काठमाडौं,पुस,२४-प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै?’ भन्ने टिसर्ट लगाएका केही युवा पक्राउ परेपछि नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीसँग त्यही प्रश्न दोहोर्याएका छन्। प्रहरी हिरासतमा रहेका युवाहरुको फोटो सेयर गर्दै शर्माले ट्वीट गरेका छन्, ‘प्रश्न गर्नेलाई होइन, @PM_Nepal दोषीलाई पक्राउ गर्नोस्। प्रश्नलाई निषेध लोकतन्त्र होइन स्टालिनवाद हो! साँच्चै ‘निर्मला पन्तको बलात्कारी […]
समाचार
दार्चुलामा भारतले फेरि सीमा मिच्यो
काठमाडौं,पुस,२३-भारतले महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर पुनः सीमा मिचेको छ।अन्तर्राष्ट्रिय सम्झौता उल्लंघन गर्दै नेपाली भूमीमा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेको हो ।२०७० असार २ गते महाकाली नदीमा आएको बाढीले महाकाली नदीले नेपालतर्फको भू–भाग कटान गर्दा नेपालको भूमी भारतपट्टी परेको छ । त्यही भूमिमा भारतले अहिले बाँध निर्माण गरिरहेको हो । पुस १ गतेदेखि […]
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा
कैलाली,पुस,२२-सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मन्त्रालयमा बुधबार अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभयो । विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उहाँले स्पष्ट गर्नुभयो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी […]
संवैधानिक इजलासको बहस स्थगित : न्यायाधीश कार्कीले छाडे
काठमाडौं,पुस,२२-संवैधानिक इजलासका न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा नहेर्ने भएका छन्। अधिवक्ताहरुले न्यायाधीश कार्कीमाथि स्वार्थ बाझिने भन्दै प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलास छाड्नु भएको हो ।सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले आफू यसबारे बुझ्ने क्रममा रहेको बताउनुभयो । केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिवक्ता हुनुहुन्थ्यो। सोहीकारण अहिले पनि केपी ओली नै प्रधानमन्त्री […]
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आजदेखि सुनुवाइ हुने
काठमाडौं,पुस,२२-प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतले आजदेखि सुनुवाइ गर्ने भएको छ । प्रतिनिधि सभा विघटनविरूद्ध परेका एक दर्जन भन्दाबढी मुद्दाहरूलाई सर्वोच्चले यसअघि नै संवैधानिक इजलासमा पठाएको थियो । पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशमेशेर राणासहितको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रपति कार्यालयलाई […]
हुम्लामा हिमपात पर्दा तापक्रम माइनसमा झर्यो, जनजीवन कष्टकर
हुम्ला,पुस,२२-हुम्ला जिल्लामा हिमपातपछि चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोट लगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै […]
प्रचण्ड-माधव समूहका विद्यार्थीले गरे आन्दोलनको कार्यक्रम घोषणा
काठमाडौं,पुस,२१-प्रचण्ड-माधव समूहका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले संसद विघटनविरुद्ध चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते असंवैधानिक रुपमा प्रतिनिधि सभाको विघटन गरेको भन्दै अनेरास्ववियुले आज प्रेस विज्ञप्ति जारी गरेर आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। ‘संविधानले प्रत्याभूत गरेको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको हकलाई कुल्चँदै प्रदर्शनकारीलाई धम्क्याउने तर्साउने […]
आज सुनको मूल्य,फेरी ११०० ले बढ्यो
काठमाडौं,पुस,२१-नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. १ हजार १०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९६ हजार ४०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९५ हजार ३०० मा कारोबार भएको […]
नेपाली सेनामा २९४ जनाका लागि भर्ना खुल्यो,साधारण लेखपढले पनि दिन मिल्ने
काठमाडौं,पुस,२१-नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्ना गर्न दरखास्त मागेको छ।सेनाले मंगलबार सूचना जारी गरी पुजारीदेखि कुचिकारसम्मका लागि आवेदन आह्वान गरेको हो। तसर्थ साधारण लेखपढ भएकालाई समेत सेनामा जागिरको अवसर आएको छ। हेर्नुहोस्, सूचना
हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ
हुम्ला,पुस,१९-हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसईई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ । कोरोना संक्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसईईमा नम्बर राम्रो […]




