काठमाण्डौं,फागुन,२६- राष्ट्रियसभा अध्यक्ष बन्न एमालेका दुई नेताले पार्टीभित्र लबिङ तीव्र बनाएका छन् । पार्टी र वाम गठबन्धनभित्र कसलाई नेतृत्वमा लैजाने भन्ने विषयको छलफल सुस्ताइरहेका बेला एमाले पोलिटव्यूरो सदस्यद्वय परशुराम मेघी गुरुङ र गणेश तिमिल्सिनाले नेतृत्वमा इच्छा देखाएका हुन् । एमाले र माओवादी केन्द्रबीच भएको पदीय बाँडफाँटका अनुसार एमालेको भागमा राष्ट्रियसभा अध्यक्ष परेको छ । तर सो […]
ब्यानर न्यूज
कटौती हुँदै सार्वजनिक बिदा, १०५ बाट ८४ मा झार्न प्रस्ताव
काठमाण्डौं,फागुन,२६- गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको हो । समाचार अनुसार, सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले […]
उत्तर कोरियाले आणविक स्थगीत गरे मात्र ट्रम्पले भेटवार्ता गर्ने
काठमाडौं, फागुन,२६- अमेरिकाले राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको बहुचर्चित भेटवार्ताका बारेमा केही सर्त अघि सारेको छ । अमेरिकाले भेटवार्ता गर्नुअघि केही ठोस कदम उत्तर कोरियाले चाल्नुपर्ने सर्त अघि सारेको हो ।अमेरिकी उपराष्ट्रपति माइक पेन्सीले उत्तर कोरियाले आणविक कार्यक्रम स्थगित गरेपछि मात्र राष्ट्रपति ट्रम्पले भेटवार्ता गर्ने बताएका छन् । […]
रझेना स्रोत केन्द्रमा अतिरिक्त क्रियाकलाप सम्पन्न
रोशन घर्ती/ घोराही,फागुन,२५- घोराही उपमहानगरपालिका–१८ मावि रझेनामा स्रोतकेन्द्र स्तरिय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । माध्यमिक विद्यालय रझेनाका निमित्त प्रधानाध्यापक रामहरी रिजालको अध्यक्षता तथा विद्यालय निरिक्षक नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । रझेना स्रोत केन्द्रमा रहेका २५ विद्यालय सहभागि रहेको कार्यक्रममा स्रोतकेन्द्र स्तरिय अतिरिक्त क्रियाकलाप भएका छन् । जसमा विज्ञान प्रदर्शनी तर्फ मावि […]
सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता
काठमाडौं,फागुन,२५- सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । संघीय संसदको सभामुखका लागी भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ । सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको छ […]
एक सातामा नेपालले पहिलो सिइओ अफ दि इयर पाउने
काठमाडौं,फागुन,२५- एक सातामा नेपालले पहिलो सिइओ अफ दि इयर पाउने भएको छ ।अर्थ तथा ब्यवसायीक क्षेत्रमा निकै चर्चामा रहेको यो अवार्ड पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी ब्यवसायी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाहको सम्मको प्रतिस्पर्धाले […]
सभामुखमा महरालाई अघि सार्ने तयारी
काठमाडौं,फागुन,२५- वाम गठबन्धनले प्रतिनिधिसभाको सभामुख पदमा दाङ २ बाट निर्वाचित माओवादी सांसद कृष्णबहादुर महरालाई अघि सार्ने तयारी गरेको छ । दुई दलबीचको कुराकानी शुक्रबार सभामुख निर्वाचनका लागि उम्मेदवारी दिने समयसम्म नबदलिए महरा नै सभामुख बन्ने सम्भावना छ । यद्यपि शुक्रबार साँझसम्म दुवै दलले सभामुखको उम्मेदवार को हुने भन्ने औपचारिक घोषणा गरेका छैनन् । सभामुख चयनका […]
एमाले-माओवादी एकता लिम्बयो
काठमाडौं,,फागुन,२५- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रिया लम्बिएको छ । एकताका लागि सैद्धान्तिक तथा सांगठनिक विषय टुंग्याउन गठित कार्यदलले समय सीमाभित्र काम नसकेपछि पार्टी एकता प्रक्रिया लम्बिएको हो । एकीकृत पार्टीको विधान र संगठनात्मक कार्यदल तथा राजनीतिक कार्यदल दुवैले प्रतिवेदन तयार पार्न विहीबारसम्मको समय थियो । आजको जनता पोस्टमा खबर छ ।
अन्तरक्रिया कार्यक्रम सम्पन्न
रोशन घर्ती/ घोराही,फागुन,२४- प्राज्ञीक विद्यार्थी परिषद नेपाल घोराही नगर समितिले आज अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राज्ञिक बिद्यार्थी परिषद नेपाल घोराही नगर समितिका अध्यक्ष शरद कुमार शर्माको अध्यक्षता तथा दाङ उद्योग बाणिज्य संघका सचिब माया पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले हरेक महिला स्वरोजगारका साथ अगाडी […]
सन्दर्भ नारी दिवस
इन्द्र कार्की /महेन्द्रनगर,२४,फाल्गुन आज १०८ औं अन्तराष्ट्रिय नारी दिवस देश विदेशमा विभिन्न कार्यक्रमहरु सहित भव्यताका साथ मनाइदै छ । सामाजिक सञ्जालहरु,सञ्चार माध्यमहरु,सामाजिक तथा व्यक्तिगत रुपमा आज नारी दिवसको शुभकामना आदानप्रदान भईरहेको छ । नारी अथार्त महिलाका पक्षमा कार्यरत विभिन्न निकायहरुले विभिन्न ठाउँहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि नारी दिवसलाई भव्य मनाउन लागेका छन् । विश्व भरि […]









