काठमाडौं,जेठ,७-नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एक पक्ष र माधव नेपाल समूहले संयुक्तरुपमा संसदको बहुमत पुर्याई सरकारको नेतृत्व दाबी गर्न देउवा शितल निवस पुग्नु भएको छ । चार पक्षका १ सय ४९ सांसदको हस्ताक्षरसहित उनीहरु अहिले राष्ट्रपति कार्यालय पुगेका हुन् । चारपक्षीय छलफलमा सहभागी एक नेताका अनुसार उनीहरुले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ […]
समाचार
बाँकेमा थप १५ जना कोरोना संक्रमीतको मृत्यु
बाँके,जेठ,७-पछिल्लो २४ घण्टामा बाँकेमा कोरोना संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ८ जना, सल्यान र कैलालीका २-२ जना तथा बर्दिया, प्युठान र दाङका १-१ जना छन्। मृत्यु हुनेमा २५ वर्षदेखि ७१ वर्षसम्म उमेर समूहका छन्। जिल्ला […]
जसपाको संसदीय दलको बैठक बस्दै
काठमाडौं,जेठ,७-वैकल्पिक सरकारको चाबी हातमा लिएको जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको बैठक बोलाएको छ। राष्ट्रपति विध्या भण्डारीले संविधानको धारा ७६ (५) अनुसार संसदमा बहुमत जुटाउन सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने गरी नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि जसपाले दलको बैठक बोलाएको हो। १० बजेलाई संसदीय दलको बैठक बोलाइएको र त्यहीँबाट पार्टीले वर्तमान परिस्थितिबारे […]
‘प्रतिज्ञा शब्द’शपथबाट हटाइयो,अब ‘ईश्वर’ वा ‘देश र जनता’का नाममा शपथ लिन सकिने
काठमाडौं,जेठ,७-सार्वजनिक पद धारण गरेका व्यक्तिले पद तथा गोपनीयताको शपथग्रहण गर्दा अब ‘प्रतिज्ञा’ गर्न नपर्ने भएको छ । प्रधानमन्त्री केपी ओलीको ३१ वैशाखको शपथग्रहण विवादमा तानिएपछि सरकारले बिहीबार शपथसम्बन्धी अध्यादेश, २०७८ जारी गरेर ‘प्रतिज्ञा’ शब्द नै हटाएको छ । संविधानको धारा ७६ (३)अनुसार संसद्मा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ३० वैशाखमा पुनः प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यसको भोलिपल्ट […]
आज देशभर मौसम बदली हुने,दिउँसो अधिकांश स्थानमा पानी पर्ने
काठमाडौं,जेठ,७-पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसम प्रभावित भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात ‘ताउ–ते’ कमजोर भए पनि पश्चिमी न्यून चापीय प्रणाली आज देशभर वर्षा हुनेछ। शुक्रबार बिहान देशभरको मौसम सामान्य बदली रहेको छ।दिउँसो पनि आंशिकदेखि सामान्य बदली रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती, प्रदेश २ […]
अब चार्टर उडानबाट नेपाली पनि विदेश जान पाउने
काठमाडौं,जेठ,७-अन्तरराष्ट्रिय चार्टर उडानबाट अब नेपाली नागरिक पनि विदेश जान पाउने भएका छन् । चार्टर उडानका लागि अनुमति पाएका स्वदेशी तथा विदेशी विमानहरूबाट विदेशी नागरिकका साथसाथै नेपाली नागरिक पनि विदेश प्रस्थान गर्न सक्ने गरी सरकारले परिपत्र जारी गरेको छ । संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधवार परिपत्र जारी गरेर यस्ता उडानहरूबाट विदेश जान इच्छुक नेपाली […]
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिदै
काठमाडौं,जेठ,७-राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको नयाँ सरकार बनाउन दिएको समय आज (शुक्रबार) सकिदैछ । राष्ट्रपतिले बिहिबार एक विज्ञप्ती जारी गर्दै सरकारमा दाबी गर्ने प्रतिनिधि सभाका सदस्यका लाग जेठ ७ गते शुक्रबार ५ बजेसम्मको समय प्रदान गर्नुभएको थियो । प्रतिनिधि सभामा विश्वासको मत पाउन नसके पनि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो […]
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै,राष्ट्रपतिको आह्वानबारे निर्णय लिने
काठमाडौं,जेठ,७-नेपाली कांग्रेसले आज (शुक्रबार) बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले बैठक बोलाएको हो। बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ।राष्ट्रपतिको उक्त आह्वान संविधान विपरीत र अलोकतान्त्रिक रहेको पनि कांग्रेसले बताएको छ।
राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न आह्वान
काठमाडौं,जेठ,६-राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकारमा दाबी गर्न आह्वान गर्नुभएको छ ।त्यस्तो सरकारमा दाबी गर्ने प्रतिनिधि सभाका सदस्यका लाग जेठ ७ गते शुक्रबार ५ बजेसम्मको समय प्रदान गरिएको छ । प्रतिनिधि सभामा विश्वासको मत पाउन नसके पनि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्नुभएका केपी ओलीले […]
८ हजार ३०५ जना संक्रमित थपिए, १९० को मृत्यु
काठमाडौं,जेठ,६-गत २४ घण्टामा नेपालमा ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।२२ हजार ८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमा २१ हजार ६९५ जनाको पीसीआर गर्दा ८ हजार २२७ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार आज […]







