संसद् विघटन:सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई दिएको म्याद आज सकिदैं

काठमाडौं,पुस,१९-संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै  प्रधानमन्त्री र राष्ट्रपतिका कार्यालयलाई लिखित जवाफ पेस गर्न दिएको म्याद आज (आइतबार) सकिँदै छ। इजलासले यही पुस १९ गते (आज) भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिका कार्यालयलाई आदेश दिएको हो। अधिवक्ता सन्तोष भण्डारीसमेत निवेदक रहेको रिटमा सर्वोच्चद्वारा जारी आदेशमा […]

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै, काम चलाउ सरकारसँग वार्ता नगर्ने भारतको रणनीति

काठमाडौं,पुस,१८- सरकारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी पुनः थालेको छ । सतरुढ दल नेकपाभित्रको विवादका कारण केही समय धकेलिएको मन्त्री ज्ञवाली भ्रमणको तयारी फेरि सुरु भएको हो । यसअघि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो । तर नेकपाभित्रको विवादका कारण भ्रमण हुन नसकेपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको […]

“हामी यहाँ छौ”दोस्रो चरणको आन्दोलन घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

काठमाडौं,पुस,१८-नेकपा(प्रचण्ड-नेपाल समूह) ले आज (शनिबार) दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैछ। प्रतिनिधिसभा विघटनविरुद्ध यसअघि मंगलबार काठमाडौं सहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड-नेपाल पक्षले अब दोस्रो चरणमा स्थानीय तहदेखि केन्द्रसम्म जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ। संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा बुधबार अन्य दलसँग गरिएको छलफलमा तत्काल सहमति नबनेपछि नेकपा प्रचण्ड-नेपाल समूह एक्लैले आज प्रधानमन्त्री […]

आज राष्ट्रिय टोपी दिवस

काठमाडौं,पौष,१७-आज राष्ट्रिय टोपी दिवस ! नेपालमा हरेक वर्ष विविध कार्यक्रमका बीच मनाईदै आएको राष्ट्रिय टोपी दिवस यस वर्ष भने कोरोना भाईरसका कारण बितेका वर्ष जस्तो विविध कार्यक्रम नगरी मनाईदैछ । यस वर्ष विभिन्न सामाजीक सन्जाल फेसबुक,टुईटर,ईन्स्टाग्राममा युवाहरुको जमातले ढाका टोपि अर्थात भादगांउले टोपि लगाएका तस्विर पोष्ट गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरि मनाईदै छ […]

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

काठमाण्डौं,पुस,१७-आज बाट अंग्रेजी नयाँ वर्ष २०२१ सुरु भएको छ।आज  नयाँ वर्षका दिन विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाइरहेका छन् । यद्यपी विगत जस्तो भने यस वर्ष भव्यताका साथ कार्यक्रहरु भने भएनन्।२०२० को वर्ष विश्वभरी कोरोना भाइरसको महामारीका कारण गएका वर्ष जस्तो भने हुन नसकेको हो। विश्वभरी २०२० को अन्तीम दिन सम्म कोरोना भाईरसका कारण […]

राष्ट्रिय सभाको अधिवेशन भोलीदेखि : यस्ता छन् कार्यसूची

काठमाडौं,पुस,१६-राष्ट्रिय सभाको अधिवेशन भोली पुस १९ गतेदेखि बस्ने भएको छ ।उक्त बैठकमा प्रस्तुति तथा छलफलका लागि बिभिन्न विषयवस्तुहरु तय गरिएको छ। जसअनुसार अधिवेशन बैठक सुरु हुनासाथ अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त राष्ट्रपति विद्यादेवी भण्डारीको पत्र सभामा पढेर सुनाउनु हुने छ । त्यसैगरी सरकारले यसबीचमा जारी गरका अध्यादेशहरु बैठकमा गरिने संसद सचिवालयले जनाएको छ।सचिवालयका अनुसार ती […]

ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमले देश संकटमा छ : देउवा

काठमाडौं,पुस,१६-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमले देश संकटतर्फ धकेलिएको बताउनु भएको छ। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले बिहीबार बिहान आयोजना गरेको भर्चुअल संवादमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न हुने बेलामा प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताउनुभयो । उहाले संविधानविपरीत प्रधानमन्त्रीले […]

सुनचाँदीको मूल्य घट्यो,किन्ने भए तोलाको ९४ हजार १००

काठमाडौं,पुस,१६-नेपाली बजारमा सुनको मूल्यमा सामान्य बिहिबार गिरावट आएको छ । गत कारोबार दिन अर्थात् बुधवार रू. १०० ले उकालो लागेको सुनको मूल्य बिहीवार रू. १०० ले नै ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९४ हजार १०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू […]

आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदै

  काठमाडौं,पुस,१६-नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदैछ। ८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।  २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मुलुकमा […]

थपिए ५११ जना संक्रमित, ६०० संक्रमणमुक्त, ७ जनाको मृत्यु

काठमाडौं,पुस,१५-नेपालमा पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६०० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख […]