राष्ट्रिय फुटबल टोलीका चार जना खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं,कात्तिक,१४- नेपाली राष्ट्रिय फुटबल टोलीका चार जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवारदेखि प्रशिक्षणमा बोलाइएका ३४ जना खेलाडीमध्ये चार जना कोरोनाबाट संक्रमित भएको बताएको छ । कोरोना देखिएका चारै जना खेलाडी सेल्फ आईसोलेशनमा बसेका छन्।नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ […]

ओली-दाहालबीच संवादहीनताको अवस्था जारी

काठमाडौं,कात्तिक,१३-राजदूत नियुक्ति, मन्त्रिमन्डल हेरफेर र कर्णाली प्रदेशको विवादलाई लिएर जारी नेकपाभित्रको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताको अवस्थासम्म पुगेको छ । पार्टीभित्रको विवाद समाधान, पार्टी एकीकरणका बाँकी काम टुंगो लगाउन भन्दै दिनदिनै छलफल हुने गरेको भएपनि पछिल्लो समय अध्यक्षद्वयबीच औपचारिक संवाद नभएको एक साताभन्दा बढी भएको छ । नेकपा कर्णाली प्रदेशको विवाद […]

थप २,३६४ जनामा संक्रमण,कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुग्यो

काठमाडौं,कात्तिक,१३-नेपालमा बिहीवार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २४ हजार ८६२ […]

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

बाँके,कार्तिक,१३-बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर […]

अपि पावरको ४७ % हकप्रद शुक्रवारदेखि विक्रीमा आउने

काठमाडौं,कात्तिक,१३-गत फागुन १२ गते हकप्रद निष्कासन गर्न स्वीकृति पाएको अपि पावर कम्पनी लिमिटेडले कात्तिक १४ गतेदेखि ४७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले १ बराबर शून्य दशमलव ४७ को अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर मंसिर ४ गतेसम्म निष्कासन गर्न लागेको हो । नियामक निकाय […]

सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढ्छ : मन्त्री भट्ट

कञ्चनपुर,कात्तिक,१२-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनि गरिने बताउनुभयो । मंगलवार महाकाली नगरपालिका–१ मा सुक्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दरगाह निर्माणको कामलाई अगाडि बढाउने बताउनुभयो ।वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थिति बुझेर प्रक्रिया शुरु गर्ने उहाॅंले बताउनुभयो। मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा दिपकप्रकाश भट्ट, […]

जाडो बढ्दै,जुम्लामा तापक्रम माइनसमा झर्‍याे

काठमाडौं,कार्तिक,११-देशमा दिनप्रतिदिन जाडो बढ्दै गएको छ। मौसमविद्का अनुसार जुम्लामा तापक्रम माइनसमा झरिसकेकोे छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार जुम्लामा हिजोबाट न्यूनतम तापक्रम माइनसमा झरेको हो। त्यहाँ हिजो न्यूनतम तापक्रम माइनस १ दशमलव ५ मापन गरिएको उहाॅंले जानकारी दिनुभयो। अहिले मुलुकमा सबैभन्दा चिसो भएको ठाउँ जुम्ला नै हो। अस्ति (२५ तारिख) सम्म जुम्लाको न्यूनतम […]

रुसद्वारा उत्तर सिरियामा हवाई हमला, टर्की समर्थक ५० भन्दा बढी लडाकुको मृत्यु

काठमाडौं,कार्तिक,११-उत्तर सिरियाको इडलिब प्रान्तमा रुसले गरेको हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ। बीबीसीले दिएको खबरअनुसार घटनामा कैयौं लडाकु घाइते भएका छन्। हवाई हमलापछि त्यस क्षेत्रमा हिंसा बढेको छ।फेयलक अल साम नामक संगठनको प्रशिक्षण आधारलाई निशाना बनाएर आक्रमण गरिएकाे थियाे।  यस आक्रमणपछि रुस र टर्कीको मध्यस्थतामा इडलिबमा गरिएकाे युद्धविराम खतरामा परेको […]

आज बडादशैं,मान्यजनबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै

काठमाडौं,कार्तिक,१०-दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक […]

बडादशैंको नवौं दिन महानवमी पर्व मनाइँदै, दशैंघर र कोतमा बलिसहित पूजापाठ गरिंदै

काठमाडौं,कार्तिक,९-आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा […]