कांग्रेस सभापतिमा दोस्रो पुस्ताका नेताहरुको दाबी,अप्ठेरोमा शीर्ष नेता

काठमाडौं,असार,१०-दोस्रो पुस्ताका नेताहरुले पार्टी नेतृत्वको दाबी गर्न थालेपछि नेपाली कांग्रेसको सभापति बन्ने योजनामा रहेका शीर्ष नेताहरुका लागि चुनौती थपिने भएको छ। भदौको दोस्रो हप्ताबाट नेपाली कांग्रेसको १४औं महाधिवेशन हुँदैछ।पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, सुजाता कोइराला, कल्याण गुरुङ लगायतले सभापति पदमा प्रतिस्पर्धा गर्ने दाबी गरेका छन्। सभापति दाबी गर्ने यी […]

अली दाइको कीर्तिमानसँग रोनाल्डोको बराबरी

एजेन्सी,असार,१०-पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पुरुष फुटबलमा सर्वाधिक धेरै अन्तराष्ट्रिय गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् । रोनाल्डोले इरानका पूर्व स्टार अली दाइको नाममा रहेको १ सय ९ अन्तराष्ट्रिय गोलको कीर्तिमानसँग बराबरी गरेका हुन् । युरोकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा दुई गोल गर्दै रोनाल्डोले दाइको कीर्तिमानसँग बराबरी गरेका हुन्  । उक्त […]

निषेधाज्ञा खुकुलो भएपछि विद्युत् खपत बढ्दै

काठमाडौं,असार,१०-निषेधाज्ञा खुकुलो भएसँगै विद्युत् खपत बढ्न थालेको छ । कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञाका कारण विद्युत् खपतमा कमी आएको थियो । अहिले निषेधाज्ञा खुकुलो बनाएपछि विद्युत् खपत बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । सरकारले मंगलवारदेखि काठमाडौं उपत्यकालगायत ठाउँमा निषेधाज्ञा खुकुलो बनाएको छ । सोही दिनदेखि नै विद्युत् […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं,असार,१०-नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ। पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ । २ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ पुगेको छ […]

एकैदिन ४५२२ जना संक्रमित,४९५४ संक्रमणमुक्त,४१ जनाको मृत्यु

काठमाडौं,असार,८-नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५२२ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको भने ४ हजार ७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको हो । […]

प्रधानमन्त्रीको भ्याकेट निवेदनमा सर्वोच्चले बोलायो कर्णालीका चार सांसद

काठमाडौं,असार,८-पार्टी ह्वीपविपरित फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको निवेदनमा सर्वोच्च अदालतले दुबै पक्षलाई बोलाएको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलाशले रिट निवेदक र विपक्षीलाई बोलाउन आदेश दिएको हो । झगडिया झिकाई दुबै पक्षको भनाइ सुनिसकेपछि अन्तरिम आदेशलाई निरन्तर गर्ने नगर्ने भन्नेबारे निर्णय […]

सर्वोच्चको अन्तरिम आदेश:२०मन्त्रीहरु पदमुक्त(सुचीसहित)

काठमाडौं,असार,८-सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरुलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २० मन्त्री पदमुक्त हुने आदेश दिएको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र २७ गते गरेको […]

१६ डीआइजीको सरुवा

काठमाडौं,असार,७-नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षकहरुको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ डीआईजीको सरुवा गर्नुभएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा धिरजप्रताप सिंहलाई सरुवा गरिएको छ।उहाँ प्रदेश नं २ को प्रहरी प्रमुख हुनुहुन्थ्यो ।सीआईबीका डीआईजी सहकुलबहादुर थापालाई प्रदेश समन्वय निर्देशनालयमा सरुवा गरिएको छ । यस्तै डीआईजीहरु गणेशबहादुर ऐर […]

युरोकप:इंग्ल्यान्ड विरुद्ध स्कटल्याण्ड,क्रोएसिया संग चेक रिपब्लिक भिड्ने

एजेन्सी,असार,४-१६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार)हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । समूह ‘डी’ को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो […]

क्रिकेटको बन्द प्रशिक्षणमा २० खेलाडी

काठमाडौं,असार,४-नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।  क्यानले शुक्रबार बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई टिममा बोलाएको हो ।क्यानले बोलाएको टिममा शरद भेषवाकर र पृथु बास्कोटा अटाएका छन् । उनीहरुले घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–ट्वान्टी […]