काठमाण्डाै,पौष,२७-राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन आइतबार विभिन्न कार्यक्रमकाे आयोजना गरी मनाइँदै छ । विसं १७७९ मा गोरखामा जन्मनु भएका पृथ्वीनारायणले बाइसे र चाैबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नु भएको थियो । सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो । पृथ्वी नारायणले जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको […]
मुख्य समाचार
नेपालमा पक्राउ परेका १ सय २२ चिनियाँलाई चीन पठाइयो
काठमाडौं,पुस,२३-नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार चीन पठाइएको छ । चीन सरकारले ल्याएको चाइना इस्टर्नको जहाजमा राखेर उनीहरुलाई चीन पठाईएको हो । प्रहरीले चिनियाँ अधिकारीहरुको सहयोगमा पुस ७ गते नियन्त्रणमा लिएका १ सय २२ जनामध्ये अधिकांश ४० वर्षभन्दा कम उमेर समूहका युवायुवती भएको खुलेको छ।चीनको फुजियान तथा हङकङ, थाइल्यान्ड र ताइवानबाट […]
ईरानमा युक्रेनियन जहाज दुर्घटना १ सय ७६ जनाको मृत्यु
ईरान,पुस २३-ईरानको तेहराननजिकै बुधबार बिहान दुर्घटना भएको युक्रेनियन जहाजमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको छ।तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ बोइङ ७३७ विमान बुधबार बिहानै दुर्घटनामा परेको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विमानका सवार सबैको मृत्यु भएको पुष्टि गर्दै यस घटना दुखदायी भएको बताएका छन्।विमानमा १६७ यात्रुसहित ९ जना चालक दलका सदस्य […]
सन्तोष साहुखलको कीर्तिमानी सय गोल पूरा, कीर्तिमान रच्ने एक्लो खेलाडी
काठमाडौं,पुस,२३- सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा कीर्तिमानी सय गोल पूरा गरेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर साहुखलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै सन्तोषले ए डिभिजनमा सय गोल पूरा गरेका हुन् । च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोष डिभिजन लिगमा सय गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।जारी […]
सुलेमानीको अन्त्येष्टीमा भागदौड हुँदा-कम्तिमा ३५ जनाको मृत्यु
काठमाडौं,पुस,२२-अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिमा भाग लिन गएकाहरुबीच भागदौड मच्चिँदा कम्तिमा ३५ जना मारिएका छन् । बीबीसीका अनुसार अरु दर्जनौं घाइते भएका छन् । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको गृहनगर केरमान शहरमा आयोजित अन्त्येष्टीमा मानवसागर नै उर्लेको थियो । अन्त्यष्टीमा सहभागी हुन देशका विभिन्न स्थानबाट लाखौंको संख्यामा […]
सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सरकारलाई आग्रह
काठमाडौं,पुस,२२-अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईइफजे) ले हाल संसदमा रहेको सूचना प्रविधि विधेयक तत्त्काल फिर्ता लिन नेपाल सरकारलाई आग्रह गरेको छ । आईएफजेका महासचिव एन्थोनी बेलान्गरले विवादास्पद विधेयक फिर्ता लिई प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुने गरी वृहत्तर छलफल गरी नयाँ शिराबाट विधेयकको काम अगाडी बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराउनु भएको छ । सरकारले ल्याएको विधेयकले […]
ए डिभिजन लिग फुटबल : मनाङ र मछिन्द्रको भिडन्त बराबरी
काठमाडौं,पुस,२१- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ गोलको बराबरी खेलेका हुन् । खेलको पहिलो मिनेटमै मनाङका लागि फेमी जोसुवाले गोल गरेका थिए । मनाङका विमल रानाले एक गोल गरे ।खेलमा सुरुवाती अग्रता […]
राप्रपा (संयुक्त) द्वारा देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं,पुस,२०- राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले देशव्यापी आन्दोलन गर्ने भएको छ।सरकार जनअपेक्षा अनुसार नचलेको निष्कर्ष निकाल्दै राप्रपा संयुक्तले देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो । आइतबार (आज) काठमाडौंमा बसेको पार्टीको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले देशव्यापी आन्दोलनको तयारी समेत गरेको छ । पार्टी अध्यक्ष पशुपति शम्शेर राणाले भारी बहुमतबाट बनेको वर्तमान सरकारले जनचाहना पुरा गर्न नसकेको […]
नारायणकाजी र भगवतीले गरे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता
कास्की, पुस २०- नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पोखरास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर उहाँले आज उम्मेदवारी दर्ता गराउनु भएको हो । श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन् । बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हन् । यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता […]
माघे संक्रान्ती पर्व फुकुओकाको नान हाउसमा मनाईने
फुकुओका,जापान,१९- नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो । मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर समुदायले एक […]

