रुसद्वारा उत्तर सिरियामा हवाई हमला, टर्की समर्थक ५० भन्दा बढी लडाकुको मृत्यु

काठमाडौं,कार्तिक,११-उत्तर सिरियाको इडलिब प्रान्तमा रुसले गरेको हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ। बीबीसीले दिएको खबरअनुसार घटनामा कैयौं लडाकु घाइते भएका छन्। हवाई हमलापछि त्यस क्षेत्रमा हिंसा बढेको छ।फेयलक अल साम नामक संगठनको प्रशिक्षण आधारलाई निशाना बनाएर आक्रमण गरिएकाे थियाे।  यस आक्रमणपछि रुस र टर्कीको मध्यस्थतामा इडलिबमा गरिएकाे युद्धविराम खतरामा परेको […]

आज बडादशैं,मान्यजनबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै

काठमाडौं,कार्तिक,१०-दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक […]

बडादशैंको नवौं दिन महानवमी पर्व मनाइँदै, दशैंघर र कोतमा बलिसहित पूजापाठ गरिंदै

काठमाडौं,कार्तिक,९-आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा […]

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं,कात्तिक,८-पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  भट्टराईले समाजिक सञ्जालमार्फत आफू र उहाॅंको श्रीमति पूर्वमन्त्री  हिसिला यमीलाई कोरोना संक्रमण भएको बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले आफूहरूलाई कोरोना भाइरसको संक्रमण भएको बताउनुभयो । उनीहरुको स्वाब शुक्रवार परीक्षण गरिएको थियो।  उहाॅंले केही समययता सम्पर्कमा रहेका सवैलाई सतर्कता अपनाउन आग्रह […]

बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो

काठमाडौं,कार्तिक,८-आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज(शनिबार) नेपाली हिन्दूधर्माबलम्बीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ।महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ […]

वडादशैंको सातौं दिन: घरघरमा फूलपाती भित्र्याइँदै, तलेजु भवानी नखुल्ने

काठमाडौं,कार्तिक,७-आज(शुक्रबार) वडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरु परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । नेपाल पञ्चाङग निर्णायक समितिले बिहान ७ बजेर २५ मिनेटमा तुलजा भवानीको यात्रा र तुलजा भवानीलाई स्थिरासनमा राख्न बिहान ८ बजेर ४३ मिनेटमा साइत रहेको जनाएपनि फूलपाती भित्र्याउन भने कुनै साइत नचाहिने जनाएको छ । सप्तमीका दिन घरघरमा उखु, अदुवा, केराको बोट, धानको […]

‘रअ’का प्रमुख गोयलको भ्रमणले राजनीतिक वृत्तमा तरंग

काठमाडौं,कात्तिक,६-भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको आकस्मिक नेपाल भ्रमणले नेपालको राजनीति तातेको छ । रअ प्रमुख गोयल बुधबार दिउँसो करिब १ बजे भारतीय एअरफोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । सोही विमानबाट गोयल बिहीबार बिहान करिब सवा १० बजे नयाँदिल्ली फर्किएका छन् । तर, उनको नेपालको छोटो भ्रमणको […]

कोरोना संक्रमणबाट ८१२ जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुग्यो

काठमाडौं,कात्तिक,६-नेपालमा बिहीवार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीवारसम्ममा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ जना रहेका छन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० जना पुगेको छ। […]

शिक्षा पत्रकार समूहको शिक्षाबार भर्चुअल सम्बाद-३१

काठमाण्डौं,कात्तिक,६-कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ विधि आवश्यक रहेकोमा सरोकारवालाहरुले बुधबार जोड दिएका छन्।अरु प्रदेशको तुलनामा कर्णाली प्रदेशमा इन्टरनेट, टेलिभिजन, रेडियोको पहुँच नभएको र शैक्षिक सामग्री भए पनि बालबालिकालाई घरमै पढ्ने वातावरण नभएकाले विशेष विधिको खाँचो औल्याइएको हो । कर्णालीका शैक्षिक सवाल र भावी दिशाबारे शिक्षा पत्रकार समूहले […]

कोरोना संक्रमण बढेकाले यसपटक दशैंमा बैंक नखुल्ने

काठमाडौं,कार्तिक,५-विगत वर्षहरूमा दशैंमा पनि बैंकिङ सेवा दिँदै आएका वाणिज्य बैंकहरूले यसपटक ५ दिन बिदा दिने भएका छन् । नेपाल बैंकर्स संघले मंगलवार सूचना जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका सबै शाखा बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ । संघका अनुसार वाणिज्य बैंकका ३ हजार ७०० भन्दा धेरै कर्मचारी […]