दसैंको आज चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिदैं

काठमाडौं,कार्तिक,४-बडा दसैंको चौथो दिन आज देवी कुष्माण्डाको पूजा आराधना गरि मनाइँदै छ । दसैं घर तथा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको पूजा आराधना गरिन्छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख […]

मन्त्रिपरिषद् निर्णय:व्यापक विरोध पछि मन्त्रीहरूको दशैंभत्ता कोरोना कोषमा

काडमाडौं,कार्त्तीक,४-कोरोना विपद्का समयमा पनि सांसद तथा मन्त्रीहरूले दशैंभत्ता लिएकोमा व्यापक विरोध भएपछि सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दशैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिनुभयो । व्यापक आलोचना भएपछि सत्तारूढ दलका केही सांसदहरूले […]

शर्मिला गुरुङको स्वरमा अहिले सम्मकै फरक गीत “परदेशीको स्वास्नी” भिडियो सहित

काठमाण्डौं,कार्त्तीक ४-अविरल फिल्म्सको बजार व्यवस्थापन तथा दृश्य निर्माणमा दया गुरुको“परदेशीको स्वास्नी”सोमबार मात्रै सार्बजनिक भएको छ। बजारमा सार्बजनिक गीतहरु भन्दा फरक बिसय बस्तु बोकेको गीतमा हेमराज नेपालीको लय शब्द रहेको छ भने सर्मिला गुरुङ र हेमराज नेपालीकै स्वर रहेको छ। बिनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन्। भिडियोमा हाम्रै […]

वडा दसैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरिदैं

काठमाडौं,कार्तीक,३-वडा दसैंको तेस्रो दिन आज पनि घरघरमा दुर्गा भवानीको पूजा गरी मनाइँदै छ । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइँदै छ । देशभर रहेका देवीका मन्दिरमा पूजापाठ गर्ने प्रचलन छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो […]

आज बडा दसैंको दोस्रो दिन, ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदै

काठमाडौं,कार्तिक,२-नेपालीहरुको महान चाड बडा दसैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गरेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा […]

हुम्लामा नेपालको भूमि नमिचिएको चिनियाँ उच्च अधिकारीहरुको दावी

काठमाडौं,कार्त्तीक,१-चीनले नेपालको भूमि नमिचिएको स्पष्ट पारेको छ।हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै चीनले हालै निर्माण गरिएका ती भवनहरु आफ्नै भूभागभित्रै परेको दावी गरेको छ । हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने चिनियाँ अधिकारीहरुले दावी गरेका छन् । चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्सका अनुसार बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा […]

आजबाट बडादशैं शुरु :टीकाको साइत कात्तिक १० गते १० : १९ बजे

काठमाडौं,कात्तिक,१-प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने पर्व बडादसैं शनिवारदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन  घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।      नवरात्रको पहिलो दिन […]

कोरोना नियन्त्रणमा सरकार कहाँ चुक्यो? कांग्रेसको अनुगमन समितिका यस्ता छन् १० निष्कर्ष र ८ सुझाव

काठमाडौं,असोज,३०-नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले कोरोना महामारी नियन्त्रणमा सरकार गैरजिम्मेवार तथा असफल बनेको निष्कर्ष निकालेको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार कहाँ कहाँ चुक्यो भनी १०–बुँदे फेहरिस्त सार्वजनिक गरेको छ।शुक्रबार सार्वजनिक गरेको समितिको सो प्रतिवेदनमा कांग्रेसले अब सरकारले तत्काल गर्नुपर्ने कामहरुको ८-बुँदे सूचीसमेत सुझाएको छ। सरकारको गैरजिम्मेवारपूर्ण गतिबिधिकै कारण नेपालमा कोभिड—१९ महामारी चिन्ताजनक स्थितितर्फ उन्मुख […]

कोरोना संक्रमणबाट एकैदिन २१ जनाको मृत्यु: संक्रमितको संख्या १ लाख २६ हजार नाघ्यो

काठमाडौं,असोज,३०-नेपालमा शुक्रवार थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्ममा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४०जना पुगेको छ। स्वास्थ्य […]

मन्त्रिपरिषद् विस्तार:अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त

काठमाडौं,असोज,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुको जिम्मेवारी  हेरफेर गर्नुभएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री सिफारिसमा मौजुदा मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले बुधवारसाँझ मन्त्रिपरिषद विस्तार गर्दै अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गर्नुभएको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका पौडेल दोस्रो पटक अर्थमन्त्री हुनुभएको हो । यसैगरी उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ […]