सुदूरपश्चिममा पहिलो पटक नियमीत रुपमा प्याराग्लाइडिङ संन्चालन

बुडर डोटी,असोज,२८-प्रदेश नं.७ सुदुरपश्चिममा पहिलो पटक नियमीत रुपमा प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र बैतडी अमेजिङ्ग एडभेन्चर प्रा.लि को संयुक्त सहकार्यमा डोटी जिल्लाको जोरायल गाॅंउपालिका २ छत्तिवन को रुपसकाॅंडा गाॅंउ स्थित भगत डाॅंडाको भ्यु पैन्ट देखि छतिवन ताल, बुडर बजार र बिछलमा अवतरण हुने गरि असोज २६ गते सोमबारबाट प्याराग्लाइडिङ नियमित रुपमा संचालन गरिएको […]

नेकपाको शीर्षस्थ नेतृत्वमै शृंखलाबद्ध विवाद

काठमाडौं,असोज,२७-नेकपाभित्र पार्टी एकता घोषणाको अढाइ वर्ष नपुग्दै सत्तारुढ दल नेकपाभित्र एकपछि अर्को शृंखलाबद्ध विवाद देखिएका छन् । पार्टी एकताका आधाभन्दा बढी बाँकी काम थन्क्याएको नेकपाले पूर्णताको आकार पाउने आशामा पाटीपंक्ति रहेपनि शीर्षस्थ नेतृत्व भने आन्तरिक घरझगडामै रुम्मलिएको छ । २०७५ जेठ ३ गते पार्टी एकताको घोषणालगत्तै तीन महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने सहमति गरेका नेताहरुले आफ्नै […]

कोरोनाका कारण एकैदिन १८ जनाको मृत्यु,संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुग्यो

काठमाडौं,असोज,२७-नेपालमा मंगलवार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]

नेकपा कर्णाली प्रदेशले संसदीय दलको बैठक बोलायो, केन्द्रमा अध्यक्षद्वयकै कुरा मिलेन

काठमाडौं,असोज,२७-आफ्नो दलका सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर तरंगित भएसँगै नेकपा कर्णाली प्रदेशले संसदीय दलकाे बैठक बोलाएको छ । संसदीय दलको विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षले दलको बैठक बोलाएका हुन् ।मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका गुलाबजङ शाहलाई प्रमुख सचेतकबाट हटाएर सोको जिम्मेवारी सीता नेपालीलाई दिनुभएको थियो । तर आफूमाथि अविश्वासको प्रस्ताव […]

दशैँ यथास्थानमा मनाउन नागरिकलाई सरकारको आह्वान

काठमाडौं,असोज,२६-नेपाल सरकारले नेपालीहरुको महान चाड दशैँ यथास्थानमा मनाउन नागरिकलाई आह्वान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।‘दशैँ यथास्थानमा मनाउनका लागि सार्वजनिक आह्वान गर्दै सरकारले विज्ञप्ति जारी गर्नेछ,’ एक मन्त्रीले भताउनुभयो। सरकारले हवाइ सेवा र लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्थालाई भने केहि खुकुलो बनाउने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार हवाइ […]

एकैदिन ४०४७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १११८०२ पुग्यो

काठमाडौं,असोज,२६-नेपालमा सोमवार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप […]

चीनले मात्र दियो एक हजार बढीलाई मृत्युदण्ड, १०६ मुलुकमा उन्मूलन

काठमाडौं,असोज,२४-मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय दिवस (१० अक्टोवर)का सन्दर्भमा विश्वभर अनेकन कार्यक्रमहरु भइरहेका छन् ।यस वर्ष कोभिड–१९ का कारण प्रत्यक्ष कार्यक्रमहरु भने हुन सकेका छैनन् । संसारका १०६ मुलुकले संविधान र कानूनबाट मृत्युदण्डलाई उन्मूलन गरे पनि अझै पनि केही ठूला मुलुकहरुमै मृत्युदण्डको प्रावधान रहँदा सबैभन्दा चिन्ता बढेको छ । मुलतः विश्व अर्थ व्यवस्थालाई हाँकिरहेका अमेरिका, चीन, भारत जस्ता […]

३ सयको मृत्यु भएपछि आर्मिनिया र अजरबैजानबीच अस्थायी युद्धविरामको सम्झौता

काठमाडौं,असोज,२४-आर्मिनिया र अजरबैजानबीच अस्थायी युद्धविरामको सम्झौता भएको छ।विवादित नागोर्नो-काराबाख क्षेत्रको स्वामित्वको विषयलाई लिएर केही समययता आर्मिनिया र अजरबैजानका सेनाबीच भिडन्त हुँदै आएको थियो। दुवै देश युद्धविराम गर्न सहमत भएको रुसका विदेशमन्त्री सर्गी लाभरोभले जानकारी दिएका हुन्।रुसी मध्यस्थतामा मस्कोमा दश घण्टा भएको वार्तापछि दुवै देश युद्धविराम गर्न सहमत भएका हुन्। यससँगै दुवै देशले हालैको यद्धमा मारिएका […]

नेपालमा कोरोनाका कारण ६०० जनाको मृत्यु,थप २०५९ जनामा कोरोना संक्रमण

काठमाडौं,असोज,२३-नेपालमा शुक्रवार थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ ।योसँगै कोरोना संक्रमणबाट ६०० जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसार […]

राप्रपा त्रय अध्यक्षको बैठक सम्पन्न: डा.केसीको जिवन रक्षाको माग

काठमाडौं,असोज,२२-राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी बीचको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले निर्वाचन आयोगमा राप्रपा दर्ता भएकोमा खुसी व्यक्त गर्दै  आयोगलाई धन्यवाद दिने, जिल्लामा पार्टी समायोजनको समय असोज २९ सम्म बढाउने, केन्द्रीय कार्य समिति विस्तार गर्ने र डा.गोविन्द केसीको जीवन रक्षार्थ आबश्यक पहल गर्न सरकारसँग माग गर्ने निर्णय […]