काठमाडौं,आषाढ,२६-प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ।सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।आषाढ शुक्ल एकादशीदेखि […]
मुख्य समाचार
श्रीलंकाका प्रधानमन्त्रीले सहमतीमा पार्टीका नेताहरू समक्ष राजीनामा दिने
एजेन्सी,आषाढ,२६-श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो । राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा […]
आजको राशिफल ।।आषाढ २६ गते आइतवार ।।
काठमाडौं,आषाढ,२६-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २६ गते आइतवार, (जुलाई १० तारिख) आशाढ शुक्ल एकादशी तिथि, हरिशयनी एकादशी व्रत, तुल्सी रोप्ने दिन,चतुर्मास व्रत आरम्भ, बकर ईद,(ईद ऊल जोहा) आजको दिन रहेको छ। आज आषाढ २६ गते आइतवारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले […]
नेपालमा युगान्डाबाट पनि भित्रिन्छ आँप
काठमाडौं,आषाढ,२५-अफ्रिकी मुलुक युगान्डाबाट पनि नेपालमा आँप भित्रिने गरेको छ ।चालू आर्थिक वर्षको ११ महीना (२०७८ साउन-२०७९ जेठसम्म) मा नेपालले १ लाख ३८ हजार रूपैयाँ बराबरको आँप आयात गरेको छ । उक्त अवधिमा युगान्डाबाट २४० किलोग्राम आँप भित्रिएको विभागको तथ्यांक छ । युगान्डासँगै नेपालमा अन्य देशहरूबाट पनि आँप आयात हुने गरेको छ । कुन देशबाट कति आयात […]
चोरको हर्कत: बाख्राद्वारा मानिसको सनाखत,चोर पक्रन पुलिस सफल
रुपन्देही,आषाढ,२५-रुपन्देहीको सैनामैना नगरपालिका र त्यस आसपासमा गत केहि महिना यता श्रृखंलाबद्ध बाख्रा चोरी घटनाको रहस्य पत्ता लगाउन सालझण्डी ईलाका प्रहरी कार्यालय सफल भए पनि फेला परेका बाख्राको मालिक चिन्न रोचक अनुसन्धान गर्नुपरेको छ । घरबाट बाख्रा हराएको उजुरी परे लगत्तै रुपन्देहीको सालझण्डी ईलाका प्रहरी कार्यालयले चोरीका बाख्रा पत्ता लगाउन र चोर्ने व्यक्तिलाई समात्न पनि सफल […]
आजको राशिफल ।।आषाढ २५ गते शनिवार ।।
काठमाडौं,आषाढ,२५-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २५ गते शनिबार, (जुलाई ९ तारिख) आशाढ शुक्ल दशमी तिथि,रहेको छ। आज आषाढ २५ गते शनिबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । वैदेशिक काममा सफलता मिल्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]
र्यापर यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले १५ लाख बजेट खर्चिने
काठमाडौं,आषाढ,२५-स्वर्गीय र्यापर यमबुद्धको शालिक बनाईने भएको छ।काठमाडौंका मेयर बालेन शाहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर र्यापर यमबुद्धको शालिक बनाउन लागेका हुन् । पछिल्लो समय विभिन्न सहरले आफ्नो प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएका बेला काठमाडौंका मेयर शाहले पनि त्यसलाई निरन्तरता दिएका हुन्। उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी सार्वजनिक गरेका […]
आबेको निधनमा राष्ट्रिय शोक मनाउने नेपाल सरकारको निर्णय
काठमाडौं,आषाढ,२५-जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आबे हत्याको घोर भत्सर्ना गरेको छ र उहाँको निधनप्रति आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। पूर्व प्रधानमन्त्री आबेको शुक्रबार बिहान साढे एघार बजे गोली हानी हत्या भएको थियो।चुनावी सभालाई सम्बोधन गरिरहनु भएको […]
जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली लागी निधन
टोकियो,जापान,२४-जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। आज शुक्रबार बिहान साढे ११ बजे तिर गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको हो।जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको जनाएको छ। एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ । नारा सहरमा भाषण […]
जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति नौसेनाको पूर्व सदस्य हुन्
टोकियो,जापान,आषाढ,२४-जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली हान्ने ४१ वर्षीय तेत्सुया यामागामी मेरिटाइम सेल्फ डिफेन्स फोर्सका पूर्व सदस्य भएको अनुसन्धानबाट खुलेको छ। मेरिटाइम सेल्फ डिफेन्स फोर्सलाई जापानको नौसेनाको रुपमा पनि चिनिन्छ।यो जापानको नेभल डिफेन्सका साथ कार्यरत जापान सेल्प-डिफेन्स फोर्सको समुद्री वारफेयर शाखा हो । साथै उनले स्थानीय एक विश्वविद्यालयमा पनि पढाउँथे। गोलीकाण्डको भिडियोमा पूर्वप्रधानमन्त्री आबेलाई पछाडिबाट गोली हानिएको देखिन्छ।गोली […]