काठमाण्डौं,फागुन,२८- त्रिभुवन विमानस्थलमा आज दिउँसो अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ। बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । दुर्घटना भएको विमानमा रहेका १४ जनाको उद्दार गरिएको छ । दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । उक्त विमान त्रिभुवन विमानस्थमा अवतरणका क्रममा दुर्घटना भएको बताइएको छ। दुर्घटनापछि विमानमा आगो लागेको […]
ब्यानर न्यूज
आज नेपालले हङकङसँग खेल्ने
काठमाडौं, फागुन,२८- जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।समूहमा लगातार तीन खेल हारेको नेपालले सुपर सिक्समा पुग्ने सम्भावना बाँकी राख्न आज हङकङलाई फराकिलो अन्तरले हराउनुपर्छ । तर झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । त्यसका लागि […]
विश्व सैनिक वर्गीकरणः नेपाली सेना ९७ औं स्थानमा
काठमाडौं,फागुन,२८- सैन्य शक्तिको दृष्टिले नेपाल विश्वको ९७ औं स्थानमा परेको छ । सन् २०१७ मा विश्वभरका एक सय ३३ मुलुकको सैन्य शक्ति र हातहतियारलाई आधार मानेर गरिएको वर्गीकरणमा नेपाल सो स्थानमा परेको हो । यो वर्ष नेपालले गत वर्ष भन्दा एक स्थान सुधार गर्दै ९८ औं स्थानमा आएको हो । गत वर्ष एक सय २६ […]
एउटै मन्त्रालयमा तीन सचिवको दरबन्दी
काठमाडौं,फागुन,२८- सरकारले शिक्षा, विज्ञान प्रविधि तथा युवा र खेलकुद मन्त्रालयमा ९ वटा महाशाखा राख्ने तयारी गरेको छ । संघीय सरकार गठन भएसँगै मन्त्रालय पुनर्गठन भएपछि संरचना तयार गर्न बसेको बैठकले प्रारम्भिकरुपमा ९ वटा महाशाखाको प्रस्ताव गरेको छ । तीन मन्त्रालय पुनर्गठन भएपछि सो मन्त्रालयमा तत्कालका लागि ३ सचिवव राख्ने तयारी सरकारले गरेको छ अाजको नेपाल […]
एउटै विद्यालयमा दुई प्रधानाध्यापक
पर्वत,फागुन,२८- शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् । कुश्मा नगरपालिका– ११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टाछुट्टै प्रधानाध्यापक रहँदै आएका छन् । एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर […]
रेल सेवा अध्ययन गर्न भारतीय टोली आउँदै
नेपालगन्ज,फागुन,२८- राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् । भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीय सित भेटेर अन्तर्क्रिया गर्नेछन् । भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । उक्त रेल स्टेसनले […]
प्रधानमन्त्री ओलीलाई दुई तिहाईभन्दा बढी सांसदको ‘विश्वास मत’
काठमाडौं, फागुन,२७- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् ।प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्रलगायत दलका २०८ सांसदले मत दिएका छन् । यो कुल संसद सदस्य संख्याको ७५.६ प्रतिशत हो । २७५ सदस्यीय प्रतिनिधिसभामा आइतबार विश्वासको मतमाथि मतविभाजन हुँदा २६८ सांसद मतदानमा सहभागी भएका थिए । ६३ सांसद रहेको नेपाली कांग्रेसका […]
नेपालगन्ज बहुमुखी क्याम्पसले गर्यो स्वागत तथा बिदाई कार्यक्रम
ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,फाल्गुन,२६- बिगतका वर्षहरु जस्तै यो वर्ष पनि नेपालगन्ज बहुमुखी क्याम्पस नेपालगन्जले स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ। यस क्याम्पसको बि.बि.एस दोस्रो र तेस्रो वर्षमा अध्यनरत बिद्यार्थिहरुद्वारा आयोजित उक्त कार्यक्रम शनिबार क्याम्पसको आफ्नै प्राङ्गणमा सम्पन्न भएको हो। बि.बि.एस तेस्रो वर्षमा अध्यनरत छात्र पोखराजको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा […]
द्वन्द्वग्रस्त सिरियामा ५ सयभन्दा बढी नेपाली युवती
काठमाण्डौं,फागुन,२६- द्वन्द्वग्रस्त मुलुक सिरियामा केही नेपाली युवतीहरु पुगेको छ ।समाचार अनुसार त्यहाँ पुगेका युवतीहरुको यकिन तथ्यांक त छैन तर झण्डै ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । उनीहरु कस्तो हालतमा के गरिरहेका छन् भन्ने पनि खुलेको छैन । द्वन्द्वका क्रममा हजारौं सिरियालीको मृत्यु भएको स्थितिमा त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे सरकार बेखबर छ । सम्पर्क […]
पहुँचका भरमा शान्ति मिसन
काठमाण्डौं,फागुन,२६- प्रहरीले पहुँचका भरमा शान्ति मिसनमा पठाउने प्रहरी छनोट गरेको छ ।प्रहरी प्रधान कार्यालयले पहुँचका भरमा २२ जना प्रहरीलाई छनोट गरी संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (हाइटी र डार्फर) पठाउने तयारी गरेको छ । मुख्यालयको छनोटबाट मिसन जान पाउने भाग्यमानीमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका अंगरक्षकदेखि प्रहरी महानिरीक्षक प्रकाश अर्यालका भान्छेसम्म छन् । कार्यक्षमता र दक्षताका आधारमा मिसनमा […]










