विश्वकप छनोट:आज राति ९:४५ बजे नेपाल र चाईनिज ताईपे भिड्ने

काठमाडौं,जेठ,२०-सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले बिहिबार आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् ।कुवेतको राजधानी कुवेत सिटीमा नेपालले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्न लागेको हो।ताईपेविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ ।खेल नेपाली समय […]

कोरोना संक्रमणबाट एकैदिन १०१ जनाको मृत्यु,५३१६ जना संक्रमित थपिए

काठमाडौं,जेठ,१९-नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ५४६ पुगेको छ ।मन्त्रालयका अनुसार  ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य […]

जसपाका दुवै अध्यक्षको पत्र निर्वाचन आयोगद्वारा खारेज

काठमाडौं,जेठ,१९-निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुवै अध्यक्षको पत्र खारेज गरेको छ । मंगलबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले एक अर्कालाई पार्टीबाट निष्काशन गरेको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोग बैठकले दुवै पत्र खारेज गर्ने निर्णय गरेको हो । पत्रमा दलहरुले राजनीतिक दलसम्बन्धी ऐन २०७४ […]

कुवेतको मौसमा खेल्न कठिन छ:प्रशिक्षक अलमुताईरी

काठमाडौं,जेठ,१९-सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको लागि दोस्रो चरणको छनोट अन्तर्गत नेपालले भोलि (बिहीबार) चाईनिज ताईपेविरुद्ध खेल्दैछ । अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्ने छन् । नेपाल र ताइपेबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । ताइपेविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । तर, […]

ढुंगा, गिट्टी, बालुवा निकासीको निर्णय ‘घर पोलेर खरानीको व्यापार’:देउवा

काठमाडौं,जेठ,१९-नेपाली कांग्रेसले ढुंगा, गिट्टी,बालुवा निकासी गर्ने निर्णय फिर्ता लिन माग गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ति प्रकाशित गरी सरकारले हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम ल्याएको बताउनु भएको छ । अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्य मार्फत चुरे दोहनलाई […]

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

काठमाडौं,जेठ,१८-विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका उहाँको उपचारका क्रममा मेडिसिटी अस्पताल ललितपुरमा मंगलबार ४ बजेर २५ मिनेटमा निधन भएको परिवारले पुष्टि गरेको हो । कोरोना रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य गम्भीर भएपछि उहाँको भेन्टिलेटरमा उपचार भइरहेको थियो । परिवारको तर्फबाट जारी विज्ञप्ति हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, […]

विश्वकप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुग्यो

काठमाडौं,जेठ,१७-इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत पुगेको हो।  नेपाली टिम इराकबाट स्थलमार्ग हुँदै कुवेत गएका हुन्। उनीहरुको कुवेत पुगे लगत्तै नेपाली टिम कोरोना भाईरसको पीसीआर टेष्ट गरिएको छ। कुवेतमा […]

टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान

कैलाली,जेठ,१७-कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आएका टंक भट्टराई र काठमाडौं घर भएका आशिष महर्जन र जेनिस गिरीको संयुक्त प्रयासबाट पाँच ओटा अक्सिजन कन्सन्ट्रेटर अस्पताललाई आइतवार हस्तान्तरण गरिएको हो । स्वास्थ्य क्षेत्रमा काम गरिरहेका […]

कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप्यो

काठमाडौं,जेठ,१७-नेपाली कांग्रेसले क्रियाशील सदस्यताका लागि फेरि समय थप गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले जेठ २५ गते राति १२ बजेसम्मलाई समय थप गरेको हो । पार्टी सचिव केशव रिजालका अनुसार तोकिएको समयमा क्रियाशीलको विवरण अपडेट गरिसक्न र कुनै त्रुटि भए सच्याउन निर्देशन दिइएको हो । रिजालका अनुसार ७७ जिल्लका २०७ स्थानमध्ये १०१ स्थानबाट […]

संवैधानिक इजलास फेरि विवादमा

काठमाडौं,जेठ,१४-प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको संवैधानिक इजलास यो पटक पनि विवादित बनेको छ । प्रधानन्यायाधीश राणाले आफूसहित गठन गरेको संवैधानिक इजलासको सदस्यमा दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमबहादुर श्रेष्ठ छन् । संवैधानिक इजलासमा शुक्रबारदेखि सुरु सुनुवाइको क्रममा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश बम कुमार श्रेष्ठको निष्पक्ष्तामाथि प्रश्न उठाउँदै उहाँलाई इजलासमा […]