संघीय संसदको पहिलो बैठक सुरु

काठमाण्डौं,फागुन,२१- संघीय संसदको पहिलो बैठक सुरु भएको छ। मुलुक संघीय संरचनामा गएपछि राष्ट्रियसभा र प्रतिनिधिसभाको पहिलो बैठक संघीय संसदको ज्यष्ठ सदस्यको हैसियतले राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संचालन गर्नु भएको हो । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको तीन महिनापछि आइतबार निर्वाचित सांसदहरुले शपथ ग्रहण गरेका थिए । मुलुक संघीय संरचनामा गएपछि बस्न लागेको पहिलो बैठकलाई […]

पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौं आइपुगे

काठमाडौं, फागुन,२१- पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुग्नु भएको छ । ३० सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै अब्बासी नेपाल आउनु भएको हो । आज अपराह्न पाकिस्तानी सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई विमानस्थलको अतिविशिष्टकक्षमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्नुभयो । त्यहाँबाट उहाँ होटल ह्यात पुग्नुहुनेछ भने आजै अपराह्न उहाँको […]

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

काठमाडौं, फागुन,२१- नेपाली काँग्रेस संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर देउवा चयन भएको छ ।संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि भएको निर्बाचनबाट प्रतिस्पर्धी पूर्व महामन्त्री प्रकाशमान सिंहलाई हराउँदै सभापति देउवा दलको नेता चुनीनु भएको हो । ६३ मत मध्ये सभापति देउवाले ४४ र सिंहले १९ मत प्राप्त गर्नुभयो । निर्वाचन समितिले मत परिणाम भने […]

पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउदै

काठमाडौं, फागुन,२१- पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी आज अपराह्न काठमाडौं आउन लाग्नु भएको हो । आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अब्बासीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले स्वागत गर्नुहुनेछ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । […]

शर्मा ४५ लाख धरौटीमा रिहा

काठमाडौ,फागुन,२१- विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए । ‘उहाँकी पत्नी भने अदालतमा हाजिर हुनुभएको छैन,’ […]

इन्द्रेणी जस्तै संघीय संसद् भवन

काठमाडौं,फागुन,२१- सप्तरंगी इन्द्रेणी जस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रुपमा संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना गरियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नै वेशभूषामा पद तथा गोपनियताको शपथ लिन पुग्नु भएको थियो । नेपालको जातीय विविधता र सहअस्तित्व र भातृत्वको विराट संगमको रुपमा शपथ […]

चैत्र १ मा चालू आर्थिक वर्षको प्रदेश बजेट

काठमाडौं,फागुन,२१- प्रदेश सरकारले चैत्र १ मा चालू आवका लागि बजेट नल्याए खर्च गर्न नपाउने भएका छन् । अन्तरसरकारी वित्त ऐनअनुसार बजेट नबनाइ कुनै पनि खर्च गर्न नपाइने भएकाले चालू आर्थिक वर्ष सकिन ४ महिना बाँकी भए पनि प्रदेश सरकारहरुलाई बजेट ल्याउन दबाब परेको हो । चालू आर्थिक वर्षका लागि चैत १ मा बजेट ल्याए पनि […]

सेयर बजार ओरालो

काठमाडौ,फागुन,२१- नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिँएसँगै पुँजी बजारमा पहिरो गएको हो । अर्थमन्त्रीको खतिवडाको त्यस अभिव्यक्तिको प्रभाव यति धेरै पर्यो कि पुँजी बजारका लगानीकर्ताले आइतवार […]

जिम्बावेसँग नेपाल ११६ रनले पराजित

काठमाडौं, फागुन,२०- जिम्बावेमा सुरु भएको एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग पराजित भएको छ । टेष्ट मान्यताप्राप्त राष्ट्र जिम्बावेसँग ११६ रनले पराजित भएपनि खेलमा नेपालले प्रशंशनीय प्रदर्शन गरेको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले आक्रामक ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनायो । […]

विराटनगरका मेयर पराजुलीले लगाए सडकमा झाडु:बटुवा अचम्मीत

विराटनगर,फागुन,२०- मेयरको काम र कर्तव्य भनेको महानगरपालीकामा बसेर काम गर्ने र सेवाग्राहीको समस्याहरु जस्ता गुनासाहरु हल गर्ने हो । तर आईतबार विराटनगरका मेयर भीम पराजुली कार्यलय समयमा नै विराटनगरको सडकमा एक एक मुखामा माक्स हातमा सेतो पन्जा अनि त्यही हातमा कुचो लिएर बढार्दै हिडेको देख्दा सर्वसाधरण बटुवाहरु अचम्मीत भईरहेका थिए । त्यति मात्र हैन स्थानिय […]