काठमाडौं,पुस,११-सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो । संविधान अनुसार एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन । सरकारले पुस १७ गते अधिवेशन आह्वानका लागि […]
समाचार
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको आज सुनुवाइ हुने
काठमाडौं,पुस,१०-सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्नका लागि पाँच सदस्यीय इजलास गठन गरेको छ। जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा बनेको संवैधानिक इजलासमा आज सुनुवाइ हुन लागेको हो। सो इजलासमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेजबहादुर केसी रहेका छन्। बुधबार प्रधान न्यायाधीश जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी […]
शेरबहादुर र उषाकला ओलीलाई छोडी प्रचण्ड-माधव समूहमा फर्किए
काठमाडौं,पुष,९-नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य तथा पूर्व-कानुनमन्त्री शेरबहादुर तामाङ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठकमा फर्किनु भएको छ । नेता तामाङ सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सांसदहरूको बैठक र मंगलबार केन्द्रीय सदस्यहरुको बैठकमा जानु भएको थियो । ‘केही दिन प्रधानमन्त्री ओली पक्षको बैठकमा सहभागी हुनुभएको […]
प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने
काठमाडौं,पुस,९-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठक दिउँसो १ बजेका लागि सरेको छ। बिहान ११ बजे बोलाइएको बैठक केही नेताहरूसँगको छलफल बाकी रहेको भन्दै १ बजेका लागि सारिएको हो। सो समूहको आजको बैठकले पार्टी महासचिव चयन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत गरेको संवैधानिक ‘कू’का विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने नेताहरूले बताएका छन्। […]
चिनियां राजदुत यान्छी र नेकपा अध्यक्ष प्रचण्ड बिच भेटबार्ता
काठमाडौं,पुष,९-चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान भेट गरेकी छन्। प्रचण्डको सचिवालय स्रोतका अनुसार आज बिहान भेट भएको हो र उनी फर्किसकेकी छन्। भेटबारे केही खुलाइएको छैन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन नदिन सक्रिय रहेकी यान्छीको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेकपाको आन्तरिक राजनीतिमा चीनले कुनै हस्तक्षेप नगर्ने बताउँदै […]
प्रतिनिधि सभा विघटनविरुद्ध रिटमा प्रधानन्यायाधीश राणाकै एकल इजलासमा आज सुनुवाइ हुँदै
काठमाडौं,पुस,८-प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले सुनुवाई गर्ने भएका छन्।उहांले त्यसबारेमा परेका मुद्दाहरु आफ्नै एकल इजलाशमा राख्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा भंग गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गर्नु भएको थियो। ओलीको सिफारिस सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्नु […]
दाहाल-नेपाल समूहको संसदीय दलको बैठक आज, प्रचण्ड संसदीय दलको नेता बन्दै
काठमाडौं,पुष,८-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ । हिजो केन्द्रिय कमिटिको बैठकमार्फत केपी ओलीलाई हटाएर उहाँको ठाउँमा माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड-नेपाल पक्षले आज संसदिय दलको बैठक डाकेको हो । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल […]
केपी सरकार भंग भएको हो, संसद जीवितै छ: प्रचण्ड
काठमाडौं,पुस,७-नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारमात्र भंग भएको र संसद भने जीवितै रहेको बताउनु भएको छ । मंगलबार बबरमहलमा भएको आफू पक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद जीवित रहेको जिकिर गर्नुभयो । ‘केपी सरकार भंग भयो’, प्रचण्डले भन्नुभयो, ‘संसद भंग भएको छैन। संविधानतः संसद जीवित छ।’प्रचण्डले ओली कम्युनिस्ट […]
हालसम्मकै उच्च अंकले बढ्यो बजार, करीब ७ अर्बको कारोबार
काठमाडौं,पुस,७-मंगलवार शेयर बजार हालसम्मकै उच्च अंकले बढेको छ । यो दिन बजार ९५ दशमलव ४६ अंकले बढेर २ हजार ६१ दशमलव ४१ विन्दुमा पुगेको हो । उता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १५ दशमलव १८ अंक बढेर ३९१ दशमलव ७४ विन्दुमा पुगेको छ । १ हजार ९८७ दशमलव ४८ विन्दुदेखि खुला भएको बजार निरन्तर […]
पछिल्लो २४ घण्टामा ७२२ संक्रमित, ९६६ संक्रमणमुक्त, ३ जनाको मृत्यु
काठमाडौं,पुस,७-पछिल्लो २४ घण्टामा नेपालमा ७२२ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७२२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७ हजार जनाको पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको […]





