टोकियो,जापान,आषाढ,२४-जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। आज शुक्रबार बिहान साढे ११ बजे जापानको नारा सहरमा पुन: हुनगईरहेको निर्वाचनका लागि आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भई प्रचारप्रसारका क्रममा भाषण गरिरहेका बेला उहाँमाथी गोली प्रहार भएको थियो। उहाँलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल […]
मुख्य समाचार
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दिए पदबाट राजीनामा
लण्डन(बेलायत),आषाढ,२४-संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिनुभएको छ । श्रृंखलाबद्ध विवाद र आफ्नै दलको तर्फबाट मन्त्रीपरिषद्मा रहेका सदस्यहरूद्वारा राजीनामा दिएपछि जोनसनले दलको नेता र प्रधानमन्त्रीको पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । जोनसनले कन्सर्भेटिभ पार्टी नेताबाट राजीनामा पेश गरेपछि बेलायती विदेश मन्त्री लिज ट्रसले सबैलाई शान्त र एकतावद्ध बनेर अघि […]
आजको राशिफल ।।आषाढ २४ गते शुक्रबार ।।
काठमाडौं,आषाढ,२४-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २४ गते शुक्रबार, (जुलाई ८ तारिख) आशाढ शुक्ल अष्टमी तिथि,रहेको छ। आज असार २४ गते शुक्रबार राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्।परिवारमा सुख सन्तोष छाउला।नयाँ कामको थालनी हुनेछ।स्वास्थ्यमा लाभ मिल्नेछ । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन आज विशिष्ट व्यक्तिको साथ पाइनेछ।दाम, इनाम […]
प्रधानमन्त्री तथा उद्योग परिसंघ बीच मुलुकको अर्थतन्त्रबारे छलफल
काठमाडौं,आषाढ,२४-नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले बिहीवार अर्थ मन्त्रालयसमेत सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवासँग मुलुकको आर्थिक अवस्था लगायत विषयमा भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा जानकारी गराएको हो । उक्त अवसरमा परिसंघका पदाधिकारीहरुले मुलुकको पछिल्लो आर्थिक अवस्था सुधार्न चाल्नुपर्ने […]
आज प्रतिनिधिसभाको बैठक बस्दै, नागरिकता विधेयक पेश हुने
काठमाडौं,आषाढ,२४-प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ।मन्त्री तथा सांसदहरूले बैठकमा नागरिकता विधेयक पेश हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री तथा सांसदहरूले फास्ट ट्रयाकबाट विधेयक पारित हुने बताउनु भएको थियो।उनीहरूले नागरिकता विधेयक सर्वसम्मत्तिबाट पारित हुनपर्नेमा जोड दिँदै त्यसका लागि नेताहरूले कोशिस गरिरहेको जानकारी दिनुभयो । वन तथा वातावरण मन्त्री प्रदीप यादवले संसदमा पेश गर्ने […]
आजको राशिफल ।।आषाढ २३ गते बिहिबार ।।
काठमाडौं,आषाढ,२३-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २३ गते बिहिबार, (जुलाई ७ तारिख) आशाढ शुक्ल अष्टमी तिथि, रहेको छ। आज असार २३ गते बिहिबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । वृष […]
मन्त्रिपरिषद् बैठकले बुधबार गरेका निर्णयहरु यी हुन्
काठमाडौं,आषाढ,२३-सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्ति गरेको छ । अन्य सदस्य यथावत राख्ने गरी सरकारले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई ल्याउने निर्णय गरेको हो।बुधबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय बाल परिषद्को कार्यकारी […]
आजको राशिफल ।।आषाढ २२ गते बुधबार ।।
काठमाडौं,आषाढ,२२-आज विक्रम संवत २०७९ साल आषाढ महिनाको २२ गते बुधबार, (जुलाई ६ तारिख) आशाढ शुक्ल सप्तमी तिथि, रहेको छ। आज असार २२ गते बुधबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफ्नै क्षमतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला । आजको दिन […]
नेपालले आज क्यानडा संग दोस्रो एकदिवसीय खेल खेल्ने
काठमाडौं,आषाढ,२२-नेपालले आज बुधबार क्यानडा संग दोस्रो एकदिवसीय खेल खेल्ने छ।नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रोकिएको थियो। किङ सिटी स्टेडियममा तय भएको खेल वर्षाको कारण टस समेत नभई रद्द भएको थियो।नेपाली टोली दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको छ । विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले […]
नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय
काठमाडौं,आशाढ,२२-सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको बताइएको छ । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो।यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश भएको थियो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले […]