्वय परशुराम मेघी गुरुङ र गणेश तिमिल्सिनाले नेतृत्वमा इच्छा देखाएका हुन् । एमाले र माओवादी केन्द्रबीच भएको पदीय बाँडफाँटका अनुसार एमालेको भागमा राष्ट्रियसभा अध्यक्ष परेको छ । तर सो […]

कटौती हुँदै सार्वजनिक बिदा, १०५ बाट ८४ मा झार्न प्रस्ताव

काठमाण्डौं,फागुन,२६- गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको हो । समाचार अनुसार, सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले […]

उत्तर कोरियाले आणविक स्थगीत गरे मात्र ट्रम्पले भेटवार्ता गर्ने

काठमाडौं, फागुन,२६- अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको बहुचर्चित भेटवार्ताका बारेमा केही सर्त अघि सारेको छ । अमेरिकाले भेटवार्ता गर्नुअघि केही ठोस कदम उत्तर कोरियाले चाल्नुपर्ने सर्त अघि सारेको हो ।अमेरिकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गरेपछि मात्र राष्ट्रपति ट्रम्पले भेटवार्ता गर्ने बताएका छन् । […]

रझेना स्रोत केन्द्रमा अतिरिक्त क्रियाकलाप सम्पन्न

रोशन घर्ती/ घोराही,फागुन,२५- घोराही उपमहानगरपालिका–१८ मावि रझेनामा स्रोतकेन्द्र स्तरिय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । माध्यमिक विद्यालय रझेनाका निमित्त प्रधानाध्यापक रामहरी रिजालको अध्यक्षता तथा विद्यालय निरिक्षक नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । रझेना स्रोत केन्द्रमा रहेका २५ विद्यालय सहभागि रहेको कार्यक्रममा स्रोतकेन्द्र स्तरिय अतिरिक्त क्रियाकलाप भएका छन् । जसमा विज्ञान प्रदर्शनी तर्फ मावि […]

सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं,फागुन,२५- सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । संघीय संसदको सभामुखका लागी भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ । सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको छ […]

एक सातामा नेपालले पहिलो सिइओ अफ दि इयर पाउने

काठमाडौं,फागुन,२५- एक सातामा नेपालले पहिलो सिइओ अफ दि इयर पाउने भएको छ ।अर्थ तथा ब्यवसायीक क्षेत्रमा निकै चर्चामा रहेको यो अवार्ड पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी ब्यवसायी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाहको सम्मको प्रतिस्पर्धाले […]