विश्वकप छनोट : नेपालले आज अष्ट्रेलियासँग खेल्ने

काठमाडौं,जेठ,२८-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई फलामको च्यूरा चपाउनुसरह हुनेछ ।तर, नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने […]

युरोकप आजबाट, इटाली र टर्की भिड्ने

एजेन्सी,जेठ,२८-युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट (शुक्रबार) सुरु हुँदैछ । इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । ओलम्पिक स्टेडियम हुने उद्घाटन खेलमा दुबै टोलि जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् । यस पटक युरोकप […]

मन्त्री मनाङेले विपक्षलाई मत दिने,गण्डकी प्रदेश सभा विघटनबाट बच्ने सम्भावना

काठमाण्डौं,जेठ,२७-गण्डकी प्रदेश सभामा विपक्षी गठबन्धनले बहुमत पुर्‍याउने देखिएको छ।मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले कित्ता परिवर्तन गरेपछि प्रदेश सभा विघटनबाट बच्ने सम्भावना बढेको हो। आज मध्याह्न १२ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै छन्।त्यसको पूर्वसन्ध्यामा गुरुङ नेतृत्वकै सरकारमा खेलकुदमन्त्री रहेका मनाङेले प्रदेश सभा विघटन हुन नदिन […]

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चले ३२ घण्टाको बहसपछि फैसला सुनाउने

काठमाडौं,जेठ,२७-सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको छ । संवैधानिक इजलासमा बुधबार भएको सुनुवाइपछि इजलासले ३२ घण्टाको बहसपछि फैसला सुनाउने फैसला गरेको हो । रिट निवेदनमा उठाइएका प्रश्नहरू सार्वजनिक महत्वको भएको र चाँडै टुङ्गो लगाउनुपर्ने भन्दै सर्वोच्चले बहसका लागि समेत समयसीमा तोकेको छ । रिट निवेदकको तर्फबाट […]

राष्ट्रपति र प्रधानमन्त्रीबीच शितलनिवासमा २ घण्टा छलफल

काठमाडौं,जेठ,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको छ । हिजो साँझ शितलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टा छलफल गर्नुभएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाइको क्रम सुरु भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भेटघाटको सक्रियता बढेको हो । पार्टी एकताका लागि नेकपा एमालेका दोस्रो तहका […]

असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनको माग

काठमाडौं,जेठ,२६-वायुसेवा सञ्चालक संघले आउँदो असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनका लागि माग गरेको छ । विगत ३५ दिनदेखि आन्तरिक उडानमा रोक लगाउँदा लाखौं कर्मचारीको रोजगारी गुम्ने र रोजीरोटीको समस्या हुने भन्दै संघले मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री उमाशंकर अरगरिया समक्ष उक्त माग गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गरी उडान सञ्चालन गर्न […]

प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं,जेठ,२६-प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदैछ ।यसअघि लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु हुन लागेको हो । संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको छ ।यसअघि दुई दिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो । सरकारको शिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेपछि […]

नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित

काठमाण्डौं,जेठ,२४-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो ।जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेलको  २४ […]

विश्वकप छनोट:आज राती ९:४५ बजे नेपाल र जोर्डनबिच खेल हुने

काठमाडौं,जेठ,२४-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो राष्ट्र जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ।जोर्डन र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।यस्तै जापान समय अनुसार भने खेल राती १ बजे सुरु हुनेछ । जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजना […]

जापानमा जन्मदर घट्दै जाने समस्या

टोकियो,जेठ,२२-जापानमा जन्मदरमा कमी आएको देखिएको छ ।      कोरोना भाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो वर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो ।      जापानमा लामो समयदेखि निरन्तर जनसंख्या घट्दै जाने समस्या रहेको छ ।यसले मुलुकको जनसांखिक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।        […]