नवलपरासी,मंसिर,२२-नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरीखेतीमा आकर्षित भएका छन्।केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको संख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ।अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैले उत्पादन गरेको तेल खान पाइने भएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका […]
मुख्य समाचार
महाकाली नदीमा बाँध बनाउने कामबाट पछि हट्यो भारत
दार्चुला,मंसिर,२२-नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार भारतको धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको छ।महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुष्टि गर्नुभयो । भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो।आजको बैठकले तारजालीसहितको अस्थायी […]
स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल क्वाटरफाइनलमा
काठमाडौं,मंसिर,२१-पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।लुसिल स्टेडियममा मंगलबार राति स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो। पोर्चुगललाई जित दिलाउन गोन्कालो रामोसले ह्याट्रिक पूरा गरे ।पेपे, राफायल गुइरेरो र राफायल लियोले एक एक गोल थपे । स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए ।खेलको १७ औं मिनेटमा रामोसले […]
स्पेनलाई पेनाल्टीमा हराउदै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनलमा
काठमाडौं,मंसिर,२१-कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल खेलमा स्पेनलाई हराउँदै मोरक्कोले क्वाटरफाइनलमा पुगेर इतिहास रचेको छ । मंगलवार राति सम्पन्न स्पेन र मोरक्को बीचको खेलको विजेताको टुंगो भने पेनाल्टी सुटआउटबाट लगाइएको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि क्वाटरफाइनल पुग्ने टिमको टुंगो पेनाल्टीबाट लगाइएको हो । पेनाल्टी सुटआउटमा मोरक्को ३-० […]
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकियो
काठमाडौं,मंसिर,२१-प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ।निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ।जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ। एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ ।दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ […]
विश्वकप फुटबल : आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुने
काठमाडौं,मंसिर,२०-कतारमा जारी फिफा विश्वकप फुटबलमा आज मंगलबार प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।यी दुई खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ । मंगलबार हुने पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । मोरक्को समूह ’एफ’ को विजेता र स्पेन समूह ’ई’ को उपविजेता बन्दै नकआउट […]
ब्राजिल र क्रोएसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं,मंसिर,२०-ब्राजिल र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।ब्राजिलले दक्षिण कोरियालाई तथा क्रोएसियाले जापानलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । सोमबार राति भएको राउण्ड सिक्सिटन अन्तर्गतको खेलमा ब्राजिलले कोरियालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेको हो । यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा ३– १ गोलले पराजित गरेको हो । ब्राजिलले दक्षिण कोरियाविरुद्ध […]
समानुपातिकतर्फको मतगणना आज सकिंदै
काठमाडौं,मंसिर,२०-यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ । मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७ सय ३५ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । यस्तै २६ […]
प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कसको कति सिट ?
काठमाडौं,मंसिर,२०-प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।सार्वजनिक भएको मतपरिणाम अनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले ५७ निर्वाचन क्षेत्र जितेको छ । नेकपा एमालेले ४४ वटा निर्वाचन क्षेत्र जितेको छ।यस्तै, नेकपा माओवादी केन्द्रले १७ सिट जितेको छ।नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ।प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ७/७ सिट जितेको […]
अष्ट्रेलियालाई हराउदै अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं,मंसिर,१८-कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । कतारको अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो । खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लागी कप्तान लियोनल मेस्सी र उतकृष्ट गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै विश्वकपको नकआउट चरणमा मेस्सीको यो पहिलो गोल […]