काठमाडौं,पुस,३- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित भएको छ।ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयमा अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ (तल्लो सदन)मा नेपाली समयअनुसार बिहीबार बिहान मतदान भएकाे हाे। मतदानमा ट्रम्पक विपक्षमा २३० र पक्षमा १९७ मत खसेपछि महाभियाेग प्रस्ताव पारित भएकाे हाे। तल्लो सदनले राष्ट्रपति ट्रम्पले आफ्नो अधिकार दुरूपयोग गरेको ठहर गरेको छ।अमेरिकी संसदको […]
मुख्य समाचार
शीतलहर र हुस्सुका कारण तराईको जनजीवन प्रभावित
कैलाली,पुस,३- शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो।चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा तराईका बजारमा चलहपहल घटेको छ । विशेषगरी कैलाली,कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, […]
‘ए’डिभिजन लिग फुटबलमा मनाङ विजयी:जावलाखेल र थ्री स्टारको बराबरी
काठमाण्डौं,पुस,२- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ।बुधबार भएको पहिलो खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङलाई जित दिलाउन दुबै गोल विमल रानाले गरे ।मनाङले खेलको २८ औं मिनेटमा विमलको गोलबाट सुरुवाती अग्रता बनाएको […]
‘ए’डिभिजन लिग फुटबलमा एनआरटी विजयी : पुलिस र हिमालयन शेर्पाको बराबरी
काठमाण्डौं,पुस,१- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सरस्वती युथ क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै एनआरटीले विजयी सुरुवात गरेको हो । एनआरटीको जितमा सरोज तामाङले दुई गोल गरे । यस्तै जुनियर ओन्गुएने निकेन्ग्यु र जोर्डन एनडेम्बाले एक एक गोल गरे ।खेलको ४० औं मिनेटमा ओन्गुएने […]
काँग्रेसमा भागबन्डाको विवाद कायमै महाधिवेशन अर्को वर्ष गर्ने सैद्धान्तिक सहमति
काठमाडौँ,पुस,१- नेपाली काँग्रेसभित्र १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा बढेको मतान्तर अब सहमतिमै टुङ्ग्याउने गरी अगाडि बढेको छ । तर पनि संस्थापन पक्ष पूर्वसहमतिअनुसार ६० र ४० को भागबन्डा गर्न तयार नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट देखिएको छ । संस्थापन पक्ष र अर्को पक्षबीच सोमबार भएको गहन छलफलपछि महाधिवेशनको कार्यतालिकासहित विभाग गठन […]
पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय
काठमाडौं,पुष,१- पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहौर हाइकोर्टले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्। बीबीसीका अनुसार उच्च अदालतका प्रधान न्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको […]
‘ए’ डिभिजन लिग फुटबल: आर्मी र च्यासलको विजयी सुरुवात
काठमाडौं,मंसिर,३०- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लव र च्यासल यूथ क्लव विजय भएका छन् । मैदान अभावले हिजो स्थगित गरिएका खेलहरु आज गरिएको थियो ।सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लवले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन नवयुग श्रेष्ठ र दिनेश हेम्जनले […]
यू–१९ महिला फुटबल:नेपालको बहराईनमाथी ४-२ गोलको शानदार जित
काठमाडौं,मंसिर,२९- नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले मैत्रीपूर्ण खेलमा बहराईनलाई पराजित गरेको छ । आइतबार भएको खेलमा नेपालले बहराईनलाई ४-२ गोल अन्तरले पराजित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टिम सरु लिम्बुको कप्तानीमा मैदान उत्रिएको थियो ।नेपाली टिम दुई मैत्रीपूर्ण खेलका लागि शुक्रबार बहराईन प्रस्थान गरेका थिए ।
मैदान नभएपछि ‘ए’ डिभिजन लिगका आज हुने खेल स्थगित
काठमाडौं,मंसिर,२९- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजका खेलहरु स्थगित भएका छन् ।मैदान अभावले आजका खेलहरु स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । लगातारको वर्षाले दशरथ रंगशाला खेल गराउन लायक छैन । लिगको लागि तय गरिएको अर्को मैदान एन्फा कम्प्लेक्समा आज जापानी टोलीसँग मैत्रिपूर्ण खेल राखिएको छ ।त्यसैले आज हुने भनिएका लिगका […]
सिन्धुपाल्चोक बस दुर्घटना:१४ को मृत्यु, १८ घाइते, अधिकाँशको अवस्था गम्भीर (अपडेट)
सिन्धुपाल्चोक,मंसिर,२९- सिन्धुपाल्चोक जिल्लाको ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १८ जना यात्रु घाइते भएका छन् ।मृतकमध्ये दोलखा भीमेश्वर नगरपालिकाकी जुनु तामाङको मात्र सनाखत भएको छ ।घाइतेमध्ये अधिकाँशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना […]
