आज बडादशैं,मान्यजनबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै

काठमाडौं,कार्तिक,१०-दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक […]

बडादशैंको नवौं दिन महानवमी पर्व मनाइँदै, दशैंघर र कोतमा बलिसहित पूजापाठ गरिंदै

काठमाडौं,कार्तिक,९-आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा […]

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं,कात्तिक,८-पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  भट्टराईले समाजिक सञ्जालमार्फत आफू र उहाॅंको श्रीमति पूर्वमन्त्री  हिसिला यमीलाई कोरोना संक्रमण भएको बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले आफूहरूलाई कोरोना भाइरसको संक्रमण भएको बताउनुभयो । उनीहरुको स्वाब शुक्रवार परीक्षण गरिएको थियो।  उहाॅंले केही समययता सम्पर्कमा रहेका सवैलाई सतर्कता अपनाउन आग्रह […]

बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो

काठमाडौं,कार्तिक,८-आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज(शनिबार) नेपाली हिन्दूधर्माबलम्बीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ।महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ […]

वडादशैंको सातौं दिन: घरघरमा फूलपाती भित्र्याइँदै, तलेजु भवानी नखुल्ने

काठमाडौं,कार्तिक,७-आज(शुक्रबार) वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । नेपाल पञ्चाङग निर्णायक समितिले बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ । सप्तमीका दिन घरघरमा उखु, अदुवा, केराको बोट, धानको […]

‘रअ’का प्रमुख गोयलको भ्रमणले राजनीतिक वृत्तमा तरंग

काठमाडौं,कात्तिक,६-भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको आकस्मिक नेपाल भ्रमणले नेपालको राजनीति तातेको छ । रअ प्रमुख गोयल बुधबार दिउँसो करिब १ बजे भारतीय एअरफोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । सोही विमानबाट गोयल बिहीबार बिहान करिब सवा १० बजे नयाँदिल्ली फर्किएका छन् । तर, उनको नेपालको छोटो भ्रमणको […]

कोरोना संक्रमणबाट ८१२ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुग्यो

काठमाडौं,कात्तिक,६-नेपालमा बिहीवार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्ममा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० जना पुगेको छ। […]

शिक्षा पत्रकार समूहको शिक्षाबार भर्चुअल सम्बाद-३१

काठमाण्डौं,कात्तिक,६-कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ विधि आवश्यक रहेकोमा सरोकारवालाहरुले बुधबार जोड दिएका छन्।अरु प्रदेशको तुलनामा कर्णाली प्रदेशमा इन्टरनेट, टेलिभिजन, रेडियोको पहुँच नभएको र शैक्षिक सामग्री भए पनि बालबालिकालाई घरमै पढ्ने वातावरण नभएकाले विशेष विधिको खाँचो औल्याइएको हो । कर्णालीका शैक्षिक सवाल र भावी दिशाबारे शिक्षा पत्रकार समूहले […]

कोरोना संक्रमण बढेकाले यसपटक दशैंमा बैंक नखुल्ने

काठमाडौं,कार्तिक,५-विगत वर्षहरूमा दशैंमा पनि बैंकिङ सेवा दिँदै आएका वाणिज्य बैंकहरूले यसपटक ५ दिन बिदा दिने भएका छन् । नेपाल बैंकर्स संघले मंगलवार सूचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका सबै शाखा बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ । संघका अनुसार वाणिज्य बैंकका ३ हजार ७०० भन्दा धेरै कर्मचारी […]

बडा दशैंको आज पाँचौ दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिदैं

काठमाडौं,कार्तिक,५-बडा दशैंअन्तर्गत नवरात्रको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गरि मनाउंदै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र […]