कैलाली,जेठ,१४-पूर्व उपप्रधानमन्त्री भीम रावलले शुक्रबार नियुक्त भएका सुदूरपश्चिम सरकारका मन्त्रीहरुलाई बधाई दिनुभएको छ। नेता रावलले ट्वीट गरी मन्त्री तथा राज्यमन्त्रीलाई बधाई दिनुभएको हो।रावलले लेख्नु भएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका सबै नवनियुक्त माननीय मन्त्री र राज्यमन्त्रीजीहरूलाई हार्दिक बधाई दिँदै कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।’ शुक्रबार सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टले चार मन्त्री […]
समाचार
इराक र नेपालबीचको खेल शनिबार राति १०:१५ बजे सुरु हुने
काठमाडौं,जेठ,१४-नेपालले घरेलु टिम इराकविरुद्धको भोलि (शनिबार) मैत्रीपूर्ण खेल खेल्दैछ । बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ । नेपाल र इराकबीचको खेल बन्द रंगशालामा हुने भएको छ । कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै खेलमा दर्शकलाई प्रवेश नगराईने भएको हो । […]
सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन, यी ५ मन्त्रीले लिए सपथ
काठमाडौं,जेठ,१४-सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री पोखरेलले पाँच जनालाई मन्त्री बनाउने निर्णय गरेसँगै मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले मन्त्रीमा नियुक्त गर्नुभएको छ । नियुक्त भएलगत्तै सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, […]
राष्ट्रपतिद्वारा ४ सय ३० कैदीलाई माफी
काठमाडौं,जेठ,१४-राष्ट्रपति विद्यादेवी भण्डारीले ४ सय ३० कैदीहरूलाई माफी दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ४ सय ३० जना कैदीहरूलाई माफी दिनुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनीहरूलाई माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विशेष अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरूलाई माफ दिने गरेकी छन् ।
प्रधानमन्त्रीद्वारा २०७८/७९ को आधारभूत नीतिहरू सार्वजनिक
काठमाडौं,जेठ,१४-प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा संबोधन गर्दै आगामी आर्थिक वर्ष २०७८/७९मा सरकारले गर्ने कामहरूको लागि आधारभूत नीतिहरू सार्वजनिक गर्नुभएको छ । संविधानअनुसार राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुपर्ने थियो । तर, संसद विघटन गरिएपछि कामचलाउ भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरिरहेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट […]
नेपालले इराकविरुद्ध खेल्नु ठुलो अवसर हो:कप्तान किरण चेम्जोङ
इराक,जेठ,१४-राष्ट्रिय फुटबल टिम कप्तान किरण चेम्जोङले इराकविरुद्धको मैत्रीपूर्ण खेल नेपालका लागि ठुलो अवसर रहेको बताउनु भएको छ । बिहिबार साँझ इराकी सञ्चार माध्यमसंग कप्तान चेम्जोङले मैत्रीपूर्ण खेलका लागि आफुहरुले राम्रो अभ्यास गरेको बताउनुभयो । ‘यो हाम्रो लागि ठुलो अवसर हो ।यसका लागि राम्रो अभ्यास गरेका छौं ।’ उहाँले सञ्चारकर्मी समक्ष बताउनुभयो । मैत्रीपूर्ण खेलका […]
सगरमाथामा बिहानदेखि भारी हिमपात,सतर्क रहन आग्रह
काठमाडौं,जेठ,१३-सगरमाथामा बिहीबार बिहानदेखि भारी हिमपात भइरहेको छ ।बुधबारदेखि सुरु भएको हिमपातका कारण आरोहण समेत प्रभावित भएको छ भने आरोहण गरेर फर्किएका आरोहीहरु पनि दोश्रो शिविरमै रोकिएका छन् । बंगालको खाडी बनेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि वर्षा र हिमपात जारी छ। आरोहण गरिसकेका आरोहण कम्पनीका कामदारहरले दोस्रो शिविरदेखि सामान लिएर फर्किन नसकेको सम्पर्क अधिकृत […]
नाइजेरियामा डुंगा दुर्घटना हुँदा २ सय यात्रु डुबे,खोजी कार्य जारी
एजेन्सी,जेठ,१३-अफ्रिकी मुलुक नाइजेरियामा २ सय यात्रु सवार एक डुंगा डुबेको छ।नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको केबी जिल्लाका लागि सवार डुंगा टुक्रिएर डुबेको हो । डुंगामा सवार पाँच जनाको भने उद्धार गरिएको छ । डुंगामा सवार २ सय मध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । ८० यात्रुको क्षमता रहेको उक्त डुंगामा क्षमता भन्दा बढी यात्रु रहेकै […]
प्रतिनिधि सभा विघटनविरुद्ध १९ रिटहरुको सुनुवाइ आज हुने
काठमाडौं,जेठ,१३-प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमध्ये केहीको (बिहिबार) आज प्रारम्भिक सुनुवाइ गरिने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका २४ रिट निबेदनमध्य केहीको संबैधानिक इजलासबाट सुनुवाइ हुनु पर्ने माग गरिएको छ भने केहीको साधारण इजलासबाट प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ । साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने गरी माग गरिएका रिट निवेदकको आज सुनुवाइ […]
नेपालले २० वर्षपछि इराकसंग अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल्दै
काठमाण्डौं,जेठ,१२-कोरोना महामारीका बीच नेपाली राष्ट्रिय फुटबल टिम बुधबार विहान इराक पुगेको छ। नेपाली राष्ट्रिय टिम सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि बगदाद पुगेको हो। अर्को सातादेखि कुवेतमा सुरु हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको तयारीका लागि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको […]









